छाडा चौपाया नियन्त्रणका लागि कान्जी हाउस निर्माण
विकाश पराजुली
बुटवल, चैत्र ४ । छाडा चौपाया नियन्त्रणका लागि बुटवल नगरपालिकाले स्थायी कान्जी हाउसको निर्माण गरेको छ । नगरपालिकाले जितगढीमा करिव ३ कठठ क्षेत्रफलमा स्थायी कान्जी हाउस निर्माण गरेको हो । यस अघि स्थायी कान्जी हाउस निर्माण नहु“दा छाडा चौपायाहरु नियन्त्रणका लागि अप्ठयारो पर्दै आएको थियो । ‘कान्जी हाउस निर्माण भएकाले अब छाडा चौपायाहरु नियन्त्रणमा गर्न सजिलो हुनेछ ।’ नगरपालिकाका इन्जीनियर गौतम रौनियारले भने । उनका अनुशार छाडा चौपाया राख्न सकिने गरी कान्जी हाउस निर्माण गरिएको हो । कान्जी हाउस निर्माणका लागि करिव २ लाख ५० हजार रुपिया“ खर्च भएको उनले जानकारी दिए । कान्जी हाउसमा चौपाया राखेको ७ दिन भित्र कुनै व्यक्ति चौपायाको हकदावी गर्न आए शुल्क तिरी आफ्ना चौपाया लान सक्नेछन् । अन्यथा त्यस्ता चौपायालाई टाढाको जंगलमा लगेर छाडिने बताइएको छ ।
नगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न हरेक बर्ष बजेट छुटाउ“दै आएको छ । आर्थिक बर्ष ०७१÷०७२ मा पनि बुटवल नगरपालिकाले ३ लाख रुपिया“ छाडा चौपाया नियन्त्रण तथा कान्जी हाउस व्यवस्थापनका लागि छुटाएको छ ।नगरपालिकाले छुटाएको बजेटले अब कान्जी हाउसमा राखिने चौपायाहरुलाई आहाराको व्यवस्था गर्न सकिने रौनियारले बताए । विभिन्न संघ संस्थासंग समन्वयन गरी सो रकमले छाडा चौपायाहरुलाई थप व्यवस्थित रुपमा व्यवस्थापन गरिने रौनियारको भनाइ छ । सडकमा जथाभावी छाडिएका छाडा चौपायाहरुले दुर्घटना बढेको भन्दै प्रहरीले नियन्त्रणको प्रयास गरेपनि कान्जी हाउस निर्माण हुन नसक्दा व्यवस्थापन गर्न अप्ठ्यारो परेको थियो । ट्राफिक प्रहरीले अहिले सडकमा देखिएका छाडा चौपायाहरुलाई मुख्य सडकबाट हटाउन थालेको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी सुशीलकुमार यादवले स्थायी कान्जी हाउस निर्माण भएकाले अब छाडा चौपायाको समस्या बुटवलमा हट्ने विश्वास व्यक्त गरे । दुर्घटनालाई कम गर्न मुख्य राजमार्गबाट चौपाया हटाइने गरे पनि ती चौपायाहरु पछि पुनः सडकमै आउने गर्दा समस्या पर्ने गरेको उनको भनाइ छ । तथ्यांकअनुसार यस Ôेत्रमा हुने सवारी दुर्घटनामध्ये २५ प्रतिशत छाडा चौपायाका कारण्ँ हुने गरेका छन् ।
0 comments