हत्या आरोपी ६ सहित ८ जना पक्राऊ




हत्या तथा चोरी अभियोगमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गर्दै । तस्बिरः विकाश पराजुली
                  विकाश पराजुली
बुटवल, पुस ११ ।
विभिन्न घटनाहरुमा संलग्न विभिन्न ८ जना आरोपितलाई ईलाका प्रहरी कार्यालय बुटवलले विहिबार सार्वजनिक गरेको छ ।
प्रहरीले कर्तव्य ज्यानमुद्धा अभियोगका ६ जना, चोरी मुद्धा अभियोगका १ जना तथा जवरजस्ती करणी अभियोगमा १ जना गरी ८ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले रुपन्देहीको केरवानी वडा नं। ८ सिराहा भन्ने स्थानमा रहेको देवदह फलोसिप फाउण्डेसन सुधार केन्द्रमा राखिएका एकराज पौडेलको हत्यामा संलग्न पा“चै जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले रुपन्देही देवदह २ बस्ने २१ बर्षीय संदिप श्रेष्ठ, सोही गाविस वडा नंं ५ का २४ बर्षीय अमृत अर्याल, नवलपरासी स्वाठी ६ का २४ बर्षीय विशाल क्षेत्री, सोही गाविस वडा नं। ५ का २५ बर्षीय विनोद पुन र सोही गाविस जमुनिया १ बस्ने ३१ बर्षीय ज्योतिराज सुवेदीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । सञ्चालक मध्येका संदिप श्रेष्ठ पौडेललाई रसीले घा“टी थिचेर हत्या गरेको बताएको छ । मादक पदार्थ तथा लागु औषध सेवन गर्ने गरेका उनलाई अभिभावकले लागु औषधको कुलत छुटाउन सुधार केन्द्रमा राखेका थिए । २३ बर्षीय पौडेलको सुधारका नाममा दिएको यातनापछि मंसिर १९ गते मृत्यु भएको थियो ।
पक्राउ परेका उनीहरुलाई कर्तव्य ज्यान अभियोगमा मुद्धा चलाइएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राजकुमार बैदवारले जानकारी दिए । सुधार गृहका पा“च जना सञ्चालक मध्ये तीनजना पक्राउ परेपनि अन्य दुई जनालाई प्रहरीले करिब १ महिना पछि मात्र पक्रन सफल भएको हो । प्रहरीले अन्य दुई जनालाई खरैनी र नवलपरासीको जमुनियाबाट पक्राउ गरेको उनले बताए ।
त्यस्तै दाङ सिसहनिया १ बस्ने ४० बर्षीय शेर बहादुर परियारलाई दाउराले हानी हत्या गर्ने स्याङजा वालिङ नगरपालिका ४ स्थायी घर भई बुटवल १५ मा बस्ने झलक भनिने ३३ बर्षीय बालकृष्ण दर्जिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
यसैगरी प्रहरीले विभिन्न स्थानमा चोरी तथा डकैटी गर्ने एक जनालाई सार्वजनिक गरेको छ । यस आसपासका क्षेत्रहरुमामा सुनचा“दी पसलहरु चोरी गर्ने रुपन्देही सिद्धार्थनगर वडा नं। ७ बस्ने ३३ बर्षीय पप्पुप्रसाद शाह भनिने पप्पु प्रसाद जयसवाललाई पक्राउ गरेको हो । उनीहरु असार १२ गते बुटवल १५ मा आपसी विवाद गरी झलकले दाउराले हानी फरार भएकोमा शेर बहादुरको उपचारको क्रममा असार १४ गते भरतपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । घाइते बनाएपछि दर्जि फरार भएका थिए ।
जयसवालले साउन ६ गते राती केरवानी गाविसको वडा नं। ३ मा रहेको पर्वत महेश्वर सुनचादी पसलको सेफको लक तोडी करिब ४३ लाख १० हजार ४ सय १४ रुपैया“ बरावरको सुनचादीका गहना चोरी गरेको खुलेको छ । यसैगरी ०६६ साल जेठ ५ गते राती बुटवल ८ मा रहेको रेसुङ्गा सुनचा“दी पसलको सेफलक तोडी करिब ६९ लाख २२ हजार ९ सय २७ रुपैया“ बरावरको चोरीमा पनि जयसवालको संलग्नता रहेको बताइएको छ । उनी सं“गै सुनचा“दी पसलमा फरार अन्य अभियुक्तहरुको खोजी कार्य भइरहेको बैदवारले जानकारी दिए ।
यसैगरी जवरजस्ती करणी मृद्धाका एक अभियुक्तलाई प्रहरीले विहिबार नै सार्वजनिक गरेको छ । बुटवल १० खुख्खानगरकी १५ बर्षीय दिपक राना ९नाम परिवर्तन० लाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उदयपुर पैसरा ८ का २८ बर्षीय पप्पु भनिने दिपक राना ९नाम परिवर्तन० लाई पक्राउ गरेको हो । रानाका बारेमा थप अनुसन्धान भइरहेको डिएसपी बैदवारले जानकारी दिए ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.