क्षेत्रीय भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई
विकाश पराजुली
बुटवल, ५ फागुन ।
बुटवल, ५ फागुन ।
लाफा समूह बुटवल १० ले आयोजना गरेकोे पश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिवल संघ स्याङ्जाले हात पारेको छ । सोमबार सम्पन्न फाइलन खेलमा स्याङ्जाले जिल्ला भलिवल संघ रुपन्देहीलाई ३–२ को सेटले हराउदै उपाधि हात पारेको हो ।
उपाधि सँगै उसले ५५ हजार नगद प्राप्त गरेको छ । त्यस्तै उपविजेता रुपन्देहीले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो ।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा नवलपरासीलाई ३–० सेटले हराउदै जिल्ला भलिवल संघ कास्की तेस्रो भएको छ । कास्कीले उसले नगद १५ हजार हात पा¥यो । त्यस्तै सान्त्वना भएको नवलपरासीले नगद ५ हजारमा चित्त बुझाएको छ ।
विजयी टिमहरुलाई भलिवल संघका केन्द्रीय उपाध्यक्ष यम गुरुङ, समुहका अध्यक्ष देवेन्द्र थापा, जिल्ला भलिवल संघ रुपन्देहीका अध्यक्ष विष्णु श्रेष्ठले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
त्यस्तै अनुशासन तर्फको पुरस्कार जिल्ला भलिवल संघ गुल्मीले हात पारेको छ । उसले नगद २ हजार प्राप्त ग¥यो । बेष्ट सर्भिसमा नवलपरासीका जगदिश चौधरी, बेष्ट डिफेन्डर स्याङ्जाका मोहन गुरुङ, बेष्ट स्पाईकरमा स्याङजाकै सञ्जु शाहले पाएका छन् ।
त्यस्तै बेष्ट लिफट्रमा रुपन्देहीका लोकेन्द्र भण्डारी, बेष्ट बलक्करमा स्याङ्जाका रमेश केसी, बेष्ट कुइकरमा स्याङ्जाकै काजी के.सी भए । बेष्ट प्लेयरमा स्याङ्जाका अमृत के.सी., बेष्ट राईजिङ प्लेयरमा नवलपरासीका जगदिश चौधरीले पाए ।
विभिन्न व्यक्तिहरुलाई सम्मान
यसैबीच लाफा समुहले आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रिय भलिवल प्रतियोगितामा महत्वपुर्ण सहयोग गरेको भन्दै समुहले खेलाडी तथा पत्रकारलाई सम्मान गरेको हो ।
यसैबीच लाफा समुहले आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रिय भलिवल प्रतियोगितामा महत्वपुर्ण सहयोग गरेको भन्दै समुहले खेलाडी तथा पत्रकारलाई सम्मान गरेको हो ।
समुहले ईन्यूजकभर तथा मेचिकाली दैनिकका पत्रकार विकाश पराजुली, बुटवल टुडे दैनिकका पत्रकार विश्वास ढकाल र बुद्ध टेलिभिजनका क्यामरा पर्सन कपिल अधिकारीलाई कदरपत्रबाट सम्मान गरेको छ । त्यस्तै नेपाल पुलिसका खेलाडिहरु चन्द्र कुवर र कुल बहादुर थापालाई पनि सोही अवसरमा सम्मान गरिएको छ ।
0 comments