लुम्बिनीमा लाखौँ विदेशी मुद्रा साटिएन
विकास पराजुली ।
बुटवल ।
नेपाल राष्ट्रबैंकले सटही नगर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा चढाइएको लाखौं विदेशी मुद्रा अलपत्र परेको छ । राष्ट्रबैंकले २५ देश बाहेक अन्य देशको मुद्रा सटही नगर्ने भएका कारण विभिन्न देशबाट आउने पर्यटकहरुले चढाएको मुद्रा त्यसै थन्किएको लुम्बिनी विकास कोषले जनाएको छ ।

राष्ट्र बैंकले ९१ देशमध्ये २५ देशको मुद्रा मात्रै सटही गर्ने भएका कारण अन्य ६६ देशको मुद्रा कोषमै थन्किएको कोषका सदस्य सचिव अजितमान तामाङले बताउनु भयो । विगत १२ वर्ष देखि लुम्बिनी स्थित मायादेवी मन्दिरमा दान पेटी राखिए देखि नै पर्यटकले चढाएको मुद्रा नसाटिएको तामाङको भनाई छ ।
नसाटिएका बिदेशी मुद्रा अलग अलग कपडामा बाधेर राखिएपनि रकम कति छ भन्ने थाहा छैन ।
नसाटिएको मध्ये सबैभन्दा धेरै श्रीलंका, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम र लाओस लगायतका मुलुकका मुद्रा रहेका कोषले जनाएको छ । चीनियाँ र भियतनामी मुद्रा नेपालमा सटही भएपनि ति देशले नयाँ चलनचल्तीमा ल्याएपछि सटहीमा समस्या भएको छ ।

विदेशी मुद्रासँगै नेपाली सिक्का सटहीमा समस्या भएको कोषका सदस्य सचिब तामाङले बताउनु भयो । उहाँका अनुसार मन्दिर भित्र चढाईएका एक र दुई रुपैयाका ७ क्विन्टल नेपाली सिक्का समेत सटही भएको छैन् ।
सिक्का गहु्रङगो हुने र टाढाको बैंकमा लैजादा साट्ने रकमभन्दा ढुवानी भाडा महंगो पर्ने भएकोले पनि समस्या भएको उहाँले बताउनु भयो । कोषले वार्षिक ४ करोड भन्दा बढि रकम आम्दानी गर्दै आएको छ ।
0 comments