ट्राफिक नियम मिच्नेलाई सडकमैं कक्षा



विकाश पराजुली
बुटवल, फागुन १५ ।
मोटरसाईकलमा खैरेनीबाट बुटवल आइरहेका यमलाल चौधरीको मोबाइलमा राजमार्ग चौराहा नजिक आइपुग्दा फोन आयो । सडक छेउमा मोटरसाईकल रोकेर उनी मोबाइलमा गफिन थाले । केही बेरमा साईरन सहितको सेतो मोटरसाईकल उनको नजिकै आयो । सेतो मोटरसाईकलमा सवार प्रहरी नायव निरीक्षक ज्ञानु पाण्डेले उनलाई भने– ‘भाई यता (सडकपेटी) मा आउ ।’ सडक पेटीमा आउनसाथ चौधरीलाई फोन काट्न लगाउ“दै ट्राफिक प्रहरीले ट्राफिक नियमको बारेमा जानकारी गराए । ट्राफिक नियमका बारेमा बताएपछि प्रहरीले भने– ‘अब यस्तो काम नगर्नु अहिलेलाई जाऊ ।’
चौधरी जस्ता सडक किनारमा सवारीसाधन रोकेर विभिन्न कार्य गर्ने मोटरसाईकलहरुलाई पछिल्लो समय प्रहरीले विभिन्न स्थानमा निगरानी गरेर सडकमै कक्षा दिने गरेको छ । सडकमा मोटरसाईकल चालक, रिक्सा चालक तथा पैदल यात्रुहरुलाई ट्रार्फिक नियमका बारेमा जानकारी दिइएको छ । यसलाई ‘सडकमै कक्षा’ नाम दिइएको छ । १ महिना सम्म यो अभियान चलाएको पाण्डेले जानकारी दिए । कार्यालय प्रमुखको नेतृत्वमा विभिन्न चोक तथा स्थानहरुमा यो घुम्ति प्रशिक्षण दिइएको हो ।
सडक किनारमा सवारी राखी पसलमा सामान किन्ने, नियमहरुको ख्यालै नगरी मुख्य राजमार्गहरुमा सवारी कुदाउने, जथावाबी पैदल यात्रीहरुले बाटो काट्ने, रिक्साहरुले जथाबाबी बाटो काट्ने विरुद्ध प्रहरीले यो अभियान सुरु गरेको बताएको छ । सडकमा सवारी चलाउदा चालकहरुले सामान्य नियमको पनि पालना नगर्ने, जथावाबी पार्किङ गर्ने जस्ता जनगुनासो आएपछि आफुहरुले यो अभियान चलाएको पाण्डेले बताए ।
सडक क्षेत्रमा अव्यवस्थित पार्किङ गरी गफ गर्ने, जेब्रा क्रस भन्दा अन्य स्थानबाट बाटो काट्दा पनि  दुर्घटनाको सम्भावना समेत बढ्ेकाले एक महिने प्रशिक्षण अबधिका लागि यो अभियानलाई सञ्चालन गरिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी शुसिल यादवले जानकारी थिए ।
अहिले प्रहरीले चालकलाई ट्राफिक संकेत, दुर्घटना हुने कारण, सवार हु“दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिइएको छ । ‘पहिलो चरणमा हामीले चालकलाई सम्झाउने र बुझाउने गरेका छौं । यदि नियमलाई अटेर गरेमा दोस्रो चरणमा जरिवाना सहित सम्झाउने छौं ।’ एसपी यादवले भने । उनका अनुसार यो अभियान मुख्य राजमार्ग तथा शाखा सडकहरुमा समेत चलाइएको छ ।
बुटवलमा पनि ‘क्याट्स आई’
यसैबीच प्रहरीले रातको समयमा दुर्घटना हुने सम्भावनालाई ध्यानमा राख्दै बुटवलमा पनि ‘क्याट्स आई’ (विरालाका आखा) सडकमा राखेको छ । यो आई साझको समयमा सवारीको लाईट पर्दा टल्कने गर्दछ । यसरी यो टल्कदा चालकहरुले सडकको लेन्ड र चिनारी थाहा हुदा दुर्घटनाको सम्भावना कम हुने छ । मुख्य राजमार्गहरुमा जडान गरिने यो आई अहिले निर्माण सम्पन्न भएको सडकमा राखिएको छ । सडक कार्यालयले यो लाईट उपलब्ध गराइएको बताइएको छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.