मैदान अभावमा हुन छाडे राष्ट्रिय ठुला प्रतियोगिता


विकाश पराजुली
बुटवल÷ बुटवल कालिकानगरका विराज बानियाले बुटवलमा ठुला राष्ट्रिय प्रतियोगिता नहेरेको २ बर्ष भन्दा बढि भइसक्यो । स्थानिय स्तरमा हुने स(साना प्रतियोगिता बाहेक पछिल्लो समयमा रुपन्देहीमा ठुला राष्ट्रिय खेलहरु हेरेको उनको सम्झना छैन् । विशेषगरी भलिवल र फुटवलका फ्यान बानिया ठुला प्रतियोगिता नहुदा आफु जस्ता दर्शकहरुले राम्रा खेलहरु हेर्न नपाएको बताउछन् । कुनै समयमा ठुला धन रासीका खेलहरु हुने रुपन्देही पछिल्लो समय खेल क्षेत्रमा खस्केको उनको बुझाई छ । रुपन्देहीलाई कुनै समय खेलको उर्वर मानिएपनि पछिल्ला बर्षहरुमा ठुला प्रतियोगिताहरु आयोजना नहदा त्यो शान रुपन्देहीको अहिले गिरेको उनको भनाई छ ।
स्थानिय स्तरमा हुने भलिवल, क्रिकेट तथा फुटवलहरुले दर्शक समेत अहिले राम्ररी नपाउनुको कारण पनि ठुला धन राशिका खेलहरु बुटवलमा सञ्चालन नहुनु उनले बताए । बानिया जस्तै अर्का खेलप्रेमी प्रकाश पराजुलीले पछिल्लो समय रुपन्देहीमा ठुला राष्ट्रिय खेलहरु हुन नसक्दा खेलप्रेमी दर्शकहरुले राम्रा खेलहरु हेर्न नपाएको गुनासो गर्छन । बुटवलमा कुनै समय आयोजना हुने तिलात्तमा गौल्डकपमा देखेका राष्ट्रिय खेलाडिहरु पछिल्ला बर्षहरुमा यस क्षेत्रमा आउन सकेका छैनन । रेडबुल ए डिभिजनको फाईनल चरण बुटवलमा खेल हुदा देखिएका खेलाडिहरु अहिले यस क्ष्ँेत्रमा खेल पक्सन पाएका छैनन् ।
कतिपय खेलप्रेमीहरु बुटवलमा ठुला प्रतियोगिताहरु आयोजना नहुनुको कारण खेल मैदान नभएको समेत े बताउछन् । कुनै पनि खेलको अभ्यास (प्राटिक्स) गर्नको लागि राम्रो खेल मैदानको अभावको कारण्ँ उनीमात्र होईन उनी जस्तै खेलप्रेमीहरुले राम्रा खेलहरु हेर्न पाएका छैनन । ठुला राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्दा प्रशिक्षणका लागि खेलमैदानको आवश्यकता पर्ने भएपनि यस क्षेत्रमा खेलमैदानहरुको व्यवस्थापन हुन नसक्दा ठुला खेलहरु आयोजन गर्न नसकिएको बताइन्छ ।
बुटवलको समयले कोल्टे फेरेपनि बुटवलमा स्तरिय मैदानको अभाव अहिले पनि कायमै रहेको छ । भएका केही सिमित मैदानहरुमा पनि क्याम्पस र विद्यालयहरुले कब्जा गरेको कारण्ँ पछिल्लो पुस्ता खेलकुदका विभिन्न अभ्यासको लागि विभिन्न खेलाडीहरुले थप सास्ती व्होर्नु परेको छ ।
खासगरी रुपन्देहीमा ठोस खेलकुद मैदानको अभावको कारण्ँ अहिले पनि थुप्रै खेलाडीहरुले राम्रो प्रर्दशन गर्न नसकेको खेलाडिहरु बताउछन् । नेपाल पुलिस क्लवका भलिवल खेलाडि चन्द्र कुवरले स्थानिय स्तरमा ठुला धन राशीका खेलहरु नहुनु र खेल मैदानको अभाव हुदा ठुला प्रतियोगिताहरु यस क्षेत्रमा सञ्चालन हुन नसकेको बताउछन् । स्थानिय स्तरमा भलिवल खेल्दै आएका कुवर पछिल्लो समय नेपाल पुलिस क्वलमा आबद्ध छन् ।
राज्यले खेल क्षेत्रमा गरेको लगानी सन्तोषजनक नहुदा र जिल्लाहरुले पनि खेलकुदका क्षेत्रमा प्रयाप्त बजेट नछुटाउदा ठुला प्रतियोगिता हुन नसकेको उनको अनुमान छ । त्यस्तै अर्का नेपाल पुलिस क्लवका भलिवल खेलाडि कुल बहादुर थापाले स्थानिय स्तरमा ठुला प्रतियोगिता गर्न सकेमा मात्र स्थानिय खेलाडिहरुको पहिचान हुन सक्ने बताउछन् । अन्य क्षेत्रमा गरिने लगानी स्थानिय स्तरमा पनि खेल क्षेत्रमा गर्न सके राम्रो खेलाडिहरु उत्पादन गर्न सकिने उनले मेचीकालीलाई बताए । मैदान अभाव, प्रशिक्षकहरुको अभाव तथा आर्थिक समस्याका कारणले पनि पछिल्लो समयमा राष्ट्रिय ठुला प्रतियोगिताहरु सञ्चालन हुन नसकेको थापाले बताए ।
रुपन्देहीमा ठोस खेल मैदानको अभावका कारण वास्तविक खेलकुद Ôेत्रमा  लाग्ने खेलाडीहरुको खेल  प्रभावित  बन्दै गएकोम समेत सरोकारवाला बताउ“छन् ।
कुरा फुटवलको मात्र होईन, बुटवल र यस आस पासमा क्रिकेटको लागि समेत मैदानको अभाव रहेको छ । फाराकिलो मैदान आवश्यक पर्ने क्रिकेटका लागि बुटलमा उच्च स्तरिय मैदानहरुको अभाव छ । भएका केही समिति मैदानहरुपनि व्यवस्थापन हुन नसक्दा खेलाडिहरुले खेल प्रदर्शन गर्न पाएका छैनन । बुटवलको दिपनगरमा रहेको सिद्देश्वरी खेल मैदान, मानवज्ञान उच्चमाविको मैदान,  लुम्बिनी बाण्ँिज्य क्याम्पसको मैदान, कालिका  उच्च माविको मैदान  र बुटवल बहुमुखी क्याम्पसको मैदान बैकल्पीक खेल मैदानको रुपमा प्रयोग  हुने गरेको भएपनि स्तरिय मैदानको अभावको कारण्ँ  वास्तविक खेलाडीहरुले खेलको अभ्यास गर्न पाएका छैन्नन । अझ कुनै(कुनै मैदानहरुमा त बाहिरका खेलाडीहरु  प्रवेश समेत पाउदैन । जसले गर्दा खेलाडिहरुको मनोबल घट्ने देखिएको छ ।
जिल्ला भलिवल संघका अध्यक्ष विष्णु श्रेष्ठले यस क्षेत्रमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि बजेट नै प्रमुख समस्या भएको बताउछन् । खेलकुदका लागि बजेट अभाव हुदा स्थानिय क्लवलहरुले ठुला धनराशीका खेलहरु सञ्चालन गर्न नसक्ने गर्दा राष्ट्रिय प्रतियोगिताहरु यस क्षेत्रमा हुन नसकेको उनले बताए ।
उता, बुटवलमा हालै गठन गरिएको बुटवल क्रिकेट विकास समितिका सचिव दिपक भुर्तेलले बुटवलमा खेलकुदका लागि स्तरिय मैदान अभाव भएका कारण ठुला प्रतियोगिताहरु हुन नसकेको बताउछन् । बुटवलमा अन्य स(साना खेल मैदानहरु भएको भएपनि क्रिकेट, भलिवल खेलको लागि भने कुनैपनि स्तरिय खेल मैदान नभएकोमा खेलाडीहरुले  खेलको लागि अभ्यास गर्न नपाएको समेत बताए ।
पहाडी Ôेत्रमा खेलकुद गतिविधि सञ्चालन गर्न ग्राहो हुने गरेको भएपनि तराई क्षेत्रमा खेल मैदान अभाव हुनु नितान्तै दुखको कुरा भएको उनले बताए । मैदानको अभावमा पहाडी जिल्लाहरुका खेलाडीले पर्याप्त अभ्यास गर्न समेत नपाएपनि तराईमा भने सोही समस्या हुनु लागमर्दो भएको छ । करोडौको लागनी हुन लागेको सिद्धार्थ रंगशाला क्रिकेट खेलका लागि मात्र भएकाले त्यस्तै रंगशाला फुटवलका लागि पनि हुनुपर्ने यस क्षेत्रका स्थानियहरु बताउछन् ।
ठुला राष्ट्रिय प्रतियोगिता आयोजना जिल्लाले तदरुपता नदेखाएका कारणले पनि मोफसलमा ठुला खेलहरु सञ्चालन हुन नसकेको भलिवल संघका केन्द्रीय उपाध्यक्ष यम गुरुङ बताउछन् । साना क्लवहरुले स्थानिय स्तरमा आर्थिक चन्दा मागेर साना प्रतियोगिता गर्नुनै मोफसलको ठुलो उपलब्धी भएको उनको भनाई छ । सानो पु“जीमा रहेका क्लवहरुले ठुलो आर्थिक भार खेप्न नसक्दा पनि त्यस्ता खेलहरु सञ्चालन गर्न आयोजकहरु डराउने उनको भनाई छ ।
((((((((((((((
बजेट छ, खेल छैन
स्थानिय स्तरमा जति प्रतियोगिताहरु हुने गरेका छन् त्यी निकै साना धनराशीका  खेलहरु भएका छन् । राष्ट्रिय टिमहरुको सहभागि त्यस्तोमा निकै कमी हुने गर्दछ किनकी त्यी खेलबाट विजयीले राम्रो धनराशी पाउदैन र खेलमा सहभागि जनाउन त्यस्ता टिमहरु आउदैन ।
त्यसैले पनि मोफसलमा ठुलो धनराशीको खेल हुन छाडिसक्यो । जिल्ला खेलकुद विकास समितिले सिमित र पहुचवालाई केही खेलकुद सामग्री प्रदान गरे पनि त्यो भन्दा ठुलो काम अरु केही गरेको छैन । किनकी यस क्ष्ँेत्रमा त्यस्ता स्तरिय खेलहरु भएका छैनन् । नगरपालिकाले घोषणा गर्ने बजेटमा पनि केही खेलकुदका शिर्षकहरुमा बजेट छुट्टीएपनि त्यो कहा जान्छ भन्ने कसैलाई थाहा छैन् । प्रत्येक बर्ष विभिन्न खेलका नाममा छुटाइएको बजेट कुन शिर्षकमा कहा गएको छ भन्ने कसैलाई पनि जानकारी छैन न त त्यो नाममा खेलकुद नै आयोजना भएका छन् ।
बुटवल नगरपालिकाको सन्दर्भमा पनि यो कुरा लागु भएको छ । नगरपालिकाले बर्षेनी विभिन्न खेलकुदका नाममा बजेट छुटाएको भएपनि खेलहरु भने हुन सकेका छैनन् । खेलहरु सञ्चालन गर्नका लागि नगरपालिकाले रकम छुटाएपनि खेलकुद मैदान तथा व्यवस्थापनमा बजेट समेटिएको छैन । त्यसैले पनि प्रतियोगिताहरु सञ्चालन हुन नसकेको खेलप्रेमीहरु बताउछन् ।
बुटवल नगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष  ०६९÷७० को बजेटमा खेलकुदका लागि बजेट छुटाइएको भएपनि खेलहरु भने हुन सकेनन । नगरपालिकाले सार्वजनिक गरेको बजेट पुस्तिकाको अनुसुची २ अन्तर्गत प्रर्बनात्मक कार्यक्रमहरु तर्फ खेलकुद, विकास, शारिरीक, मानसिक तन्दुरुस्तका क्रियाकलाप कार्यक्रमहरुमा विभिन्न खेलका नाममा रकम छुटिएको देखिन्छ । मनमोहन स्मृति फुटवल प्रतियोगिताका लागि ७५ हजार, तिलोत्तमा गोल्डकप का लागि  ५ लाख, उजिरसिंह रनिङ क्रिकेट प्रतियोगिताका लागि २५ हजार, नगरपालिका स्थापना दिवसमा विभिन्न कार्यक्रमका लागि ७५ हजार, बुटवल श्री कार्यक्रमका लागि  २० हजार, सयपत्री गोल्डकपका लागि २० हजार रकम विनियोजित भएको देखिन्छ । त्यस्तै नगरपालिकाले कर्मचारी एशोसिएसनबाट सञ्चालन हुने रचनात्मक कार्यक्रमका लागि १ लाख, क्वल तथा वडा स्तरिय विविध अतिरिक्त क्रियाकलाप (१,२,३,४) वडा का लागि ९५ हजार, राष्ट्रपति कप भलिवल प्रतियोगिताका लागि २५ हजार, जि.पी कोइराला महिला भलिवल प्रतियोगिताका लागि ७५ हजार नवदिलिप कवर्डहल पुर्वधार विकासका लागि सहयोग स्वरुप वडा नं. १३ लाई ३० हजार रकम बजेट विनियोजित गत बर्ष गरेको थियो । यति धेरै रकम विनियोजित भएपनि साना खेलकुदहरु सुरु भएपनि ठुला प्रतियोगिताहरु भने भएका छैनन । यस क्षेत्रको गौरवको रुपमा रहेको तिलोत्तमा गोल्डकप, मनमोहन स्मृती फुटवल प्रतियोगिता जस्ता खेलहरु भएका छैनन् तर पनि बजेट भने बर्षेनी छुटाइएको छ ।
त्यस्तै नगरपालिकाले अहिले सार्वजनिक गरेको बजेटमा पनि विभिन्न खेलकुदका शिर्षकहरुमा बजेट छुटाएको छ ।  नगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष ०७१÷७२ मा मनमोहन स्मृति फुटवल प्रतियोगिताका ७५ हजार, तिलोत्तमा गोल्डकपका लागि ६ लाख, उजिरसिंह रनिङ क्रिकेट प्रतियोगिताका लागि २५ हजार, नगरपालिका स्थापना दिवसमा खेलकुद कार्यक्रमका लागि १ लाख, बुटवल श्री कार्यक्रमका लागि ५० हजार, कर्मचारी एसोसिएसनबाट सञ्चालन हुने रचनात्मक कार्यक्रमका लागि २ लाख, राष्ट्रपति कप भलिवल प्रतियोगिताका लागि २५ हजार र विविध खेलकुद कार्यक्रमका लागि नगरपालिकाले यस पटक १ लाख बजेट विनियोजित गरेको छ । बर्षेनी कुनै खेल शिर्षकमा रकम बढि गराएपनि त्यस्ता खेलहरु भने अहिले सञ्चालन हुन छाडेका छन् । गत आव मा भन्दा अहिले तिलोत्तमा गोल्डकपका लागि नगरपालिकाले १ लाख बढि बजेट विनियोजित गरेको छ । यो आ.व. मा छुटाइएको रकम मध्ये कति खेलकुदमा खर्च हुने हो त्यो भने हेर्न बा“की छ ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.