बुनपाको बजेटमा भुस्याहा कुकुर नियन्त्रण गर्न ५० हजार



विकाश पराजुली
बुटवल, फागुन ४ ।
एक हप्ता अघि बुटवल नगरपालिकाले आर्थिक बर्ष २०७१÷०७२ को नगर बजेट सार्वजनिक ग¥यो । ४० करोड  ९८ लाख ३ हजार ६ सय ५० रुपैयाको बजेट छुटाइएकोमा त्यस बजेट भित्र विभिन्न रोचक–रोचक शिर्षकमा समेत बजेट छुटाइएको छ । जस मध्ये नगरपालिकामा कुकुर नियन्त्रणका लागि पनि बजेटमा समेटिएको छ ।
नगरपालिकाले बार्षिक नगरविकास योजना तथा आर्थिक बर्ष २०७१÷०७२ को  लागि नगरपरिÈद्बाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेकोमा नगरमा कुकुरहरुले आंतक मच्चाउन सक्ने भन्दै भुस्याहा कुकुर नियन्त्रण लागि ५० हजार रुपैयाको बजेट विनियोजित गरिएको हो । नगरापलिकाले बार्Èिक नगर विकास योजना तथा आर्थिक बर्ष २०७१÷०७२ लाई ‘सवल आर्थिक केन्द्र, समुन्नत बुटवल’ नाम दिएर निर्माण गरिएको बजेट पुस्तिकाको अनुसूची–२ प्रवर्दनात्मक कार्यक्रम अन्तर्गतको लेखा कोड नम्बर ८२०११०४ मा भुस्याहा कुकुर नियन्त्रणका लागि ५० हजार रुपैया छुटाएको छ । गत आ.व. ०६९÷७० मा पनि ‘सवल आर्थिक केन्द्र, समुन्नत बुटवल’ नाम दिएको बजेट पुस्तिकाको अनुसुचि २ अन्तर्गत लेखा कोड नम्बर ८२०११२०५ मा भुस्याहा कुकुर नियन्त्रणका लागि २० हजार रुपैया विनियोजित गरिएको थियो । गत आ.व. मा भन्दा अहिले प्रस्तुत गरिएको बजेटमा भुस्याहा कुकुर नियन्त्रणका लागि ३० हजार बढि बजेट विनियोजित गरिएको छ ।
अनुसुची २ अन्तर्गत प्रबद्र्धनात्मक कार्यक्रम को उपशिर्षक बातावरण संरक्षण, जलबायु परिवर्तन, नविकरिणीय उर्जा, उद्यान तथा हरियाली व्यवस्थापन भित्र भुस्याहा कुकुर नियन्त्रण पनि समेटिएको छ । नगरपालिका भित्र छाडा रुपमा रहेका कुकुरहरुलाई धपाउन र भ्यासाटोमिक सुई लगाउनका लागि सो रकम खर्च गरिने नगरपालिकाले जनाएको छ । यो कार्य अन्य संघ संस्थाहरु संग सहकार्य गरेर गरिने समाजिक शाखा अधिकृत डोलराज पौडेलले जानकारी दिए । त्यस्तै नगरपालिकाबाट प्रस्तुत भएको बजेट मध्ये बुटवल वडा नं. २ मा बादर नियन्त्रण कार्यका लागि पनि १ लाख रुपैया छुटाएको छ । अनुसुची २ प्रर्बद्धात्मक अन्य कार्यक्रमहरु अन्तर्गत बादर नियन्त्रण कार्य शिर्षकमा सो रकम विनियोजित गरिएको हो । नगरपालिकाले गत आ.व. मा भने बादर नियन्त्रण गर्नका लागि बजेट भने छुट्टाएको थिएन । यसैगरी नगर क्षेत्रमा अत्यन्तै दुःख दिने छाडा चौपाया नियन्त्रण तथा कान्जी हाउस व्यवस्थापनका लागि ३ लाख रुपैया छुटाएको छ । छाडा चौपाया नियन्त्रणका लागि नगरपालिकाले आर्थिक बर्ष २०७१÷०७२ को पारित बजेट मध्ये सो रकम छुटाएको हो ।
अनुसुची २ अन्तर्गत प्रबद्र्धनात्मक कार्यक्रम भित्र लेखा कोड नम्बर ८२०११२०४ नम्बरमा छाडा चौपाया नियन्त्रण एवं तथा कान्जी हाउस व्यवस्थापन शिर्षकमा सो रकम छुटाइएको छ । छाडा चौपायका कारण सवारी दुर्घटना हुन सक्ने भन्दै छाडा चौपायाहरुलाई नियन्त्रण एवं कान्जी हाउस व्यवस्थापनका लागि सो रकम छुटाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आ.व. ०६९÷७० मा छाडा चौपाया नियन्त्रण तथा कान्जी हाउस व्यवस्थापनका लागि २ लाख ५० हजार रुपैया छुटाएको थियो । चौपाया नियन्त्रण कार्य अन्तर्गत बुटवल क्षेत्रबाट छाडा चौपायाहरुलाई मकवानपुरको चुरे क्षेत्रमा लगि छाडिएको थियो ।
नगरपालिकाले सुगर, बंगुर, भैसी, कुकुर पक्रिदा प्रोत्साहन स्वरुप कर्मचारीहरुलाई भत्ता उपलब्ध समेत गराउने भएको छ । सुगुर, बंगुर, भैसी पक्रिदा प्रति जिउ १ सय रुपैया, भुस्याहा कुकुर नियन्त्रण गर्दा प्रति कुकुर ३० रुपैया, मरेको गाउ भैसी फाल्दा प्रति जिउ १ सय रुपैयाका दरले भत्ता उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । त्यस्तै अन्य व्यक्तिहरुले छाडा छाडिएका सुंगुर, बंगुर पत्री ल्याई नगरपालिकाकामा बुझाउने नगरबासीलाई १ सय  पुरस्कार दिने तथा रागा भैसी पनि पक्राउ गरी ल्याएमा १ सय पुरस्कार दिने व्यवस्था मिलाइएको छ । यसो गर्दा पनि नगरपालिकालाई स्वच्छ र हरियाली बनाउन मद्धत मिल्ने बताइएको छ ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.