नियन्त्रण हुन सकेन लागुऔषध कारोवार
विकाश पराजुली
बुटवल, फागुन ३ ।
बुटवल, फागुन ३ ।
रुपन्देहीमा पछिल्लो समय लागुऔषध कारोवार बढ्दै गएको छ । प्रहरीले लागुपदार्थ ओसारपोसार तथा कारोवारमा कमी ल्याउनका लागि दस्ता नै खडा गरी नियन्त्रणको प्रयास गरे पनि कारोवार तथा ओसारपोसारमा कमी आउन सकेको छैन ।
कतिपयले रुपन्देही जिल्ला पछिल्लो समय लागुपदार्थ ओसारपोसारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको बताउ“छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागुपदार्थ ओसारपसार तथा कारोवार गर्ने विरुद्ध विशेष प्रहरी अभियान चलाए पनि कारोवारमा कमी आएको छैन । आर्थिक बर्ष ०६९÷०७० मा भएको कारोवार मध्ये चालु महिनाको ६ महिनामा मात्र करिब ७० प्रतिशत भन्दा बढी भएको तथ्यांकले देखाएको छ । सीमा नाका बेलहियाबाट लागुपदार्थको व्यापार बढी हुने हुदा कारोवारमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले समेत स्वीकार गरेको छ ।
गत आर्थिक वर्षमा बरामद गरेका लागु औषधहरु लुफिन, नाइट्राभेट, चालु आवको ६ महिनामै औषत बराबरी बरामद भएको छ । अन्य लागु औषधहरु चालु आर्थिक वर्षको अन्तिमसम्म बढ्ने संकेत समेत देखिएको छ । गत आ.व.मा बरामद भएको ३ हजार ८ सय ५० एमएल लुफिन, चालु आ.व. को ६ महिनामै ५ हजार ६ सय ७६ एमएल, नाइट्राभेट गत आ.व.मा ८ सय ४३ ट्याब्लेट बरामद भएकोमा चालु आवमा ८ सय ९ ट्याब्लेट बरामद भएकाले पनि कारोवार बढ्दो रुपमा रहेको छ ।
वितेका दुई बर्षको तथ्यांक हेर्ने हो भने पनि कारोवार प्रतिदिन बढ्दै गएको देखाएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डिएसपी दिपक न्यौपानेले पछिल्लो समय लागुपदार्थ ओसारपोसार तथा कारोवार बढ्दै गएको स्वीकार गरे । पहिले कारोवार भएको र पक्राउ एवं बरामद नभएको तर अहिले पक्राउ तथा बरामद ह“ुदा कारोवारमा बृद्धि देखिएको उनको भनाइ छ । रुपन्देही जिल्लालाई प्रयोग गर्दै कारोवारीहरुले लागुऔषध गुल्मी, अर्घाखा“ची, पाल्पा, स्याङजा, पोखरा, पर्वत, प्युठान लगायतका जिल्लाहरुमा लाने गरेको देखिएको उनले बताए । लागु औषधको व्यापार सुनौली आसपासका भित्री बजारहरुबाट हुने हु“दा विशेषगरी कारोवारीहरुले बेलहिया नाकाको प्रयोग गर्ने गरेको अनुसन्धानबाट देखिएको डिएसपी न्यौपानेले जानकारी दिए ।
लागुपदार्थ ओसारपोसार एवं कारोवार नियन्त्रणका लागि प्रहरीले लागुऔषध, धुम्रपान दस्ता नै खडा गरी नियन्त्रणको प्रयास गरेको छ । सो दस्ताले लुकिछिपी लागुऔषध कारोवार एवं सेवन कर्ताहरुलाई निगरानी राख्ने उनले बताए । प्रहरीले यसरी बरामद गरेको लागुऔषधमा बढी मात्रामा विपन्न परिबारका युवाहरुलाई पैसाको आश्वासनमा भरियाको रुपमा प्रयोग गर्ने गरिएको पाइएको उनको भनाइ छ ।
रुपन्देही जिल्लामा बढी मात्रामा ब्राउन सुगर, फेमारगन, नाईट्रोजन, नोफिन, डाइजेपम, स्पासमोन लुसिजेसिक, स्मासमो, सिरिन्ज जस्ता लागुपदार्थ कारोवार तथा ओसारपसार हुने गरेको छ ।
प्रहरीले आर्थिक बर्ष ०६९÷०७० मा डाइजेपम ६ हजार ९ सय १ एमएल बरामद गरेकोमो चालु आ.व.को ६ महिनामा ६ हजार ६४ एमएल बरामद भइसकेको छ । त्यस्तै फेनारगन गत आवमा ६ हजार २ सय ९१ एमएल बरामद भएकोमा ६ महिनामा ५ हजार ८ सय ३८ एमएल बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
समग्रमा लागुऔषध कारोवार गत आ.व.को तुलनामा चालु आ.व.मा ७० प्रतिशत भन्दा बढी रहेको छ । आर्थिक बर्ष ०६८÷०६९ मा स्मासमो लागुऔषध ५ हजार ७ सय ४१ ट्याब्लेट बरामद भएकोमा आव ०६९÷७० मा ९ हजार १ सय २ र चालु आवमा १ हजार ७३ ट्याब्लेट बरामद भएको छ । प्रहरीले आर्थिक बर्ष ०६८÷०६९ मा डाइजेपाम ४ हजार २ सय २० एमएल, फेनारगान ४ हजार ७० एमएल, लुफिजेसिक ७ सय ४४ एमएल, नाइट्रोसन ६ सय ६५ ट्याप्लेट, सिरिन्ज १ थान, चरेश १६ केजी, ब्राउनसुगर १ सय ८३ ग्राम, फेन्सिडिल ३ लिटर १ सय मिलिलिटर, प्रोसेपन १ सय ५६ टयब्लेट बरामद गरेको थियो । त्यस्तै आ.व.०६९÷७० डाइजेपम ६ हजार ९ सय १, फेनारगन ६ हजार २ सय ९१, लुफिन ३ हजार ८ सय ५०, लुफिजेसिक २ हजार ५ सय ९१ (सवै एमएलमा), नाइट्राभेट ८ सय ४३ ट्याब्लेट, नाइट्रोसन ३ हजार ५ सय ४०, स्मासमो ९ हहजार १ सय २ ट्याब्लेट बरामद गरेको छ ।
त्यसैगरी सिरिन्ज ७ थान, चरेस ६५ केजी, रेक्सकप १६ सय एमएल, गा“जा ४ केजी, कोरक २ हजार ८ सय ५० एमएल, ह्वाइटसुगर ३ हजार ७ सय ५० मिलिग्राम र ब्राउन सुगर २ लाख १९ हजार ७ सय ६३ मिलिग्राम बरामद गरिएको डिएसपी न्यौपानेले जानकारी दिए । यसरी पनि प्रत्येक बर्ष लागुपदार्थ ओसारपसार तथा कारोवार बढ्दै गएको देखाएको छ । प्रहरीले लागुपदार्थ ओसारपोसार तथा कारोवार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको समेत बताएको छ ।
प्रहरीले चालु आवमा डाइजेपाम ६ हजार ६४, फेनारगन ५ हजार ३८, लुफिन ५ हजार ६ सय ७६, लुफिजेसिक १ हजार ६ सय २२ एमएल बरामद गरेको छ । यसैगरी नाइटा«भेट ६ सय ६४ ट्याब्लेट, नाइट्रोसन ८ सय १ ट्याब्लेट, स्मासमो १ हजार ७३, चरेश ६ सय २० ग्राम बरामद गरिएको बताइएको छ ।

0 comments