भबनसंहिताको पूर्ण पालना गर्न आग्रह
विकाश पराजुली
बुटवल, माघ २ ।
‘नसोधी नवोली आउछ भुकम्पीय विपदा, जागांै, जुटौं बचाउन सृष्टिको सम्पदा’ भन्ने नाराका साथ हिजो १६ औं भुकम्पीय दिवस मनाइएको छ । नेपालमा प्राकृतिक विपत्ती भुकम्पीय जोखिम न्युनिकरण गर्न सरकारले माघ २ लाई भुकम्प दिवस मनाउन थालेको हो । भुकम्पबाट आफैले निर्माण गरेको भवन र संरचनाले सवैभन्दा वढी क्षति हुने गरेको छ । जुन संरचना निर्माण गर्दा सम्भावनालाई मध्यनजर गर्दै कम गर्न भवन आचारसहिंता लागु गरेको पनि पाच बर्ष वितिसकेको छ । वरेनी वन्ने घर र अन्य व्यवसायिक भवन निर्माण गर्दा यसको कार्यान्वयन नहु“दा बुटवल शहरमा पनि भवन आचारसंहिता विपरित भवन बन्ने क्रम समेत बढ्दै गएको छ ।
नेपाल भुकम्पीय दृष्टिले विश्वको ११ औं जोखिम राष्ट्रमा पर्छ । मानवीय Ôति हुनसक्ने विश्व सहरको सूचीमा काठमाडौं पहिलो भएपनि अन्य नेपालका शहर पनि जोखिम हुदै गएका छन् । राजधानी लगायतको देशका अन्य सहरहरुमा जस्तै रुपन्देही जिल्लामा पनि मानिसहरुको बसोबास बर्षेनी बढ्दै गएकाले रुपन्देही जिल्लाको बुटवललाई पनि भुकम्पीय जोखिममा पर्न लागेको बुद्धिजिविहरु बताउ“छन् । भुईचालोले आफै जनधनको क्षति नगरेपनि असुरक्षित संरचनाले भने क्षति पु¥याउने गर्दछ । एक तथ्यांक हेर्ने हो भने भुइ“चालो आउदा ८० प्रतिशत नोक्सानीको कारक घर, १० प्रतिशत आकस्मिक स्वास्थ्य सुविधा नपाउनु र १० प्रतिशत आपतकाल व्यवस्थापन गर्ने Ôमताको कमी भएको देखाएको छ ।
०६१ देखि लागु गरिएको भवन संहिता लागू गरिएपनि त्यो प्रभावकारी हुन नसक्दा भुकम्पीय मापदण्ड अनुसार भवनहरु निर्माण हुन नसकेको बुटवल नगरपालिकाका भुकम्प शाखा इन्चार्ज सोमनाथ अधिकारीले बताए । सरकारी निकायको वलियो उपस्थिती, अनुगमन र कार्वाहीको स्पष्ट नीति निर्देशन लागु नहुदा कार्यान्वयन कागजमामात्र सिमित हुन पुगेको स्थानीयहरु बताउ“छन् । घर बनाउदा भवन आचारसंहिता अनुरुप त्यसको खाका तयार गरेर घरनक्सा पास गरेमा आचारसंहिता कार्यान्वयन हुन सक्ने छ । भुकम्पीय सुरक्षाका लागि सरकारले बनाएको भवनसंहिता नीति वैज्ञानिक रुपले सफल हुन नसक्दा बुटवलमा पनि भुकम्पीय जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । अहिले बुटवल नगरपालिकामा समेत आचारसंहिता लागू नहुदा जथाभावी भवन निर्माणका काम भइरहेका छन् । जसका कारण्ँ त्यसले जोखिम बढाएको छ ।
शाखा इन्चार्ज अधिकारीले भुकम्पको जोखिम न्युनिकरण गर्न घर निर्माणमा सरकारले ल्याएको संहिता नीति अनिवार्य कार्यान्वयन गर्नु जरुरी रहेको बताए । नगरपालिकाले २ बर्ष अघिदेखि भवन आचार संहिता लागु गरेको भएपनि कार्यान्वय पक्ष भने फितलो जस्तै देखिएको छ । भवन आचारसंहिता बनेपनि कार्यान्वयन भए नभएको बारे जानकारी लिन नसक्दा बुटवलमा हजारांै घरहरु भुकम्पीय मापदण्ड अनुसार निर्माण भइरहेका छन् । उनले बुटवलका अधिकांश घर भुकम्पको प्रतिरोधी नभएको बताए । सरकारी नीति नहुनु, मानिसहरुमा भुकम्पको बारेमा जानकारी नहुनु तथा हेलचेक्र्याईका कारण कमसल सामान प्रयोग गरी भवन निर्माण गर्ने क्रम बढेकाले पनि जोखिम बढ्दै गएको छ ।
बुटवल नगरपालिकाको नक्सा शाखाका अनुसार बुटवलमा निर्माण सम्पन्न भएका करिब ३५ हजार घरहरु रहेका छन् । बुटवल नगरपालिकाका अन्य भवन जस्तै यस क्षेत्रका अधिकांश सरकारी कार्यालय, विद्यालय र अग्ला भवनहरु भुइचालोको उच्च जोखिममा रहेको विभिन्न समयमा गरिएको अध्ययनमा उल्लेख छ । भुइ“चालोको खतरा भनेकै जमिनमा भएका विभिन्न संरचना भत्किएर, धस्सिएर हुने भएकाले त्यस्ता संरचना बलियो बनाउन नसक्दा जोखिम बढेको हो । बुटवलमा मानिसको जनघनत्व दिनप्रतिदिन थपिदै गएकाले र घर तथा भवन निर्माण हुनेक्रम समेत तीब्र हुदै गएकाले बुटवलमा भुकम्पीय जोखिम बढेको बताइएको छ । यस्तो अवस्थामा भुकम्प प्रतिरोधी घरहरु कम र पूराना जिर्ण भवनकै कारण क्षति बढी हुने खतरा रहेको स्वयं सरकारी अधिकृतहरु स्वीकार गर्छन् । बुटवल नगरपालिकाका प्रमुख बावुराम गौतम भुकम्पको जोखिम कमगर्न नगरपालिकाले २०६९ असार १ गतेदेखि भवन आचार संहिता लागु गरेर घर निर्माणमा बाध्यात्मक ब्यवस्था गरेको बताए । उनले नगरपालिकाले भुकम्प शाखा नै गठन गरेर भुकम्पको बारेमा बढी भन्दा बढी नगरवासीलाई सचेत गराउने प्रयास गरेको दावी गर्दै भुकम्पको बारेमा सबैले जानी राख्न आग्रह समेत गरे ।
बुनपाद्वारा अन्तरक्रिया
यसैबीच बुटवल नगरपालिकाले कन्सल्टेन्सी÷परामर्शदाताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्ने बक्ताहरुले घरको नक्सा बनाउने कन्सल्टेन्सीहरुले हु“दा भुकम्पीय मापदण्ड अनुसार नै नक्सा बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै बुटवल नगरपालिकाका नगर प्रमुख बावुराम गौतमले घर बनाउ“दा राष्ट्रिय भवन निर्माण्ँ संहिताको पालन गरेमा भुकम्पको जोखिमबाट बच्न सकिने बताए । उनले भुकम्पको जोखिमबाट बच्नका लागि स्वयं आफुहरुनै सजग हुनुपर्नेमा जोड दिए ।
त्यस्तै बुटवल नगरपालिकाका भुकम्प शाखा इन्चार्ज सोमनाथ अधिकारीले घर बनाउने उपभोत्ताहरुलाई कन्सल्टेन्सीहरुले बढी भन्दा बढी विश्वास दिएर भुकम्पीय मापदण्ड अनुसार भवन निर्माणका लागि लाग्न आग्रह गरे । बजारमा भुकम्पीय मापदण्ड अनुसार भवन बनाउ“दा खर्च धेरै लाग्ने हल्ला भएका कारण पनि उपभोत्ताहरुलाई यसका बारेमा सचेतना जगाउनुपर्नेमा उनको जोड थियो ।
त्यस्तै बुटवल नगरपालिकाका निमित्त योजना प्रमुख सुमन श्रेष्ठले क्षतिलाई रोक्न नसकेपनि न्युनिकरणका लागि परामर्शदाता तथा कन्सल्टेन्सीहरुको भुमिका महत्वपुर्ण हुने बताए । यसैगरी कन्सल्टेन्सीको तर्फबाट बोल्दै त्रिभुवन श्रेष्ठले डिजाईन आफुहरुले गरेकाले त्यसबाट हुने प्रभाव र मापदण्ड अनुसार बलियो हुने गरी नक्सा बनाउन उनले सवै कन्सल्टेन्सीहरुलाई अनुरोध गरे ।
0 comments