बुटवलको मेला सकियो
मेलाबाट आर्थिक विकासमा टेवा
विकाश पराजुली
बुटवल, पुस २१ ।
‘लगानी लुम्बिनीमा–समृद्धि देशमा’ भन्ने नाराका साथ पुस ९ गते देखि सुरु भएको औद्योगिक व्यापार तथा कृषि मेला एवं नेपाल व्यापार तथा पर्यटन मेला–२०७०, पश्चिमाञ्चल सम्पन्न भएको छ ।
बुटवल उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य महासंघले मेला आयोजना गरेका थिए । आयोजकले मेला सफलताका साथ सम्पन्न भएको दावी गरेका छन् । समापनको अवसरमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद् बालकृष्ण खा“णले मेलाले लुम्बिनी अञ्चलकै गौरव बढाएको बताए । हरेक बर्ष आयोजना गरिने यस्ता मेलाहरुले आर्थिक विकासका लागि टेवा पु¥याएको भन्दै उनले अहिलेको मेलाले पनि औद्योगिक एवं पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण भुमिका खेलेको बताए ।
रुपन्देही जिल्लाको मात्र नभई लुम्बिनीको समग्र विकासलाई मेलाले टेवा पु¥याएको बताउ“दै नेता खा“णले यस मेलाले सबैलाई नया सन्देश दिएको बताए । ‘मेलाले सवैलाई जागरुक बनाएको छ, त्यस्तै थप जिम्मेवारी पनि थपिएको छ, यसलाई पुरा गर्न सवै मिलेर लाग्नुपर्छ ।’ उनले भने । उनले एक बर्षमा नै संविधान निर्माण गरी समग्र विकासका लागि आफु अगाडि बढ्ने बताए ।
सोही अवसरमा उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले यस्ता मेला महोत्सवको आयोजनाले उद्योगी व्यवसायी मात्र नभई स्थानीय बस्तुको प्रबद्र्धनका लागि मेला कोशेढु·ा सावित हुने बताए ।
मेला आयोजना हुने स्थलमा मेला तथा महोत्सवको आयोजना गर्दा अस्थायी संरचना निर्माणमा लाखौं रुपैया खर्च भएको भन्दै निजी क्षेत्रको लगानी खेर गइरहेको बताए । उनले बुटवल मण्डपमा क्षेत्रीय प्रदर्शन स्टल निर्माणको पहल भएकाले आगमी दिनमा मण्डपको निर्माण हुने उनले सोही अवसरमा जानकारी दिए । क्षेत्रीय प्रदर्शनी स्टल निर्माणका लागि बजेट समेत छुट्टिइसकेको उनको भनाइ छ । उनले अब बन्ने संविधानमा निजी क्षेत्रका समस्याहरुलाई समधान हुने नीतिहरुलाई समावेश गरी लगानी गर्ने वातावरण मिलाइदिन समेत आग्रह गरे । त्यस्तै दलहरुले घोषणापत्रमा समावेश गरेका अर्थतन्त्रका मुल एजेण्डालाई कार्यान्वयनमा ल्याउन समेत दलहरुलाई आह््वान गरे ।
यसैगरी मेला आयोजक मुल समारोहका संयोजक सुरेन्द्र श्रेष्ठले यस मेलाले समग्र अर्थतन्त्रका लागि टेवा पु¥याउने अपेक्षा लिएको बताए । उनले कृषि क्षेत्र, पर्यटकीय स्थलको प्रबद्र्धनका कारण मेला सफल भएको बताए । यस मेलाले स्थानीय बस्तुहरुको उत्पादन गर्नमा कृषकहरुलाई जागरुक बनाएकाले कृषकहरुलाई कृषि क्ष्ँेत्रमा लाग्न मेलाले प्रेरित गरेको उनको भनाइ छ ।
उनले आगामी दिनहरुमा गरिने मेलालाई अझै परिमार्जित र नया“पन दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
सोही अवसरमा मेलालाई सफलतापुुर्वक सम्पन्न गर्न सहयोग गरेको भन्दै विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
मेलामा सजावट, रोजागरी, सो, वातावरणीय, पर्यटन, कृषि लगायतका विभिन्न ८ विधामा विभिन्न स्टलहरुलाई सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा पर्यटनतर्फ सुदुरपश्चिमाञ्चल फोटो प्रदर्शनी, प्रविधितर्फ थापा इन्जिनियरि·, हस्तकलातर्फ एमवी काष्ठकला तथा हस्तकला, यसैगरी महिलातर्फ कोशेली हेन्डीक्राफ्ट, उद्योगतर्फ पाल्पाली मदनपोखरा ढाका उद्योग, कृषि उत्पादनतर्फ श्रीनगर एग्रो फार्म, कृषि प्रविधितर्फ वि।जी ग्रुप ९खुदो० र सर्वोत्कृष्ट स्टलतर्फ बुटवल स्टील फर्निचर उद्योगलाई सम्मान गरिएको थियो । मेलामा ५ सय ८८ स्टलहरु राखिएको थियो ।
कार्यक्रममा बुटवल नगरपालिकाका प्रमुख बावुराम गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । मेलामा संघका अध्यक्ष्ँ सुरेन्द्रप्रसाद श्रेष्ठको स्वागत, बरिष्ठ उपाध्यक्ष महेशमान सिंहको धन्यवाद तथा सचिव दिनेश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
0 comments