बुटवलमा क्षेत्रीय भलिबल प्रतियोगिता सुरु


नवलपरासी, स्याङजा र रुपन्देहीको विजयी सुरुवात
विकाश पराजुली
बुटवल, फागुन १ ।
 बुटवलमा विहिबारदेखि क्षेत्रीय भलिबल प्रतियोगिता सुरु भएको छ । लाफा समूह बुटवल–१० को आयोजनामा भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाहरुको सहभागिता हुने भनिएपनि अन्तिम समयमा जम्मा आठ टिमले स सहभागिता जनाएका छन् । विहिबार नवलपरासी, स्याङजा र रुपन्देहीले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा जिल्ला भलिबल संघ स्याङजाले जिल्ला भलिबल संघ रुपन्देहीलाई ३–१ को सेटले हराउदै २ अंक जोडेको छ । स्याङजाले रुपन्देहीलाई २५–२०, १६–२५, २२–२५ र १३–२५ अंकले हराएको हो । त्यसैगरी दोस्रो खेलमा जिल्ला भलिवल संघ नवलपरासीले जिल्ला भलिवल संघ गुल्मीलाई ३–० को साझो सेटले हराउ“दै २ अंक जोड्न सफल भएको छ । निकै नै अनुभवी खेलाडीहरु सम्मिलित नवलपरासीले सोंचे जस्तो खेल भने प्रदर्शन गर्न सकेन । तीन जना नया“ खेलाडीलाई मैदानमा उतारेको नवलपरासीले गुल्मीलाई २५–२०, २५–१६ र २५–२३ को सोझो सेटले हराएको हो । बुटवल मण्डपमा सुरु भएको प्रतियोगिता अन्तर्गत विहिबारै भएको तेस्रो खेलमा जिल्ला भलिवल संघ रुपन्देही विजयी भएको छ । जिल्ला भलिवल संघ अर्घाखा“ची र रुपन्देहीबीच हुने भनिएको खेलमा अर्घाखा“ची अनुपस्थित भएपछि रुपन्देहीले वाकओभर पाई विजयी भएको हो ।
यसअघि केन्द्रीय स्तरमा २०६४ सालमा लमजुङ र ०६८ सालमा पोखरामा भएको क्षेत्रीय भलिबल प्रतियोगिता यसपटक लाफा समूहको आयोजनामा रुपन्देहीमा सञ्चालन भएको हो । प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीयले ३० हजार नगद, कप, मेडल र प्रमाणपत्र, तृतीय हुनेले १५ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने चौथो हुनेले नगद ५ हजार प्राप्त गर्ने बताइएको छ । त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।
प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट सटर, वेष्ट स्पाईकर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर र वेष्ट सर्भिसलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । त्यस्तै अनुशासित टिमलाई नगद २ हजार रुपैया“ पुरस्कार प्रदान गरिने बताइएको छ ।
यसअघि कार्यक्रमको एक समारोहकाबीच जिल्ला भलिवल संघका रुपन्देहीका अध्यक्ष विष्णु श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले युवाहरुलाई खेलको माध्यमबाट रुपान्तरण गर्न सकिने बताए । कार्यक्रममा भलिवल संघका केन्द्रीय सदस्य टुकबहादुर क्षेत्री, रुपन्देही उद्योग संघका अध्यक्ष्ँ बोनिन पिया लगायतले बोलेका थिए । कार्यक्रम समूहका अध्यक्ष देवेन्द्र थापाको अध्यक्ष्ँता, सहसचिव महेश खनालको स्वागत तथा सचिव विष्णु न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) ६ खेल हुने बताइएको छ । गुल्मी र पाल्पा, स्याङजा र बाग्लुङ, कास्की र नवलपरासी, बाग्लुङ र रुपन्देही, गुल्मी र कास्की तथा स्याङजा र अर्घाखा“चीकाबीच खेल हुने छ । प्रतियोगिता विहान ८ बजे देखि सुरु हुनेछ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.