बुटवलमा होली यसरी सुरु हुदै छ (फोटा फिचर)











विकाश पराजुली
बुटवल, चैत्र २ ।
रंगहरूको पर्व होली विशेष उल्लासका साथ मनाइँदैछ । होलीलाई मित्रता, आत्मीयता, सामीप्यता र सद्भाव दर्शाउने पर्वको रुपमा लिइन्छ ।
दैत्यराज हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने आगोबाट सकुशल निस्केको प्रसंग पुराणमा उल्लेख छ ।
यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी होलिका मारिएको अवसरमा होलिकादहन भनी चीरदाह गरेर आपसमा रंग, अबीर खली खुशीयाली मनाई होली खेल्ने परम्पराको सुरुवात भएको मानिन्छ ।
उपत्यका तथा पहाडी क्षेत्रमा होली आज मनाइए पनि तरार्इ क्षेत्रमा भने भोलिमात्र मनाइन्छ ।
होलीको अवसरमा उपराष्ट्रपति प्रधानमन्त्री लगायतले शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपति परमानन्द झाले शुभकामना दिँदै फागुपूणिर्माले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी मेलमिलापको वातावरण सिर्जना गर्न सकोस् भनी कामना व्यक्त गरेका छन् ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.