मेलाको तयारी पुरा
५ लाख दर्शक र १५ करोडको कारोबारको लक्ष्य
मेलामा फ्रि वाईफाई
विकाश पराजुली
बुटवल, पुस ७ ।
‘लगानी लुम्बिनीमा समृद्धि देशमा’ भन्ने मूल नाराका साथ भोलिदेखि बुटवलमा सुरु हुन लागेको औद्योगिक व्यापार तथा कृषि मेलाको तयारी पूरा भएको छ । मेला आयोजक समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी मेलाको तयारीको पूरा भएको जानकारी दिएको हो ।
बुटवल उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघको सयूक्त आयोजना हुन लागेको मेलामा स्टल निर्माण, गेट निर्माण, मञ्च व्यवस्थापन लगायत निर्माण गर्ने सबै काम पूरा भएको जानकारी दिईएको छ । मंगलबारदेखि सुरु हुने भने पनि मेलाको औपचारिक उद्घाट्न १० गते हुने आईतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष एवं मेला आयोजक मूल समितिका संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । मंगलबारदेखि कार्यक्रम सुरु हने भए पनि मेला औपचारिक रुपमा १० गते राष्ट्रपति डा. रामवरण यादव उदघाटन गर्ने श्रेष्ठले बताए । नेपाल व्यापार तथा पर्यटन मेला– २०७० पश्चिमाञ्चल नाम मेला पुस २१ गतेसम्म सञ्चालन हुने छ । उपभोत्तालाई स्वदेशी उत्पादन प्रति आर्कशित गरी आयात प्रतिस्थापनमा टेवा पु¥याउने उद्देश्य रहेको मेलामा कृषि, गार्मेन्ट, होटल, इलोक्ट्रोनिक्स,प्रविधि सीप रोजगारी प्रर्वद्धन हस्तकला अटो गरी ५ सय ४० स्टल रहने आयोजकले जनाएको छ ।
मेलामा पा“च लाख दर्शकले अवलोकन गर्ने र १५ करोडको कारोवार लक्ष्य मेलामा राखिएको श्रेष्ठले बताए । विगतको मेला भन्दा भिन्न किसिमले मेला स्थलको व्यवस्थापन गर्न लागिएको, पश्चिमाञ्चल विकास क्षेत्रबाट निर्यात प्रर्वद्धनका लागि राष्ट्रिय स्तरको सेमिनार गर्ने लोक संस्कृति संरक्षण एव प्रर्वद्धनात्मक कार्यक्रम गने तथा लुम्बिनी अञ्चलको पर्यटन प्रर्वद्धनका लागि स्थानीय पर्यटकीय स्थलहरु जितगढी किल्ला एवं रानीमहलको स्वरुप झल्किने संरचना निर्माण गरेको छ ।
उपभोक्ता विच स्वदेशी उत्पादनहरुको पहिचान, प्रसार प्रसार एवं उपभोगको चाहना अभिबृद्धि गर्ने, उपभोत्ताहरुको स्वदेशी उत्पादनहरु प्रति आर्कषित गरी आयात प्रतिस्पर्धामा टुवा पु¥याउने, उद्यामशीलताको विकासका लागि प्रोत्साहित गर्ने र लगानीका नया नया क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्ने उद्देश्यले मेलाको आयोेजना गरिएको सोही अवसरमा जानकारी दिइएको थियो । बढ्दो आन्तारिक र बाह्य परिबेशअनुरुप उद्योग व्यवसायीलाई परिमार्जित गरी प्रतिस्पर्धी रुमा उत्पादकत्व बृद्धि गर्न प्रोत्साहन गर्ने र कृषि तथा हस्तकलालाई औद्योगिक आधारशीलाको रुपमा स्थापित गरी एक जिल्ला एक उत्पादनको आबधारलाईमुर्त रुपमा प्रदान गर्न अभिप्रेरित गर्ने मेलाको उद्देश्य रहेको छ ।
मेला अबधिभरमा व्यवसायी बैठकहरुको आयोजना गर्ने, लुम्बिनी लगानी प्रबद्र्धनका लागि राष्ट्रिय स्तरको सेमिना, पश्चिमाञ्चल विकास क्षेत्रबाट निर्याट प्रबद्र्धनकालागि राष्ट्रिय स्तरको सेमिनार गर्ने बताइएको छ । यसैगरी सीप तथा रोजगारी प्रबद्र्धनका लागि रोजगारदाता एवं श्रमिक विच अन्र्तक्रिया कार्यक्रम गर्ने, लोक संस्कृति संरक्षण एवं सम्बद्र्धनका लागि प्रबद्र्धनात्मक कार्यक्रमहरुको आयोजना गरिएको श्रेष्ठले बताए ।
मेलामा शीप तथा रोजगारी प्रबद्र्धन पेभिलियन, पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम, लगानी प्रबद्र्धन, प्रविधि प्रदर्शनी एवं हस्तान्तरण मेलाको आर्कषणको रुपमा रहेको बताइएको छ । मेलामा भान्छााट निस्कने फोहोर प्रयोग गरी बायोग्यास उत्पादन गर्ने प्रविधि बुटवलमा पहिलो पटक प्रदर्शनमा राखिएको छ । त्यसैगरी सिचाई सुविधा नभएको स्थानमा थोापा सिचाई द्धारा भुमि सिचित गर्न सकिने प्रविधिको प्रदर्शनी, जिरो टिलेज मेशिन द्धारा गहु तथा धान रोप्न सक्ने आधुनिक प्रविधि प्रदर्शनी, बैकल्पिक उर्जा प्रविधि माईक्रो हाइड्रो पावर, सौर्य उर्जा सम्बन्धी प्रविधिको प्रदर्शनी राखिएको बताइएको छ । मेलामा फ्रि वाईफाईसेवा समेत रहेको श्रेष्ठले बताए ।
0 comments