पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेला सुरु


आज राष्ट्रपतिबाट उद्घाटन हुने

विकाश पराजुली
प्रकाश आचार्य
बुटवल, पुस ९ । 

बुटवलमा मंगलबारदेखि १४ औं पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेला सुरु भएको छ ।  ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नाराका साथ औद्योगिक कृषि मेला एवं नेपाल व्यापार तथा पर्यटन मेला–२०७० सुरु भएको हो । मंगलबारदेखि सुरु भए पनि मेलाको औपचारिक उद्घाटन आज  राष्ट्रपति डा. रामवरण यादवले  गर्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष एवं मेला आयोजक मूल समितिका संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार मेलाको आजदेखि सर्वसाधारणले अवलोकन गर्न सक्नेछन् । मंगलबार सर्वसाधारणका लागि मेला खुला गरिएको थिएन ।
मेला सुरु भएपछि ३० वटा नया“ स्टल थप गरिएको छ । ५ सय ५० स्टल रहने बताइए पनि कृषिका नया“ प्रविधि, सौर्य ऊर्जा, माइक्रोहाइड्रो, पुस्तक र बैंकका स्टल थपिएपछि स्टल ५ सय  ८० पुगेका छन् । त्यस्तै मेलामा पहिलो पटक बुटवल नगरपालिकाको पनि स्टल समावेश गरिएको छ । नगरपालिकाले नगरवासीलाई आफ्ना सेवासुविधा जानकारी दिने र हिजोको बुटवल, आजको बुटवल र भोलिको बुटवल कस्तो रहनेछ भन्ने जानकारी दिने उद्देश्यले स्टल राखेको मेलाका प्रचार संयोजक हरि अर्यालले जानकारी दिए ।
मेला पुस २१ गतेसम्म सञ्चालन हुनेछ । उपभोक्तालाई स्वदेशी उत्पादनप्रति आकर्षित गरी आयात प्रतिस्थापनमा टेवा पु¥याउने उद्देश्य रहेको मेलामा कृषि, गार्मेन्ट, होटल, इलोक्ट्रोनिक्स, प्रविधि, सीप, रोजगारी प्रवद्र्धन, हस्तकला, अटोका स्टल रहने छन् ।
मेलामा पा“च लाख दर्शकले अवलोकन गर्ने र १५ करोडको कारोवारको लक्ष्य राखिएको छ । आयोजकले विगतको मेला भन्दा फरक किसिमले आयोजना गर्न लागेको बताएका छन् । मेलामा पश्चिमाञ्चल विकास क्षेत्रबाट निर्यात प्रवद्र्धनका लागि राष्ट्रिय स्तरको सेमिनार गर्ने, लोक स“ंस्कृति संरक्षण एव प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तथा लुम्बिनी अञ्चलको पर्यटन प्रवद्र्धनका लागि स्थानीय पर्यटकीय स्थलहरु जितगढी किल्ला एवं रानीमहलको स्वरुप झल्किने संरचना निर्माण गरिएको छ । 
त्यस्तै ‘सुदुर पश्चिम’ भन्ने नाराका साथ मेलामा पश्चिमाञ्चल विकास क्षेत्रका धार्मिक स्थल एवं ऐतिहासिक पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, हात्ती सफारी, हट एयर बेलुन उडाउने, मुस्ताङदेखि मर्चवारसम्मको पर्यटकीय स्थलहरुको फोटो पर्दशनी, बुटवल क्षेत्रका ऐतिहासिक तथा धार्मिक स्थल सिद्धबाबा, मणिमुकुन्द सेन उद्यान, हिलपार्क लगायतका बुटवल क्षेत्रको फोटो प्रदर्शनी गरिने छन् । त्यस्तै मेलामा नव गायकको लागि ‘भ्वाइस अफ द बुटवल’ र मेला स्थलभित्र निःशुल्क वाइफाई सेवाको व्यवस्था मिलाइएको छ । अध्यक्ष श्रेष्ठले बदलिंदो आन्तरिक र बाह्य परिवेश अनुरुपका उद्योग व्यवसायलाई परिमार्जन गरी प्रतिस्पर्धा गराई उत्पादकत्व बृद्धि गर्न प्रोत्साहन गर्ने बताए ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.