जीवित बालकको सट्टा मृत भन्दै बालिका दिएपछि अस्पतालमा तनाब



 विकाश पराजुली
बुटवल, बैशाख ११ । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)ले उपचारका लागि ल्याइएको बालकको सट्टा मृत बालिका अभिभावकको जिम्मा लगाएपछि अस्पताल बिहिबार दिनभर तनाबग्रस्त बन्यो ।
भैरहवा स्थित भीम अस्पतालबाट रिफर गरिएको बालकलाई उपचारका लागि आम्दामा ल्याइएको थियो । उपचारका क्रममा सोही अस्पतालमा उपचारार्थ भर्ना गरिएकी अर्की बालिका को फाईल साट्टिएपछि मृत बालिकाको फाईल जिवित बालकको नाममा अभिभावकलाइ बुझाइएको थियो ।
बुधबार भैरहवामा रहेको भीम अस्पतालमा गोनाहा ४ की विद्या हरिजनले जन्माएको छोरा नरोएपछि अभिभावकले छोरालाई बुधबार अपरान्ह ३ बजे उपचारका लागि आम्दामा ल्याएका थिए । बच्चा जन्मिएको लामो समयसम्म पनि नरोएपछि अभिभावकले भीम अस्पतालबाट रिफर गरी आम्दामा ल्याएका हुन ।
अस्पतालको एनआईसियूमा उपचार भइरहेको बच्चालाई अस्पतालले राति करिब पौने १२ बजे मृत भन्दै अभिभावकलाई शिशु जिम्मा लगाएको थियो । नावालक मृत्यु भएको खवरले शोकमा डुवेको परिबार विहिबार अन्तीम दाहासंस्कारको तयारीमा थिए । छोराको जन्म दिएकी विद्यँले घरमा लगी बच्चाको दाहासंस्कार गर्ने अन्तिम क्रममा छोरी भएपछि हरिजनले अस्पतालमा खवर गरेका थिए ।
‘सुरुमा त अस्पतालले होइन भनेर भन्यो बावु कन्यैया हरिजनले भने पछि भीम अस्पतालको रेकर्ड देखाएपछि मात्र अस्पतालले गल्ती स्वीकार ग¥यो ।’ अस्पतालको निर्देशक डा. विनोद पराजुलीले स्वास्थ्यकर्मीबाट गल्ती भएको स्वीकार गरे । ‘गल्ती भएकै हो, यसलाई हामीले स्वीकार गर्नुपर्छ पराजुलीले भने ।’
उनले एनआईसीयूमामा हरिजनको बच्चासूगै गुल्मीको नयागाउबाट कमला गौतम नामको बच्चा एनआईसीयूमा नै भर्ना गरिएको बताए । ‘दुवैको अवस्था गम्भीर भएकाले एनआईसीयूमा भर्ना गरिएको थियो, त्यस क्रममा विरामी फाइल एक्सचेन्ज भएर यस्तो घटना घट्यो निर्देशक पराजुलीले भने ।’ दुवै बच्चाहरु गम्भीर भएकाले डा. को टोली उपचारमा केन्द्रीत भएको र फाईलमा ध्यान नपुगेको अस्पतालले बताएको छ ।
पीडितले यो अस्पताल प्रशासनको लापरबाहीले यस्तो भएको बताएका छन् । अस्पतालबाट यस्तो घटना सार्वजनिक भएपछि डा. पराजुलीले घटना बाहिर नल्याउदा पनि हुन्छ भन्दै प्रतिक्रिया समेत दिन आनकान गरेका थिए । यस बारेमा थप बुझ्न आम्दा अस्पताल बुटवलमा जादा एनआईसीयूमा रहेका नर्सहरुले हामीले केही भन्न नमिल्ने भन्दै थप प्रतिक्रिया समेत दिन मानेनन् । अस्पतालले बालकको उपचार निशुल्क गरिदिने प्रतिबद्धता जनाउदै घटनाको छानविनका लागि ३ सदस्यीय छानविन समिति समेत गठन गरिएको बताइएको छ ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.