निर्माणका काम कछुवा गतिमा
विकाश पराजुली
बुटवल, फागुन २७ ।
बुटवल–बेलहिया व्यापारिक मार्गको काम स्थानीयको अवरोधले कछुवाको गतिमा अघि बढेको छ ।
सडक क्षेत्राधिकारभित्र पर्ने घर तथा टहराहरुलाई स्थानीयबासीहरुले नहटाएपछि सडक विस्तारको काम ढिला हुन पुगेको हो ।
‘सडक क्षेत्रमा पर्ने घर टहरा हटाउन बारम्बार अल्टीमेटम दिदा पनि हटाइएका छैनन् बुटवल–बेलहिया व्यापारिक मार्गका इन्जिनियर भिमारुजन कंडेलले भने–‘यसो गर्दा हामीलाई काम गर्न अप्ठ्यारो भइरहेको छ । ’
व्यापारिक मार्ग सडक योजनाअन्तर्गत बुटवलदेखि सुनौली बेलहियासम्मको २४ किलोमिटर मध्ये पहिलो चरण्ँमा बुटवलदेखि शंकरनगरको जानकीनगरचोक सम्म र भैरहवा तथा बेलहियाको केही खण्डमा काम सुरु भइरहेको छ ।
बुटवलको चौराहादेखि शंकरनगरको जानकीनगरसम्म लुम्बिनी कन्टयाक्ट आशिÈले ४० करोडको ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको छ । त्यसैगरी बेलहियादेखि डण्डा खोलासम्म लामा रायमाझी सन्तराम जेभी नामको कम्पनीले निर्माण्ँको ठेक्का पाई काम गरिरहेको छ । १४ करोड लागत रहेको १५ सय मिटरको सो बाटो २९ मे २०१४ सम्म पूरा गर्ने सम्झौता रहेको छ ।
यस्तै डण्डा अर्थात मेडिकल कलेज जाने बाटोदेखि ब्रमेलीटोलसम्म शर्मा दिवा र कञ्चन जंघा जेभीले निर्माण्ँको ठेक्का पाई निर्माण्ँ कार्य गरिरहेको छ । सोे कम्पनीले २६ सय मिटर सडक निर्माण्ँको लागि ४२ करोडमा ठेक्का पाएको हो । सो कम्पनीले डिसेम्बर ५, २०१४ सम्म निर्माण्ँ सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो । यसरी तीन वटा निर्माण्ँ कम्पनीले वेलहिया बुटवल व्यापारिक मार्गको विस्तारमा काम गरिरहेका छन् ।
६ लेन सडक भनिए पनि निर्माण्ँ सकिएपछि एकैपटक ८ वटा सवारी गुड्न सक्ने गरी निर्माण्ँ कार्य जारी रहेको बताइएको छ । सडकको दांया र बांया दुबै पट्टी, ढल निकास, विद्युत, खानेपानीको छुट्टै लाइन र पाइप रहने गरी काम भइरहेको कंडेलले जानकारी दिए ।
पहिलो चरणमा साढे ७ किलोमिटर सडक निर्माण पूरा गर्ने लक्ष्य रहेको छ । पहिलो चरणको काम साउनदेखि सुरु भएको हो । ७ दशमलव ५ किलोमिटरको काम २ बर्षभित्र पुरा गर्ने लक्ष्य सहित कामलाई अगाडि बढाइएको भएपनि स्थानीयको अवरोधले कार्य प्रभावित हुने उनले बताए । मुख्य सडकको ८२ फुट भित्र पर्ने र २०३४ साल असार २० भन्दा अगाडि घरको नक्सा पास भएका बाहेकका अन्य सबै संरचना भत्काइएको छ । पहिलो चरणको यो कार्य पूरा गर्न करिव १ अर्ब लगानी लाग्न सक्ने अनुमान कार्यालयले गरेको छ ।
बुटवलको राजमार्ग चौराहदेखि जानकीनगर सम्मको ३ किमी सडक फराकिलो बनाउने कार्य भइरहेको छ । जानकीनगरदेखि शंकरनगर क्षेत्रमा रहेका घर तथा टहराहरु अझै हट्न नसक्दा काम गर्न बाधा पुगेको उनले बताए ।
‘बेलहियादेखि ब्रमेलीटोलसम्म साना ठूला गरी १९२ वटा निर्माण भएका संरचना हटाइएको छ उनले भने — अझै पनि कतिपयले अटेर गरी नहटाउदा काममा बाधा पुगेको छ ।’ स्थानीयहरुले घर तथा टहराहरु अनेत्र सार्नुपर्ने भएपनि अधिकांश सडक क्षेत्रभित्र पर्ने घरहरुमा घरबेटी नह“ुदा भत्काउन समस्या भएको समेत बताइएको छ ।

0 comments