फेसबुकले जोडिदिएको हाम्रो सम्बन्ध
विकाश पराजुली
बुटवल÷ आजको २१ औं शताव्दी प्रविधिमा निकै फड्को मारिसकेको छ । दिनप्रतिदिन विश्वमा अनेकन प्रविधिको विकास भइरहेको छ । त्यहि विकास क्रममा रोमलिएको हो फेसबुक । जुन १० बर्ष अघि मात्र सञ्चालनमा आएको थियो । कुराकानी, फोटो अपलोड, म्यासेज जस्ता कुराहरु सहजै एक अर्काबीच आदान प्रदान गर्ने फेसबुक पछिल्लो समय प्रेम जोडिहरुका लागि त झनै कोशे ढुंगा नै सावित भएको छ । दिनहरु वित्दै गर्दा सामान्य बालबालिका तथा उमेर पुगेकाहरु पनि अहिले फेसबुकमानै झुम्मिन थालेका छन् । अझ भर्खरका युवा युवतिहरुलाई प्रेम गर्न पनि यहि फेसबुकबाट पनि धेरैलाई सिकाएको छ । जस्तो मैले देखेको र भोगेको कुरा पनि हो । भेट्दा बोल्न नसक्नेहरु फेसबुकमा हाई र हेल्लो भन्दै म्यासेज बक्समा सन्देश छाड्नेहरु अहिले धेरै छन् । विस्तारै हालखवर बुझ्दै त्यही सन्देश अनुरुप माया गर्नेहरुको लर्को त झनै लामो छ ।
आजकल भन्ने गर्छन् बच्चाले माया भन्ने गर्वमा नै सिकेर आउ“छ, हो त्यस्तै मैले पनि आज बुझ्दै छु । माया के हो भन्ने थाहा नहुनेहरु व्वाय फ्रेण्ड र गर्लफ्रेण्ड बनाउ“दै छन् । जसको सामिप्यमा पनि यही फेसबुकले नै महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । केही समय अघि एउटा समाचार प्रकाशनमा आएको थियो फेसबुक चलाउ“दै गरेकी छोरीलाई आमाले खान बोलाउ“दा उसले त्यही रिसमा आमालाई हत्या गरी यो खवर नेपाल बाहिरको हो । यसले पनि थप प्रष्ट पार्दछ कि युवायुवतीहरु कतिसम्म फेसबुकमा भुल्ने गर्दछन् । धेरै युवा युवतिको प्रेमलाई सफल पार्न या प्रेमको भुमिका निर्वाह गर्न यहि फेसबुकले महत्वपुर्ण भुमिका खेलिरहेको छ । हो यही फेसबुक र मायाको कुरा गर्दै छु म पनि ।
‘दुईवटा हरियो बा“स हुनेछ
त्यसमाथी मेरो लास हुनेछ
तिम्रो सिउ“दो रंगिएको त्यो दिन
म भन्ने अस्तित्व पनि नाश हुनेछ ।’
फेसबुकमा बा“डिएको यो स्टाटस पनि त्यही फेसबुकबाटै जोडिएकी उनकै लागि हो । सधै साथ दिने र सं“गै मर्ने कसम खाएको पनि धेरै समय भएको छैन । हो त्यसैले माथिका मुक्तकका हरफले तिमीलाई सधै यही कुरा भनिरहेको छ ।
धेरै सुनेको छु, प्रत्येक आ“शुले पीडा दिन्छ भनेर तर यो नहोस् कि तिम्रै कारणले प्रत्येक नशाहरुमा ति आ“शुहरु खिला बननु, मेरो छातीमा कसैले नदेख्ने चोट बनोस् अनि उनकै हा“सोले छोडेका खाटाहरु हुन्, तिमीलाई यही मात्र भन्न चाहन्छु । गरेको बाचा र खाएका कसम दिनगन्तीमा तिमीले सम्झनु पर्छ । दोष मेरो हु“दैन भनेर पनि ठोकुवा त म यहा“ गर्दिन । तर कहिल्यै नमेटिने गरी मायाका थुङगाहरु भने म दिनेछु । मलाई विश्वास छ तिमीलाई कहिल्यै नमेटिने गरी आ“शुका टाटाहरु रहन दिने छैन ।
तिथि मितिले भन्दैछ सुरुका दिनहरु यस्तै हुन् तर तिम्रै कारण वा अन्य कुनै कारणले नचाह“दा नचाह“दै बिवशताको हुरिले अतितका पानाहरु पल्टाई नमेटिने घाउ बनाइदियोस् । जहा“ हामी दुई स“गस“गै हिंडेका डोबहरु फेला परुन् अनि दुनियाले खित्का छाडेर हा“सोस् । हो यस्तो पाना त्यो हुरीले कहीं नलैजाओस् ।
कुनै दिन हाम्रो यस्तो नहोस् अतितका गाढा तस्वीरहरु आ“खा वरिपरि घुमिरहुन् अनि सम्झी सम्झी तस्वीर जलाउनु पर्ने । सुरुवाती पलहरु तिता मिठा एकपछि अर्को गरी सुखद् दिनहरु वितिराखेका छन् । सपनाहरु बुनिदै छन् । मुटुमा न्यानो साथ बसेको छ । तर यस्तो नहोस् कि यी हातहरुले विगतका पलहरु सम्झी भक्कानिएर तिखा शव्दहरुको पत्र नरोकियोस् ।
मैले पनि आज यो बुझ्दै छु समय र परिस्थितिले जता जता डो¥याउ“छ त्यतै त्यतै जा“दोरहेछ मानिसको जिन्दगी । त्यस्कै परिण्ाँमस्वरुप आज प्रतिÔाको फल मैले पनि प्राप्त गरेको छु । कुनै दिन सोंच्ने गर्थे मेरो जीवनमा कोही अओस् अनि जीवनमा दुई मुट्ठी सास रहुन्जेलसम्म फूलको र बासनाको जस्तो सम्बन्ध रहि राखु“, हो यस्तै कल्पनाको उडानलाई निरन्तरता दिन सकु“ । जीवनको त्यो मोडमा उनी बसन्तको बहार लिई कसैले मलाई भित्र्याओस् । जीवनलाई धिपधिपेबाट जोगाई राख्नको लागि अलिकति तेल थपेको थपोस् । जनम जनम नटुङगिने यात्रामा स“गै जिउने, स“गै मर्ने अनि सधैंभरि एक–अर्काको आ“गालोमा बा“धिरहने कसम खान पाउ“ । तर नहोस् कि वाचा कसम र खुशीका Ôण्ँहरु पलभरको लागि मात्र होस् ।
’जिन्दगीमा एक अर्काको दवाव हुनुहुन्न
एउटा हड्डी अनि अर्को कवाव हुनुहुन्न
मायामा स्वार्थ पनि त, लुकेको हुन्छ
प्रेम तर प्रेम दिन्छु हिसाव हुनुहुन्न’
हो यहि भनिरहेो छु मैले तिमीलाई । त्यसैले मलाई यो लाग्दैछ कि गल्ती न तिम्रो हो न मेरो हो । स्वार्थी संसारमा मैले निस्वार्थ रुपमा माया गर्न खोजे“ अनि चा“डैनै बिश्वास गर्न पु“गे । यो विश्वासले आज तिमी र म बीचको सम्बन्धलाई नजिक जोड्ने पुलको काम गरेको छ । त्यही पुलको भुमिकालाई अझ नजिक बनायो त्यही फेसबुकले । स्कुले जीवनमा बोल्न नसक्ने तिमीलाई त्यही फेसबुकले बोल्न सिकायो । स्कुल पढ्दा एउटै बेन्चमा बस्न डराउने तिमी खै कुन मुटुबाट आ“ट लिएर म सं“ग गफ गर्न आ“ट्यौ ? फलामे ढोका मानिने एसएलसी परीक्षाको अन्तिम दिनसम्म देखभेट भएपनि नबोल्ने तिमी आज मलाई माया के हो र कसरी गर्ने भन्ने सिकाउ“दै छौ । स्कुले जीवनमा आफ्नै सुर गर्ने तिमी हिंजो आज यसो गर्नु पर्छ र उसो गर्नु पर्छ भन्दै मलाई सिकाउ“दै छु । भेट हु“दा पनि नबोल्ने तिमी प्रविधिको प्रयोग गर्दै फेसबुकबाट हाई भन्दा अचम्म परेको हिजो जस्तै लाग्छ । फेसबुकमा रहेका साथीहरुको फ्रेण्ड लिस्टमा गई खोजि खोजि रिक्वेष्ट पठाउन मैले तिमीलाई सिकाईन । तर त्यसरी आएको रिक्वेष्टलाई एसेप्ट गर्न भने मैले आफै सिकेंछु । सम्झदा अचम्म लाग्छ । अनि दिन गन्ती हु“दै सुरु भएका हाम्रा गफहरु आज निरन्तर यो प्रेम दिवससम्म भइरहेको छ । सौभाग्य नैं भन्नुपर्छ अहिलेसम्म कुनै बैरीहरुले हाम्रो यो मायामा कुदृष्टि भने लगाएका छैनन् । हो यही प्रार्थना गरिरहेको छु । कसैको कुदृष्टि नपरोस् हामी सधै सं“गै रहन पाउ“ । –काल्पनिक)
0 comments