मेलामा अर्गानिक खुदो र ज्युदो माछातर्फ उपभोक्ता आकर्षित
- बुटवलमा चलिरहेको मेलामा उखु पेल्दैगरेको दृश्य
विकाश पराजुली
बुटवल, पुस १८ ।
काटेर बारीमा राखिए जस्तै धेरै उखु, एक हल गोरु, गोरु सं“गै एकजना व्यक्ति त्यसैका अघि पछि ह...ह... गर्दै हिडेका छन् । गोरुले उखु पेल्ने कोललाई घुमाएको छ, अर्को व्यक्ति उखु घानमा राखेर रस निकालिएको छ, स“गै रहेको चुलोमा रस पकाई खुदो बनाइएको छ । सुन्दा काल्पनिक जस्तो लाग्ने यस्तो गतिविधि तपाईले बुटवलमा चलिरहेको बुटवल उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य महासंघ काठमाडौंले आयोजना गरेको १४ औं औद्योगिक व्यापार तथा कृषि मेला एवं नेपाल व्यापार तथा पर्यटन मेला २०७० पश्चिमाञ्चल मेलामा राखिएको अर्गानिक खुदोमा उत्पादन हुने स्टलमा देख्न सक्नुहुनेछ । मेलाको सां“स्कृतिक मञ्चको अगाडि रहेको यो स्टलमा तातो खुदो खाने र किन्नेहरुको भीड देखिन्छ ।
मेलामा अर्गानिक खुदो गुल्मीको थोर्गाबाट आएका शिवलाल गौतम र सनत गौतमले उत्पादन गरेका हुन् । कृषकहरुबाट ५० प्रतिशत र आफ्नो ५० प्रतिशत उखु ल्याई व्यवसायीद्वय गौतमले मेलामा खुदो उत्पादन गरी विक्री वितरण गरेका हुन् । गुल्मीको थोर्गा, दिगाम, धरमपानी गाविसमा उखु उत्पादन भैरहेको छ । ‘तातो खुदो खाने उपभोक्ताको आकर्षण बढेको छ, उनले भने गु“ड र पहाडीया कोदोको पिठो एवं फापरको पिठोको व्यापार पनि राम्रो छ । ‘कृषिलाई बजारीकरण गर्ने उद्देश्यले मेलामा बर्षेनी स्टल राखेका छौं, खर्चको तुलनामा आम्दानी ठिकै छ सनतले भने ।’ तातो खुदो सर्दीका लागि उपयोगी हुने हु“दा पनि खुदोको व्यापार राम्रो भएको उनको भनाइ छ । अहिले अर्गानिक खुदोमा दैनिक २० देखि ३० हजार आम्दानी हुने गरेको समेत सनतले बताए । प्रत्येक बर्ष मेलामा आउ“दा दर्शकहरुले राम्रो प्रतिक्रिया दिएको सञ्चालकको भनाइ छ ।
यसैगरी मेलामा राखिएको ज्यु“दो माछामा पनि उपभोक्ताहरुको आकर्षण बढेको छ । मेला स्थलमा नै पोखरीमा माछा उपलब्ध भएपछि ज्यु“दो माछा किन्ने र तातै खानेहरुको भीड, ज्यु“दो माछा पसलमा पनि बढेको व्यवसायीले बताएका छन् । माछा उत्पादनमा नेपालकै नमूना मानिएको छपियाको माछा फिस टे«ड सेन्टरद्वारा सञ्चालित जिउ“दो माछा तथा मासु पसलले मेलामा माछाको विक्री तथा स्वाद दिने व्यवस्था मिलाएका हुन् । पसलका सञ्चालक प्रकाश अर्यालले मेला स्थलमै माछा पोखरी निर्माण गरी ४ प्रजातिका माछा विक्री गरिरहेका छन् । उपभोक्ताहरुले ज्यु“दो माछा सा¥है मन पराएका छन् उनले भने फ्राई गरेकोे माछा त अझ झनै विक्री भएको छ । उनले मेला स्थलमा कमन, सिलभर, विग्रेट, मङगुर नामक प्रजातिका माछाहरु विक्री गरेको बताए । ‘नेपालमा माछा खानेहरुको संख्या बढी पाएका छौं, अर्यालले भने स्वच्छ माछा उपलब्ध हुने हु“दा उपभोक्तँहरुको आकर्षण बढेको छ । मेलामा ज्यु“दो माछासं“गै माछाको सुप, फ्राई माछा, ग्रेभी गराई विक्री समेत गरिएको छ । माछाको व्यापार जाडो बढेकाले पनि बृद्धि भएको उनको भनाइ छ । मेलामा सिलभर र विग्र्ट प्रति के.जी २ सय ८० तथा कमन र मङगुर प्रतिकेजी ३ सय ४० रुपैया“मा विक्री भइरहेको छ ।
0 comments