सार्वजनिक स्थानमा रोकिएन धुम्रपान
विकाश पराजुली
सार्वजनिक स्थान तथा मानिसहरुको बढि भिडभाड हुने स्थानमा सुर्ति तथा सुर्तिजन्य बस्तुहरुको सेवन तथा प्रयोगमा निषेध गरिएको मध्ये चलचित्र मन्दिरमा पनि यसको कारोवार गर्न पाईदैन । तर यसको खुल्याम रुपले विक्रि हुदा“ नियामक निकाय भने बेखवर बनेको छ । चलचित्र मन्दिर भित्र रहेका डस्वीन हेर्ने हो भने चुरोटका ठुटाहरुले भरिएका छन् जसले गर्दा पनि नियमले बाधेको क्षेत्रमा यसको कार्यान्वयन अझै हुन सकेको छैन भन्ने प्रष्ट हुन्छ ।
त्यस्तै शुक्रबार प्रहरीको बढि चाप समेत रहेको ट्राफिक चोकमा अन्नपुर्ण पोष्ट दैनिकले आयोजना गरेको लागु पदार्थ विरुद्धको अभियान कार्यक्रममा समेत एक जनाले मानिसहरुको बढि भिड भएको समयमा धुम्रपान गर्दा समेत प्रहरी बेखवर बनेको थियो ।
सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाईने भएपनि त्यी व्यक्तिले कसैको वास्तै नगरी धुवा उडाएको दृश्य प्रहरीले देखेपनि केही गरेन । यी त प्रतिनिधीका उदाहरण मात्रै हुन ।
सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवनमा सरकारले प्रतिबन्ध लगाएको भएपनि रुपन्देही जिल्लामा यसको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । सार्वजनिक क्ष्ँेत्रमा धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्नाले स्वास्थ्यमा मात्र असर पर्ने मात्र नभई समाजमा आपराधिक गतिबिधि बढने भन्दै नेपाल सरकारले ०६८ साल साउन २२ गते देखि लागु हुने गरी यो नियम ल्याएको हो ।
ऐन बनेको दुई बर्ष भन्दा बढि भइसक्दा समेत प्रहरीले अझै कसैलाई कारबाही गर्न सकेको छैन । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी प्रमुख रहने गरी नियन्त्रणका लागि अभियान चलाउनुपर्ने भएपनि रुपन्देही जिल्लामा धुम्रपान गरेकै कारण प्रहरीले पक्राउ गरेको अहिले सम्म तथ्याङमा छैन ।
प्रहरीले केही समय अगाडि सार्वजनिक स्थानमा सुर्ति तथा धुम्रपान गर्नेलाई कारबाही गर्ने भनेपनि त्यो प्रभावकारी रुपमा भने अगाडि बढ्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी दिपक न्यौपानेले अब यो कार्यलाई छिट्टै अगाडि बढाईने बताए ।
सार्वजनिक क्षेत्रमा धुम्रपान सेवन गर्नु सवैका लागि हानी कारक हुने भएकाले यसको नियन्त्रणका लागि प्रहरीले मात्रै अभियान चलाएर केही नहुने भन्दै डिएसपी न्यौपानेले स्वयं व्यक्ति पनि सचेत हुनु पर्ने बताए । सरकारले लागु गरेको नियम सवैले पालना गर्नुपर्ने आबश्यक भएको भन्दै उनले नियमको उल्लंघन गर्ने सवै कार्वाहीको दायरामा आउने बताए । ‘हाम्रो मात्र प्रयासले यो नियन्त्रण गर्न ग्राहो हुन्छ, उनले भने–सबैको सहयोग हुन सकेमा मात्र यो कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ ।’
प्रहरीले सेवनकर्तालाई नियन्त्रणमा लिएर एकसय रुपैयादेखि एकलाख रुपैयासम्म जरिवाना गराउने सक्ने कानुनी प्रावधान रहेको छ । सार्वजनिक स्थलहरु जस्तै होटल रेस्टुरेन्ट, धार्मिक स्थल, पसल, बृद्धाआश्रम, अनाथालय, सरकारी भवन, स्वास्थ्य संस्था, शिक्षण संस्था, चलचित्रघर, उद्योग र कलकारखाना, सार्वजनिक यातायातका साधन, हाटबजार आदि स्थानहरुमा धुम्रपान निषेध गरिएको नियमा छ । सो नियम उल्लंघन गर्ने जो–कोहि पनि पहिलो चरणमा १ सय रुपैया सम्मको जरिवानाको भागिदारी हुनसक्ने प्रावधान छ । ऐनमा नोभेम्वर २, २०११ देखि चुरोट कम्पनिहरुले बट्टामा ७५५ हानिकारक चित्र सहितको तस्विर राख्नुपर्ने र सो ऐनको पालना नगरेको खण्डमा ५० हजार सम्मको जरिवाना तोकेको छ । पानपसल र खुल्ला स्थानमा बिक्रि वितरणमा समेत रोक लगाएको यो कानूनमा १८ वर्Èभन्दा कम उमेर भएकालाई सूतिर्जन्य पदार्थ बेच्न नपाउने व्यवस्था छ ।
फोटो विवरण
कालिका चलचित्र मन्दिरको टिकट काउन्टर नजिकै राखिएको सूचना, चलचित्र मन्दिर
भित्र डस्वीनमा रहेका चुरोटका ठुटाहरु र शुक्रबार ट्राफिक चोकमा भएको एक कार्यक्रममा धुम्रपान
गर्दै एक व्यक्ति । तस्विरः विकाश पराजुली÷मेचीकाली
0 comments