रुपन्देहीमा थप भएका स्थानिय तह यस्ता छन !


विकाश पराजुली
बुटवल, १० जेठ । 

सरकारले रुपन्देही जिल्लामा स्थानिय तहको संख्या थप गरी १९ वटा पुराएको छ । मन्त्रीपरिषद्को निर्णयले रुपन्देहीमा थप ३ गाउपालिका र २ नगरपालिका थप गरेको हो । साविकको कञ्चन गाउपालिका केन्द्र रहनेगरी. कञ्चन गाउपालिकालाई नगरपालिकामा कायम गरेको छ । त्यसैगरी कोटईमाई गाउँपालिकाको वडा नं. ६ र ७ मा रहेको साविक बोगडी गाविसको वडा नं. १, २, ३ र ४ लाई मर्चवारी गाउपालिकाको वडा नं. १ र साविक बोगडि गाविसको वडा नं. ५, ६, ७, ८ र ९ लाई मर्चवारी गाउपालिकाको वडा नं. २ कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै. मर्चवारी गाउपालिकाको वडा नं. ५, ६ र ७ लाई क्रमस वडा नं. ३, ४ र ५ कायम गर्ने, मर्चवारी गाउपालिकाको वडा नं. १, २, ३ र ४ लाई सम्सरीमाई गाउपालिकामा समावेस गरी क्रमस वडा नं. ५,४, ३ र ६ कायम गर्ने निर्णय भएको छ । त्यस्तै. मायादेवि गाउपालिकाको वडा नं. २, ३, ४, ५, ६, ७ र ८ लाई समाबेश गरी मायादेवि नगरपालिका कायम गर्ने बताईएको छ । त्यसको केन्द्र साविक मायादेवि गाउपालिकाको कार्यालयं रहनेछ । 
त्यस्तैगरी रोहिणी गाउपालिकाको वडा नं. १ लाई ओमसतिया गाउपालिकाको वडा नं. ५ कायम गर्ने, ओमसतिया गाउपालिकाको वडा नं. ५ लाई रोहणी गाउपालिकाको वडा नं. १ कायम गन बताइएको छ । राहिणी गाउपालिकाको वडा नं. ३ मा रहेको साविक धकधई गाविसको वडा नं. ४, ७, ८ र ९ लाई रोहिणी गाउँपालिकाको वडा नं. २ र वडा नं. १, २, ३, ५ र ६ लाई वडा नं. ३ कायम गर्ने निर्णय भएको छ । रुपन्देही जिल्लामा स्थानिय तह थप्नुको साटो बुटवललाई महानगर बनाउनुपर्नेमा यहाँको स्थानियहरुको जोड रहेपनि महानगर भने बन्न नसकेकोमा यस क्षेत्रका स्थानियहरुले गुनासो गरेका छन ।
त्यसैगरी रोहिणी गाउँपालिकाको वडा नं. २ र ७ लाई क्रमस वडा नं. ४ र ५ कायम गर्ने बताइएको छ । त्यस्तै शुद्धोधन गाउपालिकालाई नगरपालिका कायम गरिएको छ । नगरपालिकाको केन्द्र साविक शुद्धोधन गाउपालिकाको कार्यालय रहने छ ।  सम्मरीमाई गाउपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ लाई क्रमश वडा नं. १, २, ३, ४ र ५ कायम हुने गरी समयमाई गाउपालिका थप गरिएको छ । समयमाई गाउपालिकाको केन्द्र साविक फरेना गाविस कार्यालय रहनेछ ।
देवदह नगरपालिकाको वडा नं. १२ लाई महाव गाउपालिकाको वडा नं. १ ओमसतिया गाउपालिकाको वडा नंं ६ लाई वडा नं. २ रोहिणी गाउपालिकाको वडा नंं ४, ५ र ६ लाई क्रमश वडा नं. ३, ४ र ५ कायम हुने गरी महाव गाउपालिका थप गरिएको छ । जसको केन्द्र साविक छिपागढ गाविस कार्यालय तोकिएको छ ।
त्यसैगरी गैडहवा गाउपालिकाको वडा नं. ६, ७, ८ र ९ तथा मायादेवी गाउपालिकाको वडा नं. १ लाई क्रमश वडा नं. १, २, ३, ४ र ५ हुने गरी किसान गाउपालिका थप गरिएको छ । यस गाउपालिकाको केन्द्र साविक सुर्यपुरा गाविसको कार्यालय तोकिएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ६ रहेको साविक तिलोत्तमा वडा नं. ७ र ८ मध्ये ८ नं. वडालाई वडा नं. १८ र वडा नं. १७ मा रहेको साविक तिलोत्तमा वडा नं. २२,२३ र २४ मध्ये वडा नं. २४ लाई वडा नं. १९ कायम गर्ने निर्णय गरिएको छ ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.