स्कुलकै सटरदेखि छेउछाउका पसलमा मदिराको बिक्री



विद्यालय क्षेत्रभित्र मदिरा
विकाश पराजुली
बुटवल, बैशाख ८ । विद्यालय क्षेत्र वरपर कुनै पनि मदिरा एवं मदिराजन्य वस्तुको विक्री वितरण गर्न नपाईने भएपनि यस क्षेत्रका केही विद्यालय नजिकका पसलहरुमा मदिरा तथा मदिराजन्य वस्तुको विक्री हुदै आएको पाइएको छ ।
सरकारले सार्वजनिक स्थान तथा विद्यालय क्षेत्रको १ सय मिटर नजिक कुनै पनि सुर्तिजन्य व्यापार व्यवसायी एवं विक्री गर्न नपाईने भनेको छ । तर नियम भएपनि त्यसको ठोस कार्यान्वयन अझै हुन सकेको छैन् ।
सरकारले ०६८ साउन २२ गतेदेखि लागु हुने गरी सार्वजनिक स्थान तथा विद्यालय क्षेत्रभित्र धुम्रपान एवं मदिरा जन्य वस्तुको विक्री वितरणमा रोक लगाएको थियो । बुटवल क्षेत्रका केही प्रतिष्ठित निजी तथा सामुदायिक विद्यालयहरु परिसरमा खुलेयाम रुपले प्रतिबन्धित मदिरा एवं चुरोट विक्री वितरण ह“ुदा समेत सम्बन्धित निकायले त्यसको रोकथामका लागि कुनै कदम चाल्न सकेको छैन् ।  अझ कुनै विद्यालयहरुले त विद्यालयकै सटरमा होटल सञ्चालन गरी मदिरा समेत विक्री वितरण गर्दै आएका छन् । बुटवल  ५ मा रहेको तिलोत्तमा माविले आफ्नै माताहातमा रहेका सटरहरुमा मदिरा विक्रीका पसलहरु समेत भाडामा दिएको छ ।
विद्यालयले भाडामा लगाएको सटरमा यसरी मदिरा विक्री वितरण हु“दा जिल्ला शिक्षा कार्यालयले पनि यस बारेमा केही बोलेको छैन । विद्यालयका प्राचार्य बावुराम विश्वकर्माले सो पसल हटाउनका लागि समितिमा छलफल अगाडि बढिसकेको र अब छिट्टै पसल हटाउनका लागि विद्यालयले पत्रचार गर्ने बताए । नीति नियमलाई कार्यान्वयनमा ल्याउने जिल्ला शिक्षा कार्यालयको काम भएपनि विद्यालय क्षेत्रमा के भएको छ भन्ने बारे अनुगमन गर्न नसक्दा यस्तो समस्या देखिएको अभिभावक संघ रुपन्देहीले जनाएको छ ।
अभिभावक संघ रुपन्देहीका अध्यक्ष्ँ लोकनाथ ज्ञवालीले विद्यालय क्ष्ँेत्रभित्र मदिरा विक्री वितरण गर्नु दुःखत कुरा भएकाले त्यसको नियन्त्रणका लागि जिल्ला शिक्षा कार्यालयले तदरुकता देखाउनुपर्ने बताए । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले विद्यालयले क्षेत्रमा कुनै पनि प्रतिवन्धित व्यवसाय गर्न नपाईने र यदि त्यस्ता विद्यालयहरु भेटिए कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।
त्यस्तै बुटवल १३ देविनगरमा रहेको नविन औद्योगिक कदर बहादुर रिता उच्च मावि नजिकैका पसलहरुमा पनि खुलेयाम रुपले मदिरा एवं चुरोट विक्री हु“दै आएको छ । जिल्लामा तिलोत्तमा र नविन औद्योगिक जस्ता कयौ विद्यालयहरुले नियम विपरित यस्ता कार्यहरु गर्दै आइएको बुझिएको छ । केही निजी स्कुलहरु नजिकका पसलहरुले पनि नियमको उल्लंघन गर्दै चुरोट तथा मदिराको विक्री गर्दै आएका छन् । त्यसैगरी प्लस टु मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाकमा होटल तथा रेष्टुरेन्ट भित्र प्रवेश गर्न नपाईने नियममा उल्लेख भएपनि यसको पनि कार्यान्व्यन हुन सकेको छैन । जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म विद्यार्थी पोशाकमा होटल तथा रेष्टुरेन्टमा जाने विद्यार्थीहरुलाई कुनै पनि कारबाही गरेको रेकर्ड छैन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएपी दिनेश कुमार आचार्य यदि विद्यालयले आफ्नै हातबाट त्यस्तो कार्य गरेको भए आफुहरुले कारबाही गर्ने बताए । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रणका लागि दस्ता खडा गरेर नियन्त्रणको प्रयास गरेपनि सो दस्ता विद्यालय नजिकका पसलहरु सम्म अझै पुग्न सकेको छैन् । ‘तपाईले भन्नुभएको कुरा जायज हो, हामीले यसको नियन्त्रणका लागि अब एक्सनको थालनी गर्छौ आचार्यले भने ।’

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.