नेटवर्क सुधार र थ्रिजी सेवा विस्तार गरिंदै
विकाश पराजुली
बुटवल, माघ २१ ।
नेपाल टेलिकम दुर सञ्चार कार्यालय बुटवलले यस क्षेत्रबाट प्रिपेड जिएसएमका २ लाख १८ हजार ५ सय ७५ रिम विक्री गरेको छ । कार्यालयले दिने अन्य सेवाको तुलनामा जिएसएम प्रिपेडको रिम सवै भन्दा बढी विक्री गरिएको कार्यालयले जनाएको छ । कार्यालयले रुपन्देहीको सालझण्डीदेखि देवदह, शंकरनगर क्षेत्रसम्ममा पुस मसान्तसम्ममा ल्याण्डलाईन भ्वाईस सेवा अन्तर्गत १६ हजार ९ सय २० र एडिएसएल तर्फ ४ हजार ६८ फोन जडान गरेको छ ।
कार्यालयले जिएसएम मर्मत तथा जडान पाल्पा, गुल्मी र अर्घाखा“चीमा समेत गर्दै आएको छ । बुटवल कार्यालयबाट मात्र २०७० पुस मसान्त सम्म जिएसएम प्रिपेड रिम २ लाख १८ हजार ५ सय ७५ रिम वितरण गरेको छ ।
त्यस्तै पोष्टपेड जिएसएम १० हजार ५ सय ९१ रिम वितरण गरेको बुटवल कार्यालयका प्रमुख सोभज अधिकारीले जानकारी दिए । सिडिएमए प्रिपेड तर्फ भने १५ हजार २ सय ९३ र सिडिएमए पोष्टपेड तर्फ जम्मा १ सय २२ वटा रिमहरु वितरण भएको बताइएको छ ।
टेलिकमले आफ्नो दशौं बार्षिक उत्सवको अवसरमा विभिन्न नेटकर्व विस्तारका साथै थ्रि जी सेवा विस्तार गर्ने बताएको छ । अहिले रुपन्देही जिल्लामा पनि थ्रि जी सेवा विस्तार हुन लागेको उनले बताए । टेलिकमले हाईस्पीड डेटा (इभीडिओ) मा जम्मा २ हजार ३ सय ६ वटा रिमहरु वितरण गरेको छ । त्यस्तै स्काई डेटा १ सय ४० र वाईम्याक्स सेवा १ सय ४५ वटा वितरण गरेको बताएको छ । अब टेलिकमले छिट्टै नै वि.टि. एस. नामक प्रविधिको जडान गर्ने र यो जडान भइसकेपछि अहिले ह“ुदै आएको नेटवर्कको समस्या कम हुने छ ।
अहिलेसम्म वितरण गरिएका रिमहरु अहिलेसम्मको क्षमता अनुसार नै रिम तथा ल्याण्डलाइनहरु जडान गरिएको बताइएको छ । कार्यालयले नया“ टावर निर्माणका लागि यस क्षेत्रमा अनुसन्धान भइरहेको बताएको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालय काठमाडौंले यस स्थानमा सेवा विस्तारका लागि अनुसन्धान गरिरहेको छ । टेलिकमले जिएसएममा पनि नया“ प्रविधि ल्याउने योजना रहेको अधिकारीले बताए । नेपाल टेलिकमले वाईम्याक्स सेवाको प्रबद्र्धनका साथै विस्तार गर्ने उद्देश्यका साथ अहिले ग्रामीण क्षेत्रमा समेत प्रचार प्रसार गरिरहेको छ । यसैबीच नेपाल टेलिकम बुटवल कार्यालयले आज आफ्नो दशौ बार्षिक उत्सवको अवसरमा विहान प्रभातफेरीको आयोजना गरेको छ । बार्षिक उत्सवको अवसरमा कार्यालयले २० बर्षे सेवा अवधि पुरा भएका कर्मचारीहरुलाई सम्मान गर्ने, जेष्ठ नागरिक र बृद्धाश्रमलाई सहयोग गर्ने बताइएको छ । कार्यालये शंकरनगरमा अपा·ता भएकाहरुलाई खाद्यान्न वितरण समेत गर्ने बताएको छ ।
0 comments