जितगढी र रानीमहल एकै ठाउमा
विकाश पराजुली
बुटवल, पुस ८ ।
बुटवलमा रहेको ऐतिहासिक जितगढी किल्ला र पाल्पामा रहेको प्रेमको प्रतिक मानिने रानीमहल कतिले देख्नुभएको छ रु अंग्रेजहरुलाई परास्त गरेको जितगढी किल्ला र पाल्पाको रानीमहल हेर्न तपाई अब बुटवल मण्डपमा आउनुपर्छ यी दुवै ऐतिहासिक स्थलहरु एकै स्थानमा छन् ।
पाल्पामा आफ्नी रानीलाई खुशी पार्न तात्कालीन राणँ प्रशासक खड्ग शम्सेरले बनाएको रानी महल दरवार अब बुटवलको जितगढी किल्ला पार गर्नासाथ देखिने छ ।
अंग्रेज युद्धका वेला वीर नेपालीहरुले बलियो अंग्रेज सेनालाई परास्त गरेको जितगढी किल्ला तथा पाल्पामा रहेको रानीमहल यसै क्षेत्रमा रहेपनि यसको प्रचार–प्रसार हुन नसकेकाले यी ऐतिहासिक स्थलहरुलाई प्रचार प्रसारका लागि प्रदर्शनीमा राखिएको हो ।
‘लगानी लुम्बिनीमा समृद्धि देशमा’ भन्ने नाराका साथ बुटवल उद्योग बाण्ँिज्य संघले आयोजना गर्न लागेको १४ औं औद्योगिक ब्यापार तथा कृÈि मेला पश्चिमाञ्चलको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । अहिले मेला आयोजना हुने स्थल बुटवल – १२ रामनगरमा स्टल निर्माणको कामसं“गै बाल उद्यान तथा स्टेजको काम तीब्र रुपले अगाडि बढाइएको छ । त्यस्तै मेलाको आकर्षणको रुपमा रहेको ऐतिहासिक जितगढी किल्ला र पाल्पाको रानीमहलको निर्माणकार्य पुरा भएको छ ।
भारतको बंगालबाट आएका कालिगढहरुले यतिखेर खड्ग शमसेरको प्रेमको उपहारलाई बा“स र कपडाको प्रयोगले कलात्मक रुपले त्यसलाई उतारी ऐतिहासिक एवं पर्यटकीय जितगढी किल्ला र रानीमहलको निर्माण गरेका छन् । कपडा र बा“सको प्रयोगबाट रानिमहलको आकृति तथा बनोटलाई हुबहुरुपमा उतारिरहेको देख्दा दैनिक जसो मानिसहरु मेला सुरु हुनु पुर्व नै मेला स्थलमा आइरहेको मेला प्रचार प्रसार संयोजक हरि अर्यालले जानकारी दिए ।
आइतबार मेला स्थलमा भेटिएका बुटवल १२ कालिकानगरका ज्ञानेन्द्र बानियाले रानीमहल र जितगढी बनाएको थाहा पाएर हेर्न भनि आएको बताए । ‘जितगढी त देखेको थिए“, रानीमहल अझै जाने मौका पाएको छैन सवैले मेलामा रानीमहलको स्वरुप निर्मँण भएको छ भन्थे त्यसैले हेर्न आएको उनले भने ।’ मेला प्रचारप्रचार समितिका संयोजक अर्यालका अनुसार यसपटक प्रचार अभावमा ओझेलमा परेका रानीमहल र जीतगढी किल्लालाई प्रदर्शनमा राखी यी ऐतिहासिक तथा धार्मिक पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्ने प्रयास गरिएको हो । उनले प्रत्यÔ रुपमा रानीमहल अवलोकन गर्न नपाएका दर्शकलाई समेत रानीमहल पुगेको अनुभव रानीमहलको आकृतिले गराउने बताए ।
आर्थिक विकासस“गै लुम्बिनीमा पर्यटकीय सम्भावना बोकेका ऐतिहासिक धरोहर धेरै रहेकोले तिनको प्रचार–प्रसार र प्रवद्र्धनका लागि ‘मर्चवारदेखि मुस्ताङ’ सम्मका ऐतिहासिक एवं धार्मिक स्थलहरुको फोटो प्रदर्शनी समेत हुने उनले बताए । त्यस्तै यसै क्षेत्रमा पहिलो पटक हात्ती सयरको समेत व्यवस्था गरिएको बताइएको छ ।
यस क्षेत्रमा रहेका ऐतिहासिक पर्यटकीय स्थलको महत्व हु“दाहु“दै पनि प्रचारप्रसारको अभावमा सधै पछाडि पारिएका जीतगढी किल्ला र रानीमहललाई यसपटक प्राथमिकताका साथ मेला स्थानमा राखिएको आयोजकले जनाएको छ । यही पुस ९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने व्यापार मेलामा ५ सय २५ स्टल सहभागी हुने आयोजकले जानकारी दिएको छ । मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र करिब १५ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकले अपेक्षा लिएको छ ।
आयोजकका अनुसार विगतमा भन्दा यो मेला फरक हुने बताइएको छ । यस पटक पर्यटन प्रबद्र्धन गर्न मर्चवारदेखि मुस्ताङ सम्मका फोटाहरु प्रदर्शन, हात्ती सयर, हटलाईट बेलुनका कारणले पनि यो मेला अलि फरक हुने अर्यालले जानकारी दिए । ‘हामीले मेलालाई आकर्षित गर्नका लागि प्रवेशद्वारमा ऐतिहासिक जितगढी किल्ला तथा सचिवालय पाल्पाको रानीमहलको आकारमा निर्माण गरेका छौ’ उनले भने त्यसैले पनि यो मेलामा दर्शकहरुलाई फरकपन दिने जमर्को गरेका छौं ।’
उपभोक्ताबीच स्वदेशी उत्पादनहरुको पहिचान गरी प्रचार प्रसार एवं उपभोगको चाहना अभिबृद्धि गरी किनमेलमा प्रोत्साहित गर्न तथा उपभोक्तालाई स्वदेशी बस्तुहरुको प्रयोगमा आकर्षित गर्नु मेलाको उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ । त्यस्तै उद्यामशीलताको विकासका लागि प्रोत्साहित गर्ने र लगानीका नया–नया क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न यस मेलाले सघाउ पुग्ने अपेक्षा लिएको छ ।
यो अप्रकाशित समाचार हो ।




0 comments