कार्यालय प्रमुखको सरुवाले लिखित परीक्षाको रिजल्ट रोकियो


‘ट्रायल’ परीक्षा अझै अनिश्चित
विकाश पराजुली
बुटवल, पुस ८ ।

 मंसिर ९ गतेदेखि ११ गतेसम्म बुटवलमा मोटरसाईकल चालक अनुमति पत्र (लाईसेन्स) को लिखित परीक्षा सञ्चालन गरिएपनि त्यसको रिजल्ट एक महिना वितिसक्दा पनि अझै सार्वजनिक हुन सकेको छैन ।
कार्यालयका प्रमुख आनन्दकेशरीको सरुवा भएका कारण कार्यालयले यति लामो सयमसम्म पनि रिजल्ट सार्वजनिक गर्न नसकेको कार्यालयले बताएको छ । समान्यता १० दिनभित्र लिखित परीक्षाको नतिजा सार्वजनिक हुने भएपनि एक महिना हुन लाग्दा समेत अझै सार्वजनिक हुन नसकेको हो । लिखित परीक्षाको नतिजा सार्वजनिक नभएसं“गै ‘ट्रायल’ परीक्षा पनि अनिश्चित बन्दै गएको छ । कार्यालयका एक कर्मचारीका अनुसार ‘ट्रायल’ निर्माणको काम बजेट अभाव हुदा ढिलाई हुदै गएको समेत बताइएको छ ।
चैत महिनादेखि सञ्चालन हुन नसकेको मोटरसाईकल चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा बुटवलमा मंसिर महिनाबाट मात्र सुरु भएको थियो । मंसिर महिनामा लिखित परीक्षा ल्याएको यातायात व्यवस्था विभाग लुम्बिनीले एक महिनासम्म लिखित परीक्षाको रिजल्ट प्रकाशित नगर्दा सेवाग्राहीहरुमा अन्यौल छाएको छ ।
यातायात व्यवस्था विभाग लुम्बिनीका प्रमुख आनन्द केशरी पोखरेलको सरुवा भएपछि लिखित परीक्षाको रिजल्ट प्रकाशन गर्न गा¥हो भएको कार्यालयले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार अब कार्यालयमा लेखनाथ ज्ञवाली आएपछि मात्र लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने बताएको छ । ज्ञवाली पुसको १५ गते भित्र कार्यालयमा आउने समेत बताइएको छ । विभागले जारी गरेको नया“ मापदण्ड अनुसार ‘ट्रायल’ परीक्षा हुने भएपछि अबरुद्ध बनेको परीक्षा ९ महिनापछि मात्र बुटवलमा लिखित परिक्षा सञ्चालनमा आएको थियो ।
कार्यालयका प्रमुख पोखरेलको सरुवासगै परीक्षाको नतिजा सार्वजनिक हुन नसकेको यातायात व्यवस्था कार्यालय लुम्बिनीका शाखा अधिकृत बालकृष्ण हुमागाईले जानकारी दिए ।
पूर्वाधार अभाव हुदा चैत २६ गतेदेखि यातायात व्यवस्था कार्यालय लुम्बिनीले लाइसेन्सको परीक्षा सञ्चालन गर्न सकेको थिएन । नया मापदण्ड अनुसार लाइसेन्स परीक्षा सञ्चालन गर्नका लागि पूर्वाधारको काम अझै पुरा नभएको बताउदै ‘ट्रायल’ परीक्षा अनिश्चित बनेको शाखा अधिकृत हुमागाईले जानकारी दिए । यातायात व्यवस्था कार्यालयले लाइसेन्सका लागि ४ दिन आवेदन खुला गर्दा ६ हजार ४ सय ८१ जनाले परीक्षाका लागि आवेदन दिएका थिए । ‘परीक्षार्थीको आवेदन पनि बढी पर्दा रिजल्ट समयमा निकाल्न गा¥हो परेकोे हो, हुमागाईले भने– कार्यालय प्रमुख नहु“दा पनि रिजल्ट प्रकाशिनका लागि समस्या भएको हो ।’
यातायात व्यवस्था विभागले स्थानीय निकायसं“ग समन्वय गरी ‘ट्रायल’ का लागि पुर्वाधार निर्माण गर्न भनेपनि बुटवल नगरपालिकाले जग्गा उपलब्ध नगराउ“दा लामो समयसम्म ‘ट्रायल’ परीक्षा सञ्चालन हुन सकेको थिएन । ड्राईभिङ स्कुल संघ र बुटवल नगरपालिकासं“ग समन्वय गरी जग्गा प्राप्त भएका कारण ‘ट्रायल’ परीक्षा सञ्चालन हुन लागेको उनले बताए । कार्यालयले यसअघि देवीनगरको तिनाउ बगरमा लाइसेन्सको ट्रायल लिने गरेको थियो । सो जग्गा आफ्नो स्वामित्वमा नभएकाले पूर्वाधार निर्माणमा समस्या भएको थियो ।
ड्राईभिङ स्कुल संघले बुटवल नगरपालिकासंग जग्गा मागेको र त्यही जग्गा यातायात व्यवस्था कार्यालयले मागेपछि तिनाउ बगरमा नै पुर्वाधार निर्माणको काम थालनी गरिएको उनले बताए ।        
खासगरी अहिले पुर्वाधार निर्माण स्थलमा विजुली र सुरक्षाको समस्या भएको यातायात व्यवस्था कार्यालयले बताएको छ ।
‘ट्रायल’ हुने स्थानमा सी.सी क्यामेरा जडान र ट्राफिक लाईट जडानको काम बा“की रहेको उनले बताए । ‘सी.सी. क्यामेरा जडान गरेपछि त्यसको रेखदेख कसले गर्ने ? सुरक्षाको समस्या छ, उनले भने ।’ उनका अनुसार ‘ट्रायल’ का लागि आवश्यक पर्ने ट्राफिक लाईट र सी.सी. क्यामेरा समेत कार्यालयमा आइसकेको छ ।नया“ पुर्वाधार निर्माणको काम निर्माणधिन अवस्था रहेको भएपनि त्यसका लागि विभागको स्वीकृति आइसकेको छ ।
पोखरेल अख्तियार दुरुपयोग अनुसन्धानमा सरुवा भएका छन् । अब यातायात व्यवस्था विभागमा मन्त्रलायबाट लेखनाथ ज्ञवाली आउने समेत बताइएको छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.