रूपन्देहीमा २ सय १७ जनाको जमानत जफत



कुल सदर मत मध्येको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी रकम जफत हुने प्रावधान रहेको छ । रुपन्देहीमा कुल ३ लाख ८८ हजार ३ सय ७ मतदाता मध्ये ३ लाख १२ हजार ७ सय २१ मत खसेको थियो । जसमा सदर मत दुई लाख ९८ हजार ४ सय ८८ र बदर मतको संख्या १४ हजार २ सय ३३ मत बदर भएको थियो ।


बुटवल, मंसिर ९ । (मेसस) मंसिर ४ गते सम्पन्न भएको संविधानसभा चुनाबको नतिजा आउने क्रम अझै जारी छ । प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ता गराएका रुपन्देहीका अधिकांश उम्मेद्वारको जमानत नै जफत हुनेगरी पराजय भएको छ ।
रुपन्देहीमा २ सय १७ जना उम्मेद्वारको जमानत जफत भएको छ ।
गत असोज १७ गते राजनीतिक दल तथा स्वतन्त्र समेत गरी २ सय ४१ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । तीमध्ये तीन जनाले उम्मेद्वारी फिर्ता लिएका थिए । उम्मेद्वारले नागरिकताको प्रमाणित प्रतिलिपि, प्रस्तावक, समर्थकको नागरिकताको प्रमाणित प्रतिलिपिसहित ३ हजार रुपैया“ निर्बाचन कार्यालयमा जम्मा गर्नुपर्छ ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख तुलसीराम ज्ञवालीका अनुसार रुपन्देहीमा २५ जनाको मात्रै जमानत ब“चेको छ । जसमा ७ जना विजेतासमेत छन् । विजेता र प्रतिस्पर्धामा रहेका २५ जना बाहेक अरु सबैको जमानत जफत भएको कार्यालयले जनाएको छ । जमानत जफत भएकामा ठूला भन्दा साना र क्षेत्रीय दलका बढि छन् ।
रुपन्देहीको क्षेत्र नं. १ मा ९ जना स्वतन्त्रसहित ३३ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । जसमध्ये विजयी भएका कां“ग्रेसका अब्दूल रज्जाक तथा प्रतिस्पर्धी रहेका एमालेका छबिलाल विक र एमाओवादीका देवेन्द्रराज पाण्डेको मात्रै जामनत ब“चेको छ ।
त्यस्तै क्षेत्र नं. २ मा ६ जना स्वतन्त्रसहित ३८ जनाले उम्मेद्वारी दिएकामा विजेता राप्रपाका दीपक बोहोरा सहित प्रतिस्पर्धी रहेका एमालेका भरत पोखरेल, कां“ग्रेसका रामकृष्ण ताम्रकार, फोरम (लों) का देविप्रसाद चौधरी तथा स्वतन्त्रका सन्तोष पाण्डेको बाहेक अरु सबैको जमानत जफत भएको छ ।
क्षेत्र नं. ३ मा विजेता कां“ग्रेसका बालकृष्ण खां“णसहित निकटतम प्रतिद्वन्द्वी एमालेका घनश्याम भुषालबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको छ । उक्त क्ष्ँेत्रमा ७ जना स्वतन्त्रसहित ३७ जनाले उम्मेद्वारी दर्ता गराएको निर्बाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी क्षेत्र नं. ४ मा ११ जना स्वतन्त्रसहित ३२ जनाले उम्मेद्वारी दिएकोमा विजेता एमालेका विष्णु पौडेलसहित निकटतम प्रतिद्वन्द्वी का“ंग्रेसका सूर्यप्रसाद प्रधान र एमाओवादीका बाबुराम भट्टराईको बाहेक सबै उम्मेद्वारको जमानत जफत भएको छ । क्षेत्र नं. ५ मा विजेता कां“ग्रेसका भरतकुमार शाहसहित निकटतम प्रतिद्वन्द्वी एमालेका रामनाथ ढकाल र एमाओवादीका दधिराम न्यौपानेको बाहेक सबै उम्मेद्वारको जमानत जफत भएको छ । उक्त क्षेत्रमा ७ जना स्वतन्त्रसहित २७ जनाले उम्मेद्वारी दर्ता गराएका थिए ।
यसैगरी मर्चवार क्षेत्र नं. ६ मा ७ जना स्वतन्त्रसहित ३६ जनाले उम्मेद्वारी दर्ता गराएकोमा विजेता तमलोपाका महासचिव शर्वेन्द्रनाथ शुक्ला सहित अष्टभुजा पाठक र वसिउद्दिन खा“ बाहेक अरु सबै उम्मेद्वारको जमानत जफत भएको निर्बाचन कार्यालयले जनाएको छ ।
जिल्लामै सबैभन्दा धेरै २७ दलका उम्मेद्वारले प्रतिस्पर्धा गरेको क्षेत्र नं. ७ मा विजेता कमलेश पुरी गोस्वामी सहित मोहम्मद वकिल मुसलमान र फकरुद्दिन खानबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको छ । उक्त क्ष्ँेत्रमा ८ जना स्वतन्त्रसहित ३९ जनाले मनोनयन दर्ता गराएका थिए ।
नवलपरासीमा १ सय ५४ को
यसैगरी नवलपरासीमा उम्मेदवारी दिएका १ सय ७४ जना मध्ये १ सय ५४ जनाको धरौटी रकम जफत भएकोछ । कांग्रेस र एमालेले तिन तिन सिट जितेको जिल्लामा कांग्रेसका उम्मेदवार वाहेक एमाले र माओवादीका उम्मेदवारको पनि धरौटी जफत भएको छ ।
जसमा तमलोपाका ह्दयश त्रिपाठी बाहेक जिल्लामा उम्मेदवारी दिएका सवै मधेशवादी दलका उम्मेदवारहरुको धरौटी जफत भएको छ । धरौटी जफत हुनेमा अघिल्लो संविधान सभामा निर्वाचित सभासद, समानुपातिकका सभासद , पार्टीका केन्द्रिय सदस्य, र पूर्व मन्त्रि समेत रहेका छन् ।
धरौटी जफत हुनेमा अघिल्लो निर्वाचनमा मधेशी जनअधिकार फोरम नेपाल वाट निर्वाचति सभासद एंव पूर्व रक्षा राज्य मन्त्री रामबच्चन यादव, समानुपातिक तर्फ वाट राप्रपा वाट सभासद रहेका अलाउद्धिन अन्सारी छन् । दुवै जना क्षेत्र नं ५ वाट चुनाउ लडेका थिए । यादव फोरम लोकतान्त्तिक वाट र अंसारी तराई—मधेश सद्भावना पार्टी वाट चुनाउ लडेका हुन । त्यस्तै सद्भावना पार्टीका केन्द्रिय सदस्यद्धय सत्राजित यादव र कैलाश महतोको पनि धरौटी जफत भएकोछ । यादव क्षेत्र नं ४ र महतो क्षेत्र नं ५ वाट चुनाउ लडेका थिए । जिल्लाको क्षेत्र नं ४ र ५ वाट राप्रपा वाट चुनाउ लडेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एंव पूर्व आईजिपी समेत रहेका धु्रव वहादुर प्रधानको पनि दुवै ठाउं वाट धरौटी रकम जफत भएकोछ ।
जिल्ला वाट उम्मेदवारी दिएका ११ मधेशवादी दलहरु मध्ये तमलोपाका ह्दयश त्रिपाठी बाहेक अन्य सवैको धरौटी जफत भएकोछ । कांग्रेसका देवकरण जयसवाल वाट पराजित तमलोपाका त्रिपाठी चुनाउ लडेको क्षेत्र नं ६ वाट एमाले र माओवादीको समेत धरौटी जफत भएकोछ । क्षेत्र नं ६ मा एक तेश्रो लिङि सहित ३९ जनाले उम्मेदवारी दिएका थिए ।
त्यस्तै नेपाली कांग्रेसका विक्रम खनालले चुनाउ जितेको क्षेत्र नं ५ मा प्रतिस्पर्धि एमाले र तेश्रो स्थानमा रहेको थरुहट पार्टी र चौथो स्थानमा रहेको एकिकृत माओवादी वाहेक सवैको धरौटी रकम जफत भएकोछ । सो क्षेत्र वाट ३९ जनाले उम्मेदवारी दिएका थिए ।
त्यसैगरी एमालेका बैजनाथ चौधरीले चुनाउ जितेको क्षेत्र न. ४ मा नेपाली कांग्रेस,   स्वतन्त्र उम्मेदवार मध्येका तेश्रो स्थानमा रहेका गुणनिधि तिवारी र चौथो स्थानमा रहेको एकिकृत माओवादी वाहेक सवैको धरौटी रकम जफत भएकोछ । सो क्षेत्र वाट ३३ जनाले उम्मेदवारी दिएका थिए । त्यस्तै एमालेका जिवन श्रेष्ठ र कृष्ण पौडेलले चुनाउ जितेको क्षेत्र नं २ र ३ वाट नेपाली कांग्रेस र  एकिकृत माओवादी वाहेक सवैको धरौटी रकम जफत भएकोछ । क्षेत्र नं २ वाट बाईस र ३ बाट पच्चिस जनाले उम्मेदवारी दिएका थिए । (बा“की ४ पेजमा)
त्यसैगरी नेपाली कांग्रेसका डा. शशांक कोईरालाले चुनाउ जितेको क्षेत्र नं १ मा एमाले, एकिकृत माओवादी र राप्रपा बाहेक सवैको धरौटी रकम जफत भएकोछ । सो क्षेत्र वाट १६ जनाले उम्मेदवारी दिएका थिए ।
आफ्नो मत पनि अर्कैलाई
यसैबिच जिल्लामा सबैभन्दा बढि मत ल्याउनेमा क्षेत्र नं १ वाट नेपाली कांग्रेसका डा. शशांक कोईराला रहनुभएकोछ । उहाले ४०.३७ प्रतिशत मत ल्याउनु भएकोछ । त्यस्तै सोही क्षेत्र वाट स्वतन्त्र वाट उम्मेदवार दिनुभएका  रामुकान्त अर्यालको भने एक मत पनि नरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको । निर्वाचन चुनाव चिन्ह काईयो लिएर चुनाउ लड्नु भएका अर्यालले आफ्नो मत समेत अर्कैलाई दिएपछि उहाले प्राप्त गर्नु भएको मत संख्या शुन्य देखिएको हो ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.