२० बर्षपछि घर जग्गा गायब हुँदा चिन्तित

jamin-certificate-butwal


२०७२ सालमा किनेको जग्गाको रजिष्ट्रेशन पास गरेको लिखत प्रमाण
बुटवल १२ चैत । जग्गा किनेर घर बनाएको झण्डै २ दशक पछि घरजग्गा हराएकोमा साबिक मक्रहर ३ एवं हाल तिलोत्तमा नपा १३ का जगत बहादुर आले चिन्तित बनेका छन ।
बिसं २०५२ सालमा रजिष्टे«शन पास गरि जग्गा किनेर केही बर्षपछि घर निर्माण गरि बस्दै आएका आलेको घरमा तुरुन्त घर बहाल बुझाई घर खाली गर्न समेत उल्लेख गरिएको पत्र आएपछि खंग्रंगै भए । तत्कालिन अवस्थामा खरिद गरि रजिष्ट्रेशन पास गरेको र घर निर्माण गरि झण्डै दुई दशक पछि आफुलाई घरजग्गा धनी भन्ने हिरादेबी सुनारनीको नामबाट लिखित पत्र आएपछि आले यहाँका सहित ३ परिवार बिखलबन्दमा परेका छन ।
सोही स्थान बस्ने चन्द्र बहादुर सुनारी मगर, हर्कबहादुर गुरुङ्ग र गमाया गुरुङ्गलाई समेत सोही ब्यहाराको पत्र आएकोले स्थानियले बिभिन्न शंका उपशंका गर्न थालेका छन । यहाँ ठुलै चलखेल भएको र यसमा ठुलै भुमाफिया समुहको हात रहेको आशंका स्थानियले गरेका छन । यसमा ठुलो षडयन्त्र भएको छ, नत्र २० बर्ष अघि एक पटक रजिष्ट्रेशन भएको जग्गा पुनः कसरी बिक्रि पट्टा भयो उनिहरु प्रतिप्रश्न गर्छन ।
तत्कालिन अवस्थामा स्थानिय गाँठे थारु भन्ने बहादुर थारुकी पत्नी जिउनी थरुनीको नाममा रहेको सो २ कठ्ठा पौने नौ धुर जग्गा ३ भाग गरि क्रमश आले, गुरुङ्ग र सुनारी मगर गरि ३ जनाले रजिष्ट्रेशन पास गरि लिएका थिए । सोही जग्गा करिब २० बर्षपछि २०७२ साल जेष्ठ ६ गते सोही तत्कालिन जग्गा धनी जिउनी थारुको नामबाट हिरादेबी सुनारनीको पुनः रजिष्ट्रेशन पास भएर गएको छ ।
आलेका अनुसार घरभाडा गराई घर खाली गरिदिने बारेको पत्र आएपछि स्थानिय निकायमा हारगुहार र अनुनय बिनय गर्न पुगेको भएपनि कतै सुनुवाई नभएपछि न्यायका लागि संचारकर्मीसंग आग्रह गरिएको हो । आले भन्छन— हामी त तिनचित खाइयो यो चिठि देखेर । पहिले नगरपालीकामा सम्पर्क राख्दा मालपोत कार्यालय पठाईयो, मालपोतले नापी कार्यालयतिर सोझाईदियो, नापीले पनि केही गर्न नसकिने बताएपछि जिल्ला प्रसासनको शरणमा पुग्यौँ । तर त्यहाँबाट पनि न्याय पाइएन अव हामी कहाँ जाने । सिडियो सापलाई भेटेनौं, सहायक सिडियोले असहयोग गर्नु भयो, भुमाफियाकै पक्षमा कुरा गर्नु भयो अनि हामी त अन्यौलमा परयौं अक्क न बक्क भैयो—उनले भने ।
स्थानिय बुद्धिजिवि कृष्ण पौडेलका अनुसार तत्कालिन अवस्थामा बाटो सानो भएको पछि भैलुभुज परियोजनाले बाटो बिस्तार गरेपनि लगत कट्टा नगरेका कारण नक्सामा सो जग्गा बाँकी देखिएकोले खाली जग्गाका रुपमा नक्कली बिवरण बनाई बिक्रि भएको हो ।
नक्कली कागजात बनाई जालसाजी र ठगी गरि गरिएको उक्त कार्यको छानबिन हुनु पर्ने र दोषीलाई कारबाही हुनेपर्ने धारणा पौडेलको छ । हर्कबहादुर गुरुङ्ग लगाएतका केही स्थानिय भुमाफिया, केही सरकारी कर्मचारी, तत्कालीन जग्गा धनी र दलालहरुको मिलोमतोमा सो कार्य भएको स्थानियहरुको दावी छ ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.