हटेनन् स्वीकृतविनाका प्रचार सामग्री



विकाश पराजुली
बुटवल, बैशाख ९ । सडक किनारमा रहेका विद्युत् तथा टेलिफोनका पोलहरुमा विनास्वीकृत विभिन्न संघ–संस्थाले व्यवसायिक प्रचार सामग्री राख्ने गरेको पाइएको छ । सडक किनारका पोलमा निश्चित मापदण्डमा शुल्क तिरेर प्रचार सामग्री राख्न पाइनेमा कतिपयले विनाशुल्क प्रचार सामग्री राख्ने गरेका हुन् । बुटवल नगरपालिकाले नगर क्षेत्रमा रहेका पोलहरुमा प्रचार सामग्री राख्न टेन्डर गरेर जिम्मा दिएपनि टेन्डरकर्तास“ग समन्वयननैं नगरी कतिपयले प्रचार सामग्री राख्ने गरेका छन् । यही कारण मापदण्ड भन्दा ठूला साइजका प्रचार सामग्री बजारमा देखिने गरेका हुन् । नया“ शैक्षिक सत्र सुरु भएस“गै विद्युत्, टेलिकमका पोलहरु तथा अन्य खाली स्थानमा निजी तथा सामुदायिक विद्यालयहरुले प्रचार सामग्री राखेका छन् । यस्तै अन्य व्यवसायिक प्रतिष्ठानले पनि प्रचार सामग्री राखेका छन् । यसप्रति न विज्ञापनको ठेक्का लिएको ठेकेदारको ध्यान पुगेको छ न अन्य सरोकारवालाको । प्रचार सामग्री २÷८४ का बोर्डमा राख्नुपर्ने नियम छ । सवारी आवतजावतमा कुनै अप्ठ्यारो नपर्ने गरी प्रचार सामग्री राख्ने गरी टेन्डर स्वीकृत गरिएको बुटवल नगरपालिकाका नासु माधव बस्यालले जानकारी दिए । नगरपालिकाले प्रचार सामग्री राख्न बार्षिक रुपमा टेन्डर आह्वान गर्दै आएको छ । आर्थिक बर्ष २०७०÷०७१ का लागि नगरपालिकाले विराटनगरको सुपर साईट वह प्रँलिलाई टेन्डर स्वीकृत गरेको छ । २७ लाख २७ हजारमा टेन्डर स्वीकृत भएको हो । नगरक्षेत्रका सार्वजनिक स्थल र कसैलाई बाधा नपुग्ने गरी बोर्डहरु राख्न पाईने गरी नगरपालिकाले सुपर साईटलाई त्यसको जिम्मा लगाएको छ । होडिङ बोर्ड, विद्युतीय बोर्ड, ग्लोसाईन, डिएएस भित्तेलेखन लगायतका विभिन्न फरक–फरक शीर्षकमा सुपर साईटले रकम लि“दै आएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले कसैले स्वीकृतविना प्रचार सामग्री राखेको भेटिए त्यस्ता प्रचार सामग्रीलाई हटाउने बताएको छ । कार्यालयका एसपी शुसिल कुमार यादवले त्यो विरुद्ध अप्रेशन थाल्ने बताए । ‘सवारीलाई आवतजावतमा बाधा नपर्ने गरी राख्नुपर्छ । कर नतिरेर राखिएका प्रचार सामग्री हटाईन्छ ।’ उनले भने । सुपर साईट वह प्रालिका मानस कोइरालाले आफु बुटवलमा नभएको र यदि कसैले अनुमति विना त्यस्ता प्रचार सामग्री राखेको भए हटाउने बताए ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.