ठेला व्यवसायीद्वारा विकल्प माग
विकाश पराजुली
बुटवल, मंसिर ११ ।
‘पतिको खुट्टा भाचिएको छ । प्लास्टर गरेको खुट्टा लिएर उनी घरमा आराम गरिरहेका छन्, स्कुले दुई छोरा छोरी पढ्न जान्छन् । उनीहरुको आयस्रोतको नाममा एउटा ठेला छ । ७ बर्ष देखि बुटवलको सडक किनारमा व्यापार व्यवसाय गर्दै आएकी लिला थापा त्यही फलफुल बेच्ने ठेलामा हुने व्यापारबाट आर्जन हुने रकमले परिवारको गुजारा चलाउथिन् । केटाकेटीको पढाई चलेको थियो ।
तर, गत छ महिनादेखि उनीहरुको गुजारा चलाउने माध्यम अलपत्र छ । सडक विस्तारसं“गै उनीहरुको आम्दानी हराएको छ । सडक अव्यवस्थित भयो भन्दै किनारका सबै ठेलाहरु हटाइएपछि थापा जस्ता सयौं सडक व्यापारीहरुको गुजाराको माध्यम हराएको छ । उनीहरु वैकल्पिक व्यवस्थाको माग गर्दै आएपनि कसैले सुनुवाई गरेको छैन । अहिले डो¥याउन मिल्ने साइकलमा टोकरी बा“धेर उनीहरुले व्यबसाय गर्दै आएका छन् । ठेलामा राख्दाजस्तो व्यापार साईकलमा लिएर डुलाउ“दा हुदैन । ‘मंहगी बढ्ेको छ, फुलफुलको मुल्य पनि त्यही अनुपातमा बढेको छ, त्यसैले पनि व्यापारमा कमी आएको छ’, उनले भनिन् ।
सडकलाई विस्तार गर्ने क्रममा सडक किनारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले अहिले बैकल्पिक स्थानको माग गर्दै शान्तिपुर्ण रुपमा व्यवसाय नै दर्ता गरी आन्दोलन गरिरहेका छन् । उनीहरुले संगठन नै बनाएर आन्दोलन गरिरहेका छन् । समितिका अध्यक्ष मोतिलाल कंडेलले वैकल्पिक ब्यवस्थाको माग सुनुवाई नभए कडा आन्दोलन गर्ने बताउ“छन् ।
बुटवलको मिलनचोक क्षेत्र, सडक डिभिजन तथा ईलाका वन कार्यालयमा उपयोग विहीन जग्गामा व्यापार गर्न अनुरोध गर्दा समेत सम्बन्धित निकायले चासो नदिएको बताउ“छन् ।
दोस्रो संविधान सभा निर्वाचन हुनुपुर्व यस क्षेत्रका सबै पार्टीका उम्मेद्वारहरुलाई भेटि बैकल्पिक स्थानको माग गरिदिन ज्ञापनपत्र बुझाएका थिए ।
अहिले विष्णु पौडेलबाट व्यवसायीहरुले केही आशा गरेको बताएका छन् । ‘हाम्रँे मागका बारेमा एक पटक विजयी उम्मेद्वारलाई भन्छौं, आशा छ, समस्याको समधान हुनेछ, अध्यक्ष कंडेलले भने ।
बुटवल नगरपालिका, ट्राफिक प्रहरी कार्यालय र व्यवसायीहरुबीच भएको त्रिपक्षीय सहमतिमा बैकल्पिक स्थानको खोजी गर्न कार्यदल गठन गर्ने भनेपनि त्यसो हुन अझै नसकेको समितिका सचिव शेषकान्त नेपालीले बताए । रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठकले ठेलाहरुलाई गरिखान कुनै न कुनै बिकल्प दिई रोजिरोटी गर्ने वातावरण बनाईदिन स्थानीय निकायसं“ग आग्रह गरे । ‘स्वरोजगारलाई बेरोजगार बनाउनु हु“दैन । सवैको सल्लाहबाट बिकल्प दिनुपर्छ उनले भने ।’ तर मुख्य राजमार्गमा भने व्यापार गर्नु त्यो नितान्तै गलत हुने उनले बताए ।
सब्जी मण्डीबाट तरकारी तथा फलफुल लिएर सिधै उपभोक्ताको घरसम्म पु¥याउने हु“दा एकै स्थानमा ठेला राख्नुभन्दा घुमाएर व्यापार गर्दा राम्रो हुने उनको तर्क छ ।


0 comments