बिवादका कारण १ सय ३२ केभीए प्रसारण लाइनको काम अवरुद्ध
- विकाश पराजुली
बुटवल । जोगीकुटीबाट लुम्बिनी मैनहीया १ सय ३२ केभीए प्रसारण लाइनको काम अवरुद्ध भएको छ ।
भैरहवा बुटवल ब्यापारिक मार्गको ग्रिनबेल्टबाट प्रसारण लाईन ल्याउन बेलहिया – बुटवल ब्यापारिक मार्ग विस्तार आयोजनासँग अनुमति मागेको थियो । तर सडक आयोजनाले बिभिन्न कारण देखाउदै अनुमति दिएको छैन । प्रसारण लाईन आयोजनाले स्वीकृतिका लागि ३ महिना अघि सडक आयोजनालाई पत्राचार गरेको थियो ।

सडक आयोजनाले पत्रको नवाफ नदिंदा काम अगाडी बढाउन नसकिएको बुटवल लुम्बिनी प्रसारण लाईन अयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो ।
ब्यापारिक मार्ग बिस्तार आयोजनाले भने सडक बिभागलाई बिधुतको पत्रबारे जानकारी गराएको दावी गरेको छ । भैरहवामा सञ्चालन हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज), गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, औद्यौगिक क्षेत्रको लागि १ सय ३२ केभीएको लाइन अति आवश्यक छ । प्रसारण लाईन बिस्तारको काम सम्पन्न गर्न कुल १ अर्ब २० करोड लाग्ने आयोजनाले बताएको छ ।
0 comments