लिखित परीक्षा, सकियो, ‘ट्रायल’ हुन अझै समय लाग्ने


यातायात व्यवस्था कार्यालयमा लागेको भिड ।
नया लाईसेन्स ‘ट्रायल’ परीक्षा
विकाश पराजुली
बुटवल, मंसिर १० ।

 चैत महिनादेखि सञ्चालन हुन नसकेको मोटरसाईकल चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा बुटवलमा सुरु भएको छ । यातायात व्यवस्था विभागले सोमबार लिखित परीक्षा पनि सम्पन्न गरेको छ । विभागले जारी गरेको नया“ मापदण्ड अनुसार ‘ट्रायल’ परीक्षा हुने भएपछि अबरुद्ध बनेको परीक्षा ७ महिनापछि सुरु भएको हो ।
लामो समयको प्रयास पछि यातायात व्यवस्था विभागले नया“ मापदण्ड अनुसारको परीक्षा सञ्चालन गर्न लागेको हो । यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख आनन्दकेशरी पौडेलले लिखित परीक्षा सकिएको भएपनि ‘ट्रायल’ परीक्षा कहिले हुन्छ भन्ने बारेमा अझै अन्यौल रहेको बताए ।
पूर्वाधार अभाव हु“दा चैत २६ गतेदेखि यातायात व्यवस्था कार्यालय लुम्बिनीले लाइसेन्सको परीक्षा सञ्चालन गर्न सकेको थिएन । नया“ मापदण्ड अनुसार लाइसेन्स परीक्षा सञ्चालन गर्नका लागि पूर्वाधारको काम अझै पुरा नभएको बताउ“दै ‘ट्रायल’ परीक्षा अनिश्चित बनेको उनको भनाइ छ । यातायात व्यवस्था कार्यालयले लाइसेन्सका लागि ४ दिन आवेदन खुला गर्दा करिब ६ हजार ५ सयले परीक्षाका लागि आवेदन दिएका थिए । यातायात व्यवस्था विभागले स्थानीय निकायसं“ग समन्वय गरी ‘ट्रायल’ का लागि पुर्वाधार निर्माण गर्न भनेपनि बुटवल नगरपालिकाले जग्गा उपलब्ध नगराउ“दा लामो समयसम्म ‘ट्रायल’ परीक्षा सञ्चालन हुन नसकेको हो । ड्राईभिङ स्कुल संघ र बुटवल नगरपालिकासं“ग समन्वय गरी जग्गा प्राप्त भएका कारण ‘ट्रायल’ परीक्षा सञ्चालन गर्न लागिएको उनले जनाए । कार्यालयले यसअघि देवीनगरको तिनाउ बगरमा लाइसेन्सको ट्रायल लिने गरेको थियो । सो जग्गा आफ्नो स्वामित्वमा नभएकाले पूर्वाधार निर्माणमा समस्या भएको थियो । ड्राईभिङ स्कुल संघले बुटवल नगरपालिकासं“ग जग्गा मागेको र त्यही जग्गा यातायात व्यवस्था कार्यालयले मागेपछि तिनाउ बगरमा नै  पुर्वाधार निर्माणको काम थालनी गरिएको उनले बताए । खासगरी अहिले पुर्वाधार निर्माण स्थलमा विजुली र सुरक्षाको समस्या भएको यातायात व्यवस्था कार्यालयले बताएको छ । ‘ट्रायल’ हुने स्थानमा सी.सी क्यामेरा जडान र ट्राफिक लाईट जडानको काम बा“की रहेको उनले बताए । ‘सी.सी. क्यामेरा जडान गरेपछि त्यसको रेखदेख कसले गर्ने ? सुरक्षाको समस्या छ, उनले भने ।’ त्यस्तै पुर्वाधार निर्माणको काम सम्पन्न भएपछि यातायात व्यवस्था विभागबाट प्राविधिकहरुले ‘ट्रायल’ लिने स्थान हेरेपछि मात्र परीक्षा सञ्चालन गरिने पोखरेलले बताए ।सोमबार सम्पन्न भएको लिखित परीक्षाको नतिजा आउन कम्तीमा पनि ९÷१० दिन लाग्ने र त्यसपछि मात्र ‘ट्रायल’ परीक्षा कहिले हुने भन्ने बारेमा जानकारी दिन सकिने पोखरेलले जानकारी दिए । नया“ पुर्वाधार निर्माणको काम सम्पन्न भएपछि विभागको स्वीकृति लिएर मात्र ‘ट्रायल’ परीक्षा सञ्चालन गर्न सकिने छ । यसका लागि यातायात व्यवस्था कार्यालयले यातायात विभागलाई पत्र पठाइसकेको छ । लामो समयसम्म मोटरसाईकल चालक अनुमपति पत्र ‘ट्रायल’ को परीक्षा सञ्चालन नहु“दा सेवाग्राहीहरुको संख्या बढीरहेको पोखरेलले जानकारी दिए । ‘अझै ‘ट्रायल’ परीक्षा सञ्चालन गर्न सकिएको छैन, सेवाग्राहीहरुले फर्म कहिले खुल्छ भन्दै फोन गरिरहेका छन्, उनले भने यसले पनि सेवाग्राहीरुलाई छिटो सेवा चाहिएको छ ।’ अहिले ‘ट्रायल’ परीक्षाका बारेमा बुझ्न दैनिक १ सय भन्दा बढी फोन आउने गरेको कार्यालयले जनाएको छ । सेवाग्राहीलाई छिटो सेवा चाहिएको भएपनि कार्यालयमा जनशक्ति कम हु“दा व्यवस्थापन गर्न नसकिएको कार्यालयको भनाइ छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.