बक्यौता नतिरेपछि वडा प्रहरीको फोन काटियो



विकाश पराजुली
बुटवल, बैशाख ४ । समाजमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु प्रहरीको मुख्य दाहित्व हो ।
समाजमा केही घटना भयो भने प्रहरी कार्यालयमा फोन गरेर जानकारी गराउने धेरै छन् । तर सुरक्षा दिने निकायको टेलिफोन सेवानैं बन्द भयो भने के होला रु जनताले कसरी घटनाको जानकारी तत्काल गराउन सक्लान् रु हो, यस्तै भएको छ–बुटवलको वडा प्रहरी कार्यालय रामनगरमा ।
वडा प्रहरी कार्यालयमा तपार्ईले फोन गर्नु भयो भने प्रहरी अधिकारीस“ग अहिले सम्पर्क हु“दैन । रकम नतिरेपछि नेपाल टेलिकमले यो प्रहरी कार्यालयको टेलिफोन काटेको छ ।
०७१–५४१२३३ नंं। को लेनलाईन फोनको लामो समय सम्म महशुल बुझाउन नसक्दा वडा प्रहरी कार्यालय बुटवलको फोन काटिएको हो । आर्थिक बर्ष ०६९÷०७० मा बा“की रहेको २ लाख बक्यौता रकम तिरेपनि त्यसयता टेलिफोन शुल्क बुझाउन बाकी रहेको बताइएको छ ।
वडा प्रहरी कार्यालय बुटवलका लेखापाल राजेन्द्रबहादुर सि“ंहले बजेट अभावका कारण टेलिफोन सेवा काटिएको बताए ।
नेपाल टेलिकमलाई वडा प्रहरी कार्यालयले टेलिफोन बापत ४० हजार रुपैया“ बक्यौता तिर्न बा“की रहेको छ ।
‘बजेट अभावका कारण महशुल तिर्न नसकेपछि टेलिफोन काटिएको हो, लेखापालले भने सिमिति बजेट हु“दा यस्तो समस्या भएको हो ।’
उनले लेन लाईनको फोन काटिएपनि जनतालाई समस्या परेमा सिउजु ९कर्पोरेट युनिट ग्रपु० को नं मा फोन गर्न समेत आग्रह गरेका छन् । सिउजु को मोबाईल नं। ९८५७०९०३४९ मा फोन हान्न उनले सम्पूर्णलाई आग्रह समेत गरे ।
‘३० हजार तिरेपनि अहिले टेलिफोन खुल्ला गरिदिन्छौं भन्नुभएको छ, तर हामीसं“ग बजेट नै छ्रन् सिंहले भने बजेट प्राप्त नहु“दा सम्म टेलिफोन सेवा अबरुद्ध हुने छ ।’

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.