रुपन्देहीमा माटो परीक्षण ल्याब सुरु
गुइठालाई दाउराको रुपमा प्रयोग नगर्न कृषकलाई आग्रह
विकाश पराजुली
बुटवल, फागुन २६ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जिल्लामा माटो परीक्षण सुरु गरेको छ । कार्यालयमा भर्खर मात्र सरुवा भई आएका माटोविज्ञ आशुयनि कुमार शर्माले नया“ योजना अनुसार रुपन्देहीमा माटो परीक्षण कार्य सुरु गरेका हुन् ।
यसअघि रुपन्देहीमा माटो परीक्षण कार्यक्रमको योजना समेत बनेको थिएन । रुपन्देहीमा माटो परीक्षणको ल्याव सञ्चालन भएपछि कृषकहरु समेत खुसी भएका छन् । यसअघि क्षेत्रीय माटो परीक्षण पोखरामा माटोको नमुना परीक्षण गर्दै आएका यस क्षेत्रका कृषकहरुले कलर मेथड (किट् बक्स) बाट रुपन्देहीमा माटो परीक्षण गर्न थालेका छन् । क्षेत्रीय माटो परीक्षण कार्यालय पोखरामा डिजिटल मेथडबाट माटो परीक्षण गरिएपनि रुपन्देहीमा भने परीक्षण कालमा कलर मेथडबाट (किट् बक्स) नमुना परीक्षण थालिएको माटोविज्ञ आशुयनिकुमार शर्माले जानकारी थिए । १८ बर्ष देखि माटो परीक्षण गर्दै आएका शर्माले विशेषगरी तराई क्षेत्रको माटोमा प्राङगारिक पदार्थको कमी हुने गरेको बताए ।
प्राङगारिक पदार्थ माटोको मुटु भएको भएपनि किसानहरुले यसलाई चासो नदिदा बाली सप्रन नसकेको शर्माको भनाइ छ । ‘हामीले उत्पादन मात्र लिनु छैन, यसलाई दिगो पनि बनाउनु छ, शर्माले भने–किसानहरुमा जनचेतना जगाउनु जरुरी रहेको छ ।’ तराई क्षेत्रका किसानहरुले गोवरलाई विशेषगरी गुईठा बनाई दाउराको रुपमा प्रयोग गरेकाले माटोको उर्वराशक्ति कम हुदै गएको तथ्याङकले समेत देखाएको छ । किसानहरुले माटो परीक्षण नगरी जस्तोसुकै बाली लगाउने गरेको भएपनि त्यसबाट प्राप्त हुने प्रतिफल दिगो हुन नसक्ने भन्दै शर्माले माटोको नमुना परीक्षण गर्न कृषकहरुलाई समेत आग्रह गरे । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले केही महिना पछि कृषकहरुलाई सहज होस् भनी विभिन्न घुम्ती शिविरहरु मार्फत समेत माटो परीक्षण गर्ने बताएको छ ।
आई.डव्लु.आर.एम.पि. ले सहयोग गरेको कलर मेथड (किट् बक्स) बाट माटोमा नाईट्रोजन, फस्फोरस, पोटास र पि.एच. को परीक्षण गर्न सकिने छ । माटो परीक्षण गर्दा नाईट्रोजन कम भएमा युरियाको प्रयोग, फस्फोरसको कमी भएमा डिएपी मलको प्रयोग तथा पोटासको मात्रा कम भएमा म्युरिटा पोटास राख्नुपर्ने हुन्छ ।
तराईको जमिनमा यान्त्रिक प्रयोगका कारणले पनि माटोको उर्वराशक्ति घट्दै गएकाले किसानहरु यसतर्फ सचेत हुन कृषि कार्यालयले अनुरोध समेत गरेको छ । तराईमा पराल, सोत्तर र गोवर मुख्य मलको स्रोत भएपनि दाउराको रुपमा गोवर तथा तोरीको डा“ठ, केराउ तथा अन्य बालीको डा“ठ कुहाएर प्राङगारिक मल बनाउन सकिने भएपनि त्यसलाई जलाएर नाश गर्ने गरिएकाले पनि तराईको माटोमा प्राङगारिक पदार्थको कमि देखिएको शर्माले बताए ।
माटो परीक्षण पछि माटोको उर्वरा शक्ति पत्ता लगाउन सकिने छ । त्यस्तै माटोमा लम्लीय पना, तथा क्षायरीयपनाको समेत पत्ता लगाउन सकिने बताइएको छ । माटो परीक्षण पछि कुन माटोमा कस्तो बाली लगाउने, माटोमा आवश्यक कुन–कुन मलको प्रयोग गर्ने, मलको मात्रा कति राख्ने भन्ने बारेमा कृषकहरुलाई जानकारी दिन सकिने बताइएको छ । यो मेथड प्रचार–प्रसारको क्रममा समेत रहेको कृषि कार्यालयले जनाएको छ । परीक्षणबाट माटोलाई दिगो बनाउने, लक्षित उत्पादन समेत हुनेछ ।
कार्यालयले सुरुमा माटोको नमुना संकलन गर्ने, दर्ता गर्ने, ५÷७ दिन सुकाउने र जा“च्ने प्रक्रिया अघि बढाइने छ । डिजिटल मेथडबाट माटोको परीक्षण गर्दा शुल्क लाग्ने भएपनि कलर मेथडबाट माटोको परीक्षण गर्दा सुरुमा केही शुल्क समेत नलिने कार्यालयले जानकारी दिएको छ । माटोको अवस्था कृषकहरुलाई केही थाहा नहु“दा यसअघि सिमित फाईदादेखि रासायनिक मलको प्रयोग बढी गरेकाले यो परीक्षण सुरु भएपछि यस्ता कार्यहरु रोकिन सक्ने अनुमान कृषि कार्यालयले गरेको छ । कृषकहरुले सानो लगानीबाट बढी प्रतिफल पाउनका लागि बजारमा प्रतिबन्धित औषधिहरु खेतीपातीमा प्रयोग समेत गर्दै आएका थिए ।
0 comments