हाइटेन्सन विद्युत्का पोल परिवर्तन हुने
विकास पराजुली
बुटवल । बुटवल–१० स्थित कालिकानगर अभियानपथ हुँदै योगिकुटी गएको हाइटेन्सन लाइनका विद्युतीय पोल परिवर्तन हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलले एकसाताभित्रै विद्युत् पोल परिवर्तन गर्ने भएको छ ।

क्षेत्रीय कार्यालय बुटवलका निमित्त प्रमुख युवराज आचार्यले स्थानीयले त्यस क्षेत्रबाट हाइटेन्सन लाइन लैजान नदिने भन्दै अवरोध गरेपछि ठेकेदारले काम गर्न नपाएको र विवाद मिलेकाले छिट्टै काम सुरु हुने बताउनुभयो । जनता टेलिभिजनको अनलाइन संस्करण जनता समाचार डट कममा विद्युत्का पोलले धराप पारेको समाचार प्रकाशन गरेपछि विद्युत् कार्यालयले त्यसको समधानमा अग्रसरता देखाएको हो ।
चौराहादेखि योगिकुटीसम्मका करिब दुई किलोमिटर सडकखण्डका २५ भन्दा बढी पोल ७५ प्रतिशत भाग खिया लागेर भाँचिने अवस्थामा पुग्दा समेत २ वर्षदेखि फेरिएको थिएन ।
0 comments