नेपालमै पहिलो पशु खोप मूक्त गाविस घोषणा
विकाश पराजुली
बुटवल, फागुन ९ ।
खोप लगाउने उमेरका सबै बालबालिकाहरुलाई खोप लगाएपछि पूर्ण खोप गाविस घोषणा गर्ने लहर अहिले मुलुकभर चलिरहेको छ । तर खोप मानिसमा मात्र होइन सम्पूर्ण पशुहरुमा लगाएर रुपन्देहीको एउटा गाविस मुलुककै पहिलो पूर्ण पशु खोप मुक्त गाविस घोषणा भएको छ ।
पश्चिम अमवा गाविसका सवै पशुहरुलाई खोप लगाउने काम पुरा भएपछि अहिले यो गाविस पूर्ण पशु खोप मुक्त गाविस घोषणा भएको हो । पश्चिम अमुवा गाविस, पारभेटका स्टाफ (भेटेनरी पढेका तर जागिर नगरेका) र जिल्ला पशु सेवा कार्यालयका कर्मचारीहरुको प्रयासमा यो गाविस मुलुककै पहिलो पूर्ण पशु खोप मुक्त गाविस घोषणा गरिएको हो ।
गाविसमा रहेका रा“गा, पाडा, भैसी, गाई, बंगुर र बाख्राहरुलाई जिल्ला पशु सेवा कार्यालय रुपन्देहीको ९ वटा टोलीले विभिन्न खोपहरु दिएपछि गाविसलाई पूर्ण पशु खोप मुक्त गाविस घोषणा गरिएको जिल्ला पशु कार्यालय रुपन्देहीका प्रमुख डा. लक्ष्मण ढकालले जानकारी दिए ।
गाविसमा रहेका करिव ६ हजार पशुहरुलाई विभिन्न खोपहरु दिइएको छ । विशेषगरी गाविसमा खोरेत र भ्यागुते रोग बढी भएका पशुहरु रहेकाले विभिन्न खोपहरु दिईएको बताइएको छ ।
खोरेत रोगको भ्याक्सीन लगाएपछि त्यसको १५ दिनपछि पुनः अर्को रोगका विरुद्ध लड्ने क्षमता भएको भ्याक्सीन पशुहरुमा लगाइएको थियो । भ्यागुते र चरचरे रोग भएका पशुहरुलाई एच.एस. वि.क्यू. नामको भ्याक्सीन लगाइएको थियो । त्यस्तै बाख्राहरुमा भने पि.पि. आर. भ्याक्सीन लगाइएको बताइएको छ । त्यस्तै बंगुरका लागि स्वनफिगर भ्याक्सीन लगाइएको थियो । गाउ“ विकास समिति पश्चिम अमवाको १ लाख ३० हजार र जिल्ला पशु सेवा कार्यालय रुपन्देहीको १ लाख ५० हजारको खर्चमा गाविसलाई पूर्ण पशु खोप मुक्त गाविस घोषणा गर्न सकिएको ढकालले जानकारी दिए ।
जिल्ला पशु कार्यालय पूर्ण पशु खोप मुक्त गाविस घोषणाको अभियानमा लागेकाले पहिलो चरणमा यो गाविसलाई पूर्ण खोप मुक्त गाविस घोषणा गरिएको कार्यालयले जनाएको छ । ‘सबैको सहयोगले आज यो सम्भव भएको हो ।’ ढकालले भने, ‘अब हामी अन्य गाविसहरुमा पनि यो पहल कदमी चाल्ने छौ ।’ उनले पश्चिम अमवाले जस्तै अन्य गाविसहरुले पनि केही बजेट छुट्याएर यो अभियानमा लाग्न समेत आग्रह गरे ।
जिल्ला पशु सेवा कार्यालयमा पूर्ण पशु खोप मुक्त गाविस घोषणाका लागि कुनै पनि बजेट नभएको भएपनि स्थानिय गाविस र कार्यालयले विभिन्न भ्याक्सीनहरुको सहयोगमा अन्य गाविसहरुमा पनि यो पहल कदमी चालिने उनले बताए । पश्चिम अमवाका कृषक अर्जुन रानाले पशुहरुमा विभिन्न खोपहरु लगाएपछि आफूहरुलाई निकै नै राहत भएको बताए । उनले पशुहरुमा रोग लाग्दा भैसीहरुले कम दुध दिने तथा वस्तुहरु मर्ने समेत समस्या भएकाले यो अभियानले यस्तो कार्य रोकिन सक्ने बताए ।
मानिसहरुमा खोप लगाउने गरेपनि पशुहरुमा विरामी हु“दा मात्र खोप लगाउने गरिन्छ । तर यो गाविसमा रहेका सम्पूर्ण पशुचौपायाहरुलाई खोप दिदा पशुहरुमा कुनै पनि प्रकारका रोगहरु नलाग्ने उनले बताए । ‘४ वटा गाई र २ वटा भैसी पालेको छु खोपहरु लगाएपछि ढुक्क छु अब पशुहरु केही हुनेछैनन, हर्षित ह“ुदै रानाले भने– ‘अब दैनिक गुजारा चलाउन समेत सजिलो हुने भयो ।’ उनले यस अघि १ भैसी खोरेत लागेर मरेको भन्दै अब खोप लगाएपछि त्यस्तो समस्या नआउनेमा आफू विश्वस्त रहेको बताए ।
0 comments