मेलामा १६ वटा सिसिटिभी क्यामरा जडान
विकाश पराजुली
बुटवल, पुस ९ ।
उद्घाटनका लागि राष्ट्रपति डा। रामवरण यादव आउने भएकाले बुटवलमा आयोजित मेलामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मेला स्थललाई मंगलबार सा“झ ५ बजेदेखि प्रहरीले पूर्ण रुपमा नियन्त्रणमा राखेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राजकुमार बैदवारका अनुसार सादा पोशाकमा समेत प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थालाई कडा पारिएको बताए । मेला स्थल बुटवल मण्डपमा १६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मंगलवारदेखि शुरु भएको औद्योगिक व्यापार तथा कृषि मेला २०७० पश्चिमाञ्चलमा अबलोकन गर्न आउने सवै दर्शकहरुका लागि मेलामा सुरक्षा व्यवस्था चुस्त राख्नका लागि सिसिटिभी क्यामेरा जडान गरिएको आयोजकले बताएका छन् । मेलामा उद्घाटन सत्रका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा निजी सुरÔागार्डको परिचालन गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । राष्ट्रपतिको सुरक्षाका लागि सेना समेत परिचालन गरिएको हो । मेलास्थलमा रहेका क्यामेराले सबै क्षेत्रका दृश्य कैद गर्ने सुरक्षा संयोजक बावुराम विकले जानकारी दिए । ‘मेलामा आउने कसैले पनि असुरÔाको अनुभूति गर्नुपर्ने छैन, हामीले यसका लागि सुरक्षा व्यवस्था निकै कडा बनाएको छौं ।’ विकले भने । मेलाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजी सुरक्षाकर्मी सहित करिब ५ सय जना परिचालन गरिएको जनाइएको छ ।
मेलामा प्रहरी निरीÔक राजु थापाको कमाण्डमा २५ जनाको टोली २४ घण्टा रहने जनाइएको छ । रत्नलाल सेक्युरिटी बुटवल रामनगरसं“ग सम्झौता गरी मेला स्थलमा आयोजकले ६ जनाको कमाण्डमा ७५ जना निजी सुरÔाकर्मी खटाएको छ । रत्नलाल सेक्युरिटीले पहिलो पटक मेलामा सेक्युरिटीको जिम्मा लिएको हो । त्यसबाहेक मेला स्थलमा सादा पोशाकका प्रहरीहरु समेत परिचालन हुने बताइएको छ । मेला समयमा करिब १ सय ५० देखि ९बा“की ४ पेजमा०
२ सय सम्म नेपाल प्रहरी खटिने विकले बताए ।
त्यसका अतिरिक्त मेला स्थल बुटवल मण्डप बाहिर दंगा प्रहरीको घेरा हुनेछ । सशस्त्र प्रहरीले मेलालाई दुई Ôेत्रमा बा“डेर सुरÔा प्रदान गर्ने सशस्त्र प्रहरी निरीÔक अमृत दुलालले बताए । एक बटालियनले सा“स्कृतिक कार्यक्रम र बाल उद्यान हुने Ôेत्रको निगरानी गर्ने छ भने अर्को बटालियनले मण्डप बाहिर र भित्र गरी पूरा Ôेत्रको निगरानी गर्ने उनको भनाइ छ ।
मेला स्थलमा हुने गतिविधिलाई निगरानी राख्नका लागि मेला स्थलमा सुरÔा टावर पनि निर्माण गरिएको छ । त्यस टावरबाट पूरै मण्डपको निगरानी सुरÔाकर्मीले गर्ने आयोजकले बताएका छन् । ‘मेलामा हुने पकेटमार तथा अन्य घटनाहरु हुन नदिनका लागि सुरÔाको बिशेÈ व्यवस्था गरेका छौं ।’ विकले भने । यसैगरी मेला हुने स्थानमा यातायातको चापलाई मध्यनजर गर्दै सहज रुपमा यातायात सञ्चालनका लागि विशेष ट्राफिक व्यवस्था मिलाइएको बताइएको छ । मेला सुरु हुने समयमा सडकमा यातायातको चाप बढी भएको खण्डमा सवारीहरु रामनगरदेखि भित्रि बाटो हु“दै पठाउने व्यवस्था गरिएको छ । मेलामा आउने सवारी साधनको सुरÔा व्यवस्था पनि मिलाइएको छ । त्यसको जिम्मा बुटवल युथ क्लवले लिएको छ । सवारी पार्किङका लागि बिभिन्न ४ स्थान निर्धारण्ँ गरिएको छ ।
त्यस्तै मेला स्थल बाहिर हुने फुटपाथका पसलहरु मेला स्थलमा बढी भिडभाड तथा आवज जावतमा कठिनाई पर्ने भएकाले पनि मेला बाहिर सञ्चालन गरिने फुटपाथका पसलहरुलाई राख्न नदिने समेत बताइएको छ ।
0 comments