झरीले भलिबल प्रभाबित भएपछि…



विकाश पराजुली
बुटवल, फागुन ४ ।
शुक्रबारदेखि परेको झरी आइतबार बेलुका सम्म रोकिएको थिएन् । झरीले जनजीवन प्रभाबित भएको थियो । झरीकै कारण आइतबार बुटवलका खेलप्रेमीहरुमा थप निराशा छायो । लाफा समुह बुटवलले आयोजना गरेको क्षेत्रीय भलिवल प्रतियोगिताको उपाधिको छिनोफानो लाग्ने दिन झरीले खेलप्रेमी दर्शकलाई निराश बनायो । खेल शुरु हुने दिनदेखि नै बेमौसमी बर्षा सुरु भयो त्यससं“गै खेल पनि प्रभावित भयो । पहिलो दिन आंशिक रुपमा पानी परे पनि केही खेलहरु भएका थिए । तर दोस्रो र तेस्रो दिन भने खेल प्रभाबित भए । दुई दिनमा जम्मा दुई खेल सम्भब भए । यस्तोमा खेल सकिएन रखेल तालिका पनि प्रभाबित भयो । क्षेत्रीय भलिवल प्रतियोगिता भनिए पनि १६ जिल्ला मध्ये जम्मा ६ जिल्लाका टिमहरुको खेलमा उपस्थित भएका थिए । शनिबार सम्पन्न खेलबाट जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पाल्पा लिगबाट आउट भएपछि जिल्ला भलिबल संघ रुपन्देही, कास्की भलिबल संघ, जिल्ला भलिबल संघ नवलपरासी र जिल्ला भलिबल संघ स्याङजा सेमिफाईनल खेल्दै उपाधि होडमा उभिए । शनिबार सम्पन्न हुने भनिएको खेल आइतबार हुने भएपछि आयोजकहरु खेलाडीहरुलाई भत्ता खर्च बढी हुने भन्दै आत्तिएका थिए । त्यसैले आयोजकले जसरी पनि खेल समापनको योजना बनाएको थियो । आइतबार भएको पहिलो खेलमा कास्कीलाई हराउ“दै स्याङजा फाईनलको यात्रा तय ग¥यो । त्यतिबेला सम्म मौसमले आंशिक प्रभाव पारेपनि पूर्ण प्रभाव भने पारेको थिएन । त्यस्तै दोस्रो खेलमा नवलपरासीलाई हराउ“दै रुपन्देहीले पनि फाईनलको भेट स्याङजासं“ग पक्का ग¥यो । फाइनल चरणमा भेट पक्का गरेका रुपन्देही र स्याङजा प्रथम प्रतिस्पर्धाका लागि भिड्ने योजनामा थिए । यस्तोमा तेस्रो स्थानका लागि नवलपरासी र कास्कीको खेल सुरु गरियो । आयोजकहरुले खेल समापनको तयारीमा प्रमाणपत्रहरु मिलाउ“दै थिए । यस अघि लाफा समूहले आयोजना गरिएको लाफा भलिबल प्रतियोगितामा विजयी नवलपरासी र पर्यटकीय टिम कास्कीबीचको खेल निकै प्रतिस्पर्धात्मक खेल भइरहेको थियो । घडीले सवा २ बजाइसकेको थियो । खेलमा नवलपरासीले कास्कीलाई पक्षाई रहेको अवस्थामा एक्कासी असिनासं“गै पानी प¥यो । खेल हुनु कह“ा–कह“ा भागाभाग नै मच्चियो ।खेलप्रेमी दर्शकहरु भाग्न लागे, आयोजक सामानहरु व्यवस्थापन गर्नतर्फ लागे । एकै छिनमा पानी र असिनाले पुरै बुटवल मण्डप ढाक्यो । पानी पर्दै गर्दा विभिन्न आवजहरु आउन थाले । कोही मौसमलाई दोष दिदै थिए भने कोही आयोजकलाई दोष लगाउ“दै थिए त कतिले नवलपरासी र कास्कीको खेल हुनै नहुदो रैछ भन्ने तर्क गरे । किनकी शुक्रबार कास्की र नवलपरासीबीचको खेलमा पानी परेपछि २÷२ सेट जितेको खेल पुनः खेलाउनु परेको थियो । त्यस्तै शनिबार सोही टिमहरुबीच खेल ह“ुदा पनि खेल बर्षाका कारण प्रभावित भएको थियो । त्यसैले पनि दर्शकहरुले हा“सो मज्जामा कास्कीले फेवातालको पानी लिएर आएकाले पानी परेको बताउ“दै थिए । प्रदर्शनी स्थल बुटवल मण्डप एकै छिनमा हिलाम्मे भयो । खेल सुरु गर्न सक्ने अवस्था रहेन । पानी परेपछि कही कतै दर्शकहरु ओत लाउन नपाएका पछि नगरपालिकालाई समेत दोष लगाउ“दै थिए । मञ्चमा छाता ओडेर बसेका समूहका अध्यक्षले मण्डपमा कुनै पनि किसिमको स्थायी संरचना नह“ुदा कार्यक्रम सञ्चालन गर्न ग्राहो भएको समूहका अध्यक्ष देवेन्द्र थापाले बताए । ‘स्थायी संरचना भएको भए मञ्च व्यवस्थापन हुने थियो । त्यसो हु“दा क्लबहरुले ठूला धनराशी अस्थायी संरचनामा खनाउनुपर्ने थिएन थापाले भने–मण्डपमा स्थायी संरचना जरुरी छ ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.