घर झगडाले पनि सडकमा आउँछन् बालबालिका


विकाश पराजुली
बुटवल÷ दाङका १३ बर्षीय रमेश नेपाल सडकमा आइपुग्नुको एउटै कारण हो– सौतेनी आमाको कुटाइ । उनी बुटवलमा आएको ५ बर्ष भइसक्यो । सडकमा डुल्ने र कवाड संकलन गर्ने उनको अहिले दैनिकी बनेको छ । हातमा कापि किताव लिएर स्कुल जाने समयमा अहिले रमेश बुटवलका गल्ली–गुल्लीमा बोराको सहाराले दैनिक छाक टार्नका लागि भौतारिदै हिंड्छन् । जाडो समय होस् या गर्मी, उनले केही प्रवाह नगरी पेट पाल्नकै लागि कवाड संकलनमा खटिरहन्छन् । जाडो समयमा एकसरो कपडा लगाएर बस्नुको पीडा कम पीडादायक छैन । सडक पेटिमा रात गुजार्ने र दिउसोको समयमा सडकमा डुल्ने उनी न त घर जान मन गर्दछन् न त पढ्न नै । सात वर्Èअघि जतिबेला उनी सात वर्Èका थिए, काम नगरेको भन्दै सौतेनी आमाले कुटिन् । यसरी नै उनले काम नगरेको बहानामा पटकपटक पिटाई खान्थे । सौतेनी आमाको कुटाई सहन नसकेपछि उनी घर छाड्ने निर्णय गरे । काठमाडांै जान भनि हिंडेका उनलाई गाडीले भने बुटवलमा नै छाडेर गयो । काठमाडौं जान भनि हिडेका उनी अन्ततः बुटवलमा नै सडक जीवन विताइरहेका छन् ।
साथी भाईहरु सं“गको संगतले उनलाई अहिले राम्रो भाषा, राम्रा कुराहरु भन्दा बढी नराम्रो बोली र नराम्रो व्यवहारले जितेको छ । दिउ“सको समयमा कहिं कतैबाट कवाड उठाएर त्यही बेची पेट भर्ने भनेपनि उनले जनतन पैसा हात प¥यो भने उनले गमनै सुरुमा किन्ने गर्दछन् । गम सुंघ्दा शरीरलाई आराम हुने र भोक पनि नलाग्ने हु“दा गम किन्ने उनी बताउ“छन् । बुटवलमा आएपछि केही समय गोलपार्क क्ष्ँेत्रमा सडकमा दिन बिताए“ । सौतेनी आमा र आफ्नै बुवाले दिएको यातानाका कारण घर छाडेको र अहिले आमा बुवाको माया नलाग्ने गरेको उनी बताउ“छन् ।
त्यस्तै अर्का सडक बालक हुन् विर बहादुर दरई । विहानैको झिसमिसेमा नै उठेर साथमा रहेको बोरालाई स“ंगै लिएर बुटवलका विभिन्न ठाउ“हरुमा घुम्ने उनको अहिले दैनिकी बनेको छ ।
रुपन्देहीकै खैरेनी घर भएका दरई बुटवलमा कवाड संकलन गर्न लागेको अहिले ३ बर्ष भइसक्यो । पढ्ने समयमा घरबाट निस्केका उनी सडकमा आउनुको कारण आमा अर्कैसं“ग विहे गरेपछि सडकमा आएका हुन् । बुवाले पारी बुटवलमा रहेको एक रिक्सा कम्पनीको रिक्सा चलाउने बताउने दरई बुवाले पनि आफुलाई हेला गरेपछि सडकमा नै कवाड बटुल्ने गरेको बताए । सानैदेखि पढ्ने इच्छा भएको बताउने दरई अहिले बुटवलमा नै कवाड संकलन गर्ने गर्दछन् । बुवाले रिक्सा चलाएपनि सवै पैसा रक्सी खाएर सिद्धाउने गरेको उनको भनाइ छ । ‘बुवाले खान बस्न केही दिंदैनन् त्यसैले घर छाडेको हु“, दरईले मेचीकालीलाई भने ।’ दैनिक कवाड संकलन गरेर करिब १ सय जति आम्दानी गर्ने उनी बताउ“छन् । आफु भन्दा ठुला सडक बालबालिकाहरुले आफ्नो पैसा खोसेर लैजाने र किनेको खानेकुरा पनि जवर्जस्ती लैदिने गरेको दरईले बताए ।  प्रतिनिधि मात्र नेपाल र दराई जस्तै रुपन्देहीमा अहिले सडक बालबालिकाहरुको संख्या बढ्दै गएको छ । रुपन्देही जिल्लामा यति नै सडक बालबालिकाहरु भएको भन्ने पुर्ण तथ्यांक नभएपनि करिब १ सय ५० बालबालिकाहरु रहेको बताइन्छ । ति मध्ये १ सय १५ जना मात्र बालकहरु रहेका छन् । बुटवल नगरपालिकाले सार्वजनिक गरेको तथ्यांक हेर्नेहो भने बुटवल नगरपालिकामा मात्रै करिब ८० भन्दा बढी बालबालिकाहरु सडकमा रहेको देखाउ“छ ।
यसरी सडकमा आउने अधिकांश बालबालिकाहरु सौतेनी आमाको कुटाई सहन नसकेपछि घर छाड्न बाध्य हुने गरेको सरोकारवाला निकायहरु बताउ“छन् ।  सौतेनी आमाले आफ्ना् साना छोराछोरी राम्रोस“ग नहेरेको भन्दै कुट्ने गरेको कारणले बालबालिकाहरुमा घर नै छाडेर हिंड्ने मनसाय हुने गरेको महिलाअधिकारकर्मी रिमा वि.सी. ले बताइन् । आमाबाबुको दिनरातको झगडा सौतेनी आमाको बचन पनि बालबालिकाहरु सडकमा आउनुको अर्को मुख्य कारण भएको उनको भनाइ छ ।
धेरै बालबालिकाले पारिवारिक झगडा तथा असुरÔाका कारण्ँ घर छोड्ने गरेको बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुले बताउ“दै आएका छन् । घरमा हुने विभिन्न संकटकै कारण्ँ बालबालिकाले घर छाड्ने गरेको महिला तथा बालबालिकाको कार्यालय भैरहवाकी प्रमुख उषा रावलले बताइन् ।
आमा र बाबुले अर्को बिहे गर्ने, वैदेशिक रोजगारीमा गएर बाबु आमा अलपत्र परेका, रक्सी खाएर घरमा हुने कुटपिट, सौतेनी आमा र सौतेनी बाबुले दिनेयातना जस्ता कारण्ँले उनीहरुले घर छोड्ने बालबालिकाहरुको संख्या यस जिल्लामा पनि बढिरहेको उनी बताउ“छिन् । त्यस्तै कतिपय चरम् गरिवीको कारण्ँ पनि घर छाड्ने गरेका छन् । सौतेनी आमा, सौतेनी बाबुले दिने यातना, बाबु या आमा मध्ये एकजना विदेश जानु, यता बाबु या आमाले अर्को बिहे गर्नु जस्ता कारण्ँले बालबालिका घरबाट विस्थापित हुने गरेका छन् । आमा बिदेश गएको हुन्छ, यता बाबुले अर्को बिहे गरिदिन्छन् यस्तो अवस्थामा घर छोड्छन् रावलले भनिन् । त्यस्तै कतिपय बालबालिकाहरु साथीभाईको लहैलहैमा लागेर, घरमा गृहकार्य गर्न सहयोग गरिदिने वातावरण्ँ नहु“दा, सानो बदमासीमा पाउने सजाय“ जस्ता कारण्ँले घर छोड्ने गरेको बताइन्छ । सडकमा जीवन बिताइरहेका बालबालिकाहरुलाई रोक्नका लागि निकै गा¥हो भएपनि कम गर्न भने सकिने सरोकारवाला निकायको भनाइ छ । जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने कयौं सरकारी तथा गैरसरकारी संस्थाहरु भएपनि सडक बालबालिकाहरुको अवस्था र यिनको प्रकृति बारे अहिलेसम्म कुनै पुर्ण तथ्यांक जिल्लामा रहेको छैन । बालबालिकाहरुका लागि भन्दै आएको पैसा साधारण औपचारिक कार्यक्रमहरु गरी सक्ने तर, बालबालिकाको अवस्थामा भने कुनै पनि सुधार नआउने गरेको स्थानीयहरु बताउ“छन् । जाडोको समयमा कुनै पनि संस्थाले औपचारिकताका लागि न्यानो कपडा वितरण गर्ने गरेपनि त्यो पर्याप्त नभएको स्थानीय सुशील अर्याल बताउ“छन् ।
कपडा वितरण आफैमा राम्रो भएपनि बालबालिकाहरु सडकमा आउनुको कारण खोजि त्यसको समधानका लागि पनि जिम्मेवार निकायले महत्वपुर्ण रुपमा भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.