किसानलाई अनुदानमा धानको बीऊ


विकास पराजुली
बुटवल, जेठ १०– धान खेतीका लागि उर्बर भूमिको रुपमा परिचित रुपन्देहीमा अनुदानको धानको बीऊ वितरण सुरु भएको छ।
धानको बीऊ राख्ने समय सुरु भएकाले किसानका लागि अनुदानको धानको बीऊ वितरण सुरु गरिएको हो।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार ४० प्रतिशत अनुदान सम्म धानको बीऊ वितरण भएको छ। कार्यालय प्रमुख भोजराज सापकोटाले जिल्लामा बर्खेधानका लागि २ सय ७० मेट्रिकटन धानको बीऊ अनुदानमा वितरण गर्न लागिएको जानकारी दिए।
धानको बीऊ राख्न जेठको अन्तिमसम्म पनि उचित भएकाले साता दिन अघि देखि अनुदानमा बीऊ वितरण गरिएको उनको भनाई छ।
रुपन्देहीमा यस वर्ष जिल्ला कृषि विकास कार्यालयले ५ वटा बीऊलाई मात्र अनुदान दिएको छ। साभा सव १, राम धान, सुख्खा ३, सुख्खा ६ र सोर्ण सव १ धानको बीऊ मात्र अनुदानमा वितरण गरिएको सापकोटाले जानकारी दिए। त्यसमध्ये सुख्खा ६ नयाँ जातको धानको बीऊ हो ।
साभा सव १ धानको बीऊलार्ई प्रतिकेजी अनुदानमा ३१ रुपैयाँ ६८ पैसा र बाँकी सबै धानको बीऊलाई अनुदानमा २८ रुपैयाँ ९८ पैसामा  वितरण गरिएको हो। प्रति किसानले ३ विघा क्षेत्रफलमा चाहिने धानको बीऊ अनुदानमा पाउन सक्नेछन। 
गत वर्ष ३ सय ५० मेट्रिक टन धानको बीऊ अनुदानमा वितरण गरेको गरिएको थियो।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.