नेपाली जनताले दिएको म्यानडेट पुरा गर– राष्ट्रपति यादव

Facebook5Twitter1Pinterest0Google+0
rastrapati 
विकाश पराजुली
, बुटवल, पुस १० । गणनन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्पुर्ण दलहरुलाई जनताले दिएको म्यानडेट पुरा गर्न आग्रह गरेका छन् ।
बुधबार बुटवलमा बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको १४ औं औद्योगिक व्यापार तथा कृषि मेला एवं नेपाल व्यापार तथा पर्यटन मेला–२०७० लाई उद्घाटन गर्दै उनले चुनाव अघि नेपाली जनतासंग बोलेका बाचाहरु पुरा गर्दै १ बर्ष भित्र संविधान दिन आग्रह गरे । नेपाली जनताले अहिले अहिंशा र अत्याचार नचाहेको भन्दै जनतालाई अबको एक बर्षमा लोकतान्त्रीक संविधान दिन दलहरु प्रतिबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
जातिय, क्षेँत्रिय सद्भावलाई आत्मसाथ गर्दै देशलाई शान्ती तर्फ डोराउन उनले सवै दलहरुलाई आग्रह गरे ।  देशको एकता नखल्बलिने गरी संविधान बनाई गणतन्त्र र लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने उनको धारणा थियो ।
शान्ती र लोकतन्त्रको विकास लागि जनताले दिएको मत अहिलेको सन्दर्शमा लोकतान्त्रीक बाटो भएकाले त्यसलाई पुरा गर्नुपर्ने जिम्मा नेताहरुको भएकाले त्यसलाई जसरी पनि दलहरुले पुरा गर्नुपर्नेमा उनले जोड दिए ।
लुम्बिनीको समग्र आर्थिक विकासलाई टेवा पु¥याउन यस क्षेत्रमा रहेका औद्योगिक करिडरहरुको विकास गर्न सकेमा मात्र देशमा आर्थिक क्रान्ति गर्न सकिने भन्दै उनले यसका लागि आफु प्रतिबद्ध भएर लाग्ने बताए ।
भैरहवामा रहेको विमानस्थललाई अन्तराष्ट्रिय स्तरको रुपमा बृद्धि गरेमा पनि यस क्षेत्रको आर्थिक स्तर माथी उठ्ने उनको भनाई थियो । यसैगरी सोही अवसरमा बोल्दै उद्योग बाणिज्य महासंघका अध्यक्ष सुजर बैद्यले नेपालमा लगानी भित्राउन पहिले त विदेश पलायन सक्तिलाई रोक्नुपर्ने बताए ।  नेपालमा आर्थिक संम्भावना थुप्रै ह’दा पनि राजनितीक अस्थीरताले त्यो सम्भव नभएको उनको भनाई थियो । नेपाल गरिव होइन, हाम्रो सोच गरिव हो बैद्यले भने सम्भावना रहेपपनि मुलुकमा अस्थीर भयो ।
उनले दलका नेताहरुलाई व्यक्तिगत हैसियत भन्दा माथि उठेर नेपाली जनताहरुलाई संविधान दिन प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।
यसैगरी बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष्ँ सुरेन्द्र श्रेष्ठले यस क्षेत्रको विकासका लागि कालिगण्डकी डाईर्भसन, मोतिपुर औद्योगिक कोरीडोर, भैरहवालाई अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बनाइदिनुपर्ने बताए । मेलामा हरेक बर्ष अस्थायी संरचना बनाउदा लाखौ रकम खर्च हुने भन्दै मण्डमा स्थायी संरचनाको निर्माणका लागि उनले आग्रह गरे ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.