मेलामा फोटो प्रदर्शनी हेर्नेको भीड


केराका परिकारले दर्शक लोभ्याउदै

विकाश पराजुली
बुटवल, पुस २० ।
बुटवलमा चलिरहेको मेलामा सुन्दर पश्चिमाञ्चल फोटो प्रदर्शनी हेर्ने र केराका परिकार खानेहरुको भीड दिनप्रतिदिन बढ्दै गइरहेको छ । हिमाली क्षेत्र मुस्ताङदेखि नेपालका विभिन्न पर्यटकीय एवं धार्मिक स्थलहरुका तस्वीरहरुले यतिबेला मेलामा सवैको ध्यान खिचेको छ । ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि तस्वीरबाट चिनारी गराउने उद्देश्यले पत्रकार टेकनारायण भट्टराईले बुटवलको मेलामा फोटोहरु हेर्ने व्यवस्था गरेका हुन् । लुम्बिनी अञ्चलका विभिन्न पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका स्थानहरु र अन्य जिल्लाहरुका पर्यटकीय गन्तव्यहरुको तस्वीरहरुलाई मेलामा राखेकाले पनि दर्शकको भीड बढेको पत्रकार भट्टराईले बताए । ‘तस्वीर आफै बोल्छ, भनेझैं तस्वीरबाटै पर्यटकीय क्षेत्रमा गएजस्तै लाग्यो सुझाव पुस्तिकामा बुटवल १२ का विराज बानियाले लेख्दै भने–एक पटक यी ठाउ“हरु त देख्ने मन छ । प्रतिव्यक्ति रु १० को टिकट काटी मेलामा राखिएको फोटो पदर्शनी हेर्ने व्यवस्था मिलाइएको छ । यसैगरी दर्शकलाई फोटोहरु राम्रो लागेमा विक्री वितरण समेत गरिएको बताइएको छ । फोटो हेरिकन ५ सय देखि १ हजार रुपैया सम्ममा फोटोहरु विक्री भएको भट्टराईले बताए । पत्रकार भट्टराई नागरिक दैनिकका लागि पाल्पाबाट सम्बाददाताको रुपमा कार्य गर्दै आइरहेका छन् ।
यसैगरी पाकेको केराको स्वाद लिएका प्रायः दर्शकहरुले काचो केराबाट बनेको परिकारहरु मःम, चिप्स र अचार लगायतका परिकारहरु खानेको भीड पनि मेलामा बढेको हो । बुटवल उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य महासंघले आयोजना गरेको १४ औं औद्योगिक व्यापार तथा कृषि मेला एवं नेपाल व्यापार तथा पर्यटन मेला– २०७० पश्चिमाञ्चलमा चितवनबाट आएका किसानले राखेको स्टलमा केराको मःम सहितका परिकार खानेहरुको भीड बढेको आयोजकको जानकारी दिएको छ ।
 स्थानिय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ चितवन केरा व्यवसायी समितिको तर्फबाट प्रतिनिधित्व गर्दै आएका विष्णु भट्टराई, सरद घिमिरे र किशोर तिवारीले मेलामा केराका परिकारहरुको स्टल राखेका हुन् । केराबाट बनेको परिकारहरुमा कुनै प्रकारको विषादी नभएको तथा स्वास्थ्यका लागि पनि राम्रो हुने हुदा केराका परिकारहरुको स्वाद लिने दर्शकहरुको संख्या बढेको चितवन केरा व्यवसायी समितिका सदस्य विष्णु भट्टराईले बताए । चितवन केरा व्यावसायी समितिमा समेत आबद्ध भएका उनले स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न आफुहरुले उत्पादन गरेको केराको मःम, चिप्स, अचारलगायतका परिकार विक्री गर्न मेलामा आएको बताए । हामी हरेक बर्ष मेलामा केराका परिकारहरु विक्री गर्छौं, बर्षै पिच्छे दर्शकको आकर्षण बढेको छ, उनले भने । मेलामा केराको परिकारको स्वाद लिदै गरेका बुटवल गोलपार्कका अर्जुन भुषालले केराको मःम बन्छ भन्ने थाहा भएपनि पहिलो पटक यसको स्वाद लिएको बताए ।
‘केराबाट पनि यति धेरै परिकार बन्छ भन्ने सुन्दा अचम्म लाग्यो, उनले भने आज केराका परिकारहरु खाएरै विचार गरियो ।’ अहिले चितवन जिल्लामा व्यवसायिक रुपमा नै केरा खेती गरिन थालेको छ । काचो केराको परिकार खानेको माग वढेपछि चितवनमा केरा खेतीतर्फ किसान उत्साहित भएका छन् उनले भने अहिले चितवनको एक हजार हेक्टर क्षेत्रफलमा केरा खेती हुदै आएको छ ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.