सडकपेटीमैं लगाइने ‘हाटबजार’ ले आवागमनमा समस्या


नेपाल टेलिकम अगाडि फुटपाथमा राखिएको एक पसल । तस्वीरः विकाश पराजुली
 विकाश पराजुली
बुटवल, वैशाख ४ । नियमतः सडक क्षेत्रमा कुनै पनि व्यापार–व्यवसाय गर्न पाइ“दैन । यही आधारमा बुटवलको मुख्य सडकमा राखिएका ठेला तथा फुटपाथ व्यवसायीलाई प्रहरीले हटाएको हो ।
तर बुटवल–७ मा हरेक हप्ताको दुई दिन सडकपेटी समेतमा लगाइने हाटबजारका कारण आवागमनमा चरम समस्या भैरहदा यसप्रति कसैको पनि ध्यान पुगेको छैन । प्रत्येक हप्ताको शनिबार र बुधबार बुटवल–७ मा सडकपेटीमा समेत लाग्ने हाटबजारका कारण सडकमा हिंड्नेहरुले सास्ती पाइरहेका छन् । सडकको निर्धारित क्षेत्र भन्दा बाहिर हाटबजार लगाइ“दा सर्वसाधारण समस्यामा पर्ने गरेका हुन् ।
केही व्यवसायीले निर्धारित भन्दा बाहिर फुटपाथमा व्यापार व्यवसायी गरेपनि यसको व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । हाटबजारको समयमा जेसिसचोक, कान्ति उच्च मावि र टेलिकम अगाडिको सडक पेटीमा समेत हाटबजार लगाउने गरिएको छ । फुटपाथमा लगाइने हाटबजारका कारण सो क्षेत्रमा हिंड्ने सबै मर्कामा परेका छन् । ‘सकेसम्म शनिबार र बुधबार टेलिकम वा नगरपालिका जान नपरोस् भन्ने हुन्छ । ’ सर्वसाधारण कमला अर्यालले भनिन् ,‘सडकलाई त सडककैं रुपमा प्रयोग हुन दिन प¥यो नि ।’ फुटपाथको हाटबजारले पैदलयात्री र सवारी चालक दुवै मर्कामा परेका छन् ।
अहिले अमरपथको बाटो निर्माणाधिन अवस्थामा रहेकाले सो बाटोबाट गुड्ने साना ठूला सवारी पनि जेसिस चोक हुदै जानुपर्ने भएपनि फुटपाथमा अव्यवस्थित रुपमा राखिएका पसलले सवारी आवाज जावतमा कठिनाइ हुने गरेको सवारी चालकहरुले समेत बताएका छन् ।
मानिस र सवारीसाधन पनि सोही स्थानबाट हिंड्ने हुदा धुलोले बेच्न राखिएका खाद्य बस्तु समेत प्रभावित भएका हुन्छन् । फुटपाथको व्यापारले सडकमा भिडभाड मात्र होइन दुर्घटनाको जोखिमलाई समेत बढाएको छ ।
केही समय अघि प्रहरीको सक्रियतामा त्यस क्षेत्रबाट व्यवसायीलाई हटाइएको भएपनि त्यसले सार्थकता पाउन सकेको छैन । हाजबजार क्षेत्रमा सेटको अभाव हुदा व्यवसायीले सडक पेटीमानै व्यापार गर्नुपरेको हाटबजार व्यवसाय समितिले बताएको छ । हाटबजार व्यवसायी समितिले बुटवल नगरपालिकासंग समन्वयन गरी जग्गा उपलब्ध गराउनुपर्ने माग राखेपनि नगरपालिकाले चासो नदिदा फुटपाथमा व्यापार बढेको समितिका अध्यक्ष भीमलाल ज्ञवालीले बताए । बुटवल नगरपालिकाले सडकपेटीमा व्यापार गर्न व्यवसायीलाई अनुमति भने दिएको छैन । नगरपालिकाका अधिकृत विजयदेव भुर्तेलले सडक पेटीमा नियमतः व्यापार गर्न नमिल्ने भन्दै त्यस्ता व्यवसायीलाई त्यहाबाट हटाएरै छाड्ने बताए । ‘हामीले केही हप्ता अगाडि केही ठेला पनि हटाएका हौ ’ उनले भने । हाटबजारभित्र रहेका केही सेडहरु खाली भएपनि व्यापारीहरुले धेरै भित्र व्यापार नहुने भन्दै सडकको किनारमै व्यापार गर्ने गरेको उनको भनाइ छ । उनले अब केही व्यापारीहरुलाई बा“की रहेका सेडमा व्यवस्थापन गरिने बताए ।
सडक क्षेत्रभित्र व्यापार व्यवसाय गर्न नपाईने भन्दै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले सडक किनारका पसलहरु हटाएपनि हाटबजार लाग्दा सडक पेटीमै व्यापार हुदा समेत मौन बसेको स्थानीयको आरोप छ । हाटबजार भन्दा झण्डै ३ सय मिटरको दुरीमा रहेको प्रहरी कार्यालयले व्यवसायीलाई हटाउन सकेको छैन । केही समय अघि पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा एसपी विभुतिराज पाण्डे रह“दा त्यस क्षेत्रबाट व्यवसायीहरु हटाइएको भएपनि अहिले त्यो समस्या ज्यूका त्यू भएको छ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका ज्ञानु पाण्डेले सुरुमा बुटवलको मुख्य समस्या पार्किङ रहेकाले त्यसको व्यवस्थापन पछि त्यस क्षेत्रका व्यवसायीहरुलाई सडक पेटीबाट खाली गर्ने बताए । ‘हामीले केही समय अघि त्यहाबाट व्यवसायीलाई हटाएका थियौ, फेरी समस्या उस्तै भएको छ पाण्डेले भने सडकमा व्यापार गर्न कसैले पनि पाईदैन ।’

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.