बुटबलमा एक अर्बको खानेपानी योजना साकार बन्दै

बुटवल, चैत ४ - बुटवललाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन भन्दै थालिएको झुम्सा खानेपानी योजना सम्पन्न हुन अझै दुई वर्ष लाग्ने भएको छ। बुटवलबासीले लामो समयदेखि झुम्साको खानेपानी बुटवल ल्याई उपभोग गर्ने आशामा बसरिहेका छन्।
गत साउनमा आएको बाढीले खानेपानीको मुहानमा निर्माण गरिएको इन्टेक भत्काएपछि झुम्साको खानेपानी बुटवलमा ल्याउन अझै दुई बर्ष लाग्ने भएको हो। बुटवलको सर्वाधिक चासोको विषयक बनेको झुम्सा खानेपानी योजनाको बिहीबार पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रत्यक्ष अवलोकन गर्दै बुटवलमा छिटो खानेपानी योजना ल्याउन पहल गरिने बताए।
इन्टेक निर्माणपछि बाढीले भत्काएर क्षतविक्षत गराएको छ। इन्टेक निर्माणका क्रममा निर्माणपक्षको समेत चरम लापरबाही देखिएको छ। योजनाको मुख्य बाँधमा निर्माण गरिएको इन्टेकमा अत्यन्तै सानो छडको प्रयोग गरिएको छ। सामान्य घरमा प्रयोग गरिनेभन्दा कम इन्चको छड उक्त योजनामा प्रयोग गरिएको भन्दै पौडेलले इन्टेक भत्किनुको कारणबारे खोजबिन गर्नुपर्ने पौडेलले बताए।
त्यसक्षेत्रका स्थानीयको माग बाटो निर्माण, नदी व्यवस्थापन, पानीवापत दिने रोयल्टी र सिँचाइ प्रवर्द्धन सबै समस्या समाधान गरेर निर्माण अगाडि बढाउनुपर्ने उनले बताए। अहिले इन्टेक निर्माणका लागि चालु आर्थिक वर्षमा एक अर्ब विनियोजन भइसकेको भन्दै उनले अर्को वर्षमा नपुग हुन नदिने बताए।
बुटवलमा स्वच्छ खानेपानी छिटो उपलब्ध गराउन बजेटको अभाव नहुने भन्दै छिटो छरितो गुणस्तरीय काम गर्न उनले आग्रह गरे। बुटवलमा अहिले दैनिक दुई करोड लिटर खानेपानी वितरण भइरहेको अवस्थामा झुम्सा खानेपानी योजना सफलपछि दैनिक सवा तीन करोड लिटर पानी झर्ने छ। बुटवल खानेपानी संस्थानका प्रमुख मोहनदत्त भट्टले पहिले स्थानीयका माग पूरा गर्नुपर्ने आवश्यकता रहेको बताए।
कर्मचारीको अभावका कारण पनि समयमानै काम सम्पन्न गर्न नसकिएको उनको भनाइ छ। झुम्सा खानेपानी योजना सफल भएपछि ५०÷६० वर्षका लागिका लागि पानीको समस्या बुटवलमा नुहने बताइएको छ। झुम्साको खानेपानी मुहानदेखि बुटवल रामफेदीसम्म १२ किलोमिटर क्षेत्रमा पाइपसमेत बिच्छाइएको छ। त्यसमा अहिलेको आवश्यकता हेरिकन झुम्सा पुलदेखि बुटवलसम्म २० इन्चको पाइपसँगै १० इन्चको पाइप बिछ्याउने बुटवल खानेपानी संस्थाले जनाएको छ।
सिस्ने खानेपानी योजना असफल भएपछि झुम्सा खानेपानी योजना थालिएको छ। खानेपानीको मुहानमा इन्टेक निर्माणपछि ट्रान्समिसन पाइप बिछ्याइने छ भने पानी प्रशोधन झुम्सा पुल र मुहानको बीचमा निर्माण गरिनेछ।
पाल्पा जिल्लाको साविक कोलडाडा र दोभान गाविसमा रहेको फिरफिरे घाटबाट बुटवलमा स्वच्छ खानेपानी ल्याउने गरी उक्त योजना अगाडि बढेको हो।
0 comments