बधशाला निर्माण अझै अनिश्चित


१ करोड बजेट चाहिएमा ६५ लाख मात्र

विकाश पराजुली
बुटवल, फागुन ९ ।
बुटवलमा निर्माणधिन अवस्थामा रहेको आधुनिक पशुबधशाला निर्माण कार्य अझै अनेश्चित बन्नेको छ । बधशाला निर्माण्ँ गर्ने योजना ५ बर्È पुरा भइसक्दा समेत बजेट अभावमा निर्माण कार्य अनेश्चित हुने भएको हो ।
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले आर्थिक बर्ष ०७१÷०७२ मा बधशाला निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएपनि बुटवल नगरपालिकाले आर्थिक बर्ष ०७१÷०७२  मा पशुबधशाला निर्माणका लागि आबश्यक पर्ने बजेट भन्दा कम बजेट छुटाइदिदा बधशाला निर्माणको काममा ढिलाई हुने भएको हो ।
नेपाल सरकारले पशुबधशाला निर्माणका लागि अन्तिम पटक भन्दै ५० लाख रुपैया छुटाएको छ । बुटवल १२ रामनगर स्थित धागो कारखाना नजिकै निर्माणधिन अवस्थामा रहेको पशुबधशाला निर्माण सम्पन्न गर्न अझै करिव १ करोड रुपैया खर्च लाग्ने जिल्ला पशु कार्यालयले जनाएको छ । १ करोड मध्ये नेपाल सरकारको ५० लाख रुपैया आएपनि बुटवल नगरपालिकाले ५० लाख रुपैया बजेट छुटाउनुपर्ने भएपनि नगरपालिकाले जम्मा १५ लाख रुपैया बजेट छुटाइदिदा काम गर्न बाधा पुग्ने जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लक्ष्मण ढकालले बताए । नगरपालिकाले आर्थिक बर्ष ०७१÷७२ को बजेटमा अनुसुची १ अन्तर्गत पुर्वधार विकास कार्यक्रमहरु अन्तर्गत  लेखा कोड नम्बर ८१०१०१२७ मा पशुबधशाला पुर्वधार निर्माण (म्याचिड्ड) का लागि १५ लाख रुपैया छटाएको छ ।
व्यवस्थित रुपमा पशु बध गरी उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउने उद्देश्यले निर्माण्ँ थालिएको पशु बधशालाको काम जसरी पनि ०७१ साल भित्र  निर्माण सम्पन्न गर्ने आफुहरुको योजना रहेको उनले बताए । बुटवल नगरपालिकाले सरकारले लगानी गरे जति आर्थिक लगानी जसरी पनि गर्नै पर्ने उनको भनाई छ । ‘यो नगरपालिकाको सम्पत्ति हो, जसरी पनि उही हारहारीमा बजेट निकाशा गराउनुपर्छ त्यो नगरपालिकाको दायित्व हो उनले भने ।’
बुटवल नगरपालिकाका इन्जीनियर गौतम रौनियारले चालु आ.व. मा कुनै पनि बजेट नछुटाइएको भएपनि कुनै स्रोत खोजेर चालु आवको अन्तिममा काम सुरु गरी आउने आव सम्म निर्माणको कार्य पुरा गरिने बताए । बधशाला निर्माणका लागि आबश्यक पर्ने अपुग रकमलाई कुनै स्रोत खोजी जसरी पनि निर्माण सम्पन्न गर्न आफुहरु लागि परेको उनको भनाई छ ।
पशुबधशाला निर्माणका लागि अहिले सम्म बुटवल नगरपालिकाले जग्गा संरक्षणका लागि ६० लाख र पशुपंक्षी बजार निर्देशनालयको ९० लाख रुपैया खर्च भएको रौनियारले बताए ।
पाच बर्ष पहिले निर्माण थालनी गरिएको बधशाला निर्माणको काम सुरुमा बुटवलको देविनगरमा निर्माण गर्ने भनिएपनि स्थानियको अवरोध पछि बुटवल–१२ रामनगरमा औद्योगीक Ôेत्र व्यवस्थापन लिमिटेडको ३ बिगाहा Ôेत्रफलमा पशु बधशाला निर्माण्ँको थालिएको हो ।  कारखाना नजिकै जग्गा उपलब्ध गराएपछि नेपाल सरकार र गोरखा कन्ट्रक्सनको विचमा २०६५ फागुनमा भवन निर्माण्ँ सम्झौता भएको थियो । त्यसपछि निर्माणको काम सुरु गरिएको भएपनि अहिले सम्म पुरा भएको छैन् ।
बधशालाको बृहद योजनाका लागि सुरुमा ५ करोडको बजेट माग गरिए पनि तत्कालका लागि डेढ करोडको लागानीमा बधशाला निर्माण्ँ शुरु गरिएको थियो । डेढ करोड मभ्ये  ६० लाख बुटवल नगरपालिकाका रहेको थियो ।
अहिले काम रोकिको करिव एक वर्È हुन लाग्दा निर्माण्ँ भएको भवन चर्किएको छ । भने भवन चुहिने भएको छ ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख ढकालले स्टीम डिजाईन नहुदा काममा क्रुटि भएको र अब सो कम्पनीलाई ठेक्का नदिई नया कम्पनीलाई ठेक्का दिनका लागि टेण्डर आबह्न गरिने बताए । टेण्डर आबह्न नगरपालिकाले गर्नेछ । आबश्यक १ करोड रुपैयाले रागा, पाडा भित्र जन छुट्टै ढोकाहरु निर्माण गर्ने, अहिले उत्तरतर्फ रहेको सटर जस्तै दक्षिण र पुर्वतर्फ सटर निकाल्ने, त्यसभित्रै चिस्यान केन्द्र स्थापना गर्ने, भेन्टीलेसन हुनेगरी झ्यालहरु निर्माणगर्ने, फोहोरहरुलाई डिस्पोजल पिट (खाडल) बनाउन र केही नया स्टीमेटहरु निर्माण गर्दा सो रकम खर्च हुने उनले बताए । यसैबीचमा बिहिबार पशुबधशाला निर्माणका विषयमा छलफल समेत गरिएको छ ।
नेपाल सरकारले छुटाएको बजेट जसरी पनि बधशाला निर्माणमा खर्च गरी बुटवलका बासिन्दाहरुलाई स्वच्छ मासु कसरी छिटो दिन सकिन्छ भन्ने विषयमा छलफल गरिएको बताइएको छ ।
बुटवलमा बधशाला नबनेकै कारण्ँ दैनिक बध हुने २५ सय पशुंपÔीहरु अस्वस्थकर रुपमा बध गरिएको बताईन्छ । मासु व्यवसायी संघका अध्यक्ष कृष्ण पौडेलले पशुबधशाला निर्माण भएमा उपभोत्ताहरुले स्वच्छकर मासु खान पाउने हुदा जति सक्दो छिटो निर्माण हुनुपर्ने बताए । अहिले रुपन्देहीमा दैनिक ३ सय खसी बोका तथा ४० रागा, २० बंगुर, १० टन कुखुरा र डेढ टन माछा खपत हुदै आएको छ ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.