राष्ट्रिय भलिवलको उपाधि नेपाल पुलिस क्लवलाई

- विकाश पराजुली
बुटवल, चैत २२ ।

 प्रथम रामनाथ ढकाल स्मृतिकपको उपाधी नेपाल पुलिस  क्लबले हात पारेको छ ।
 नेकपा एमाले रुपन्देही क्षेत्र नं. ५ को आयोजनामा सालझण्डीमा सम्पन्न राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल आर्मीलाई ३–२ को सेटले हराउँदै पुलिसले उपाधि रक्षा गर्यो । 
निकै प्रतिस्प्रधात्मक बनेको फाइनल खेलमा नेपाल पुलीस क्लबले २५–१९, २५–१० र १५–७ को सेटमा आर्मिलाई पराजीत गरेको थियो । 
उपाधि रक्षा सँगै नेपाल पुलिसले नगद १ लाख १ हजार १ सय सहित कप, मेडल र प्रमाण पत्र हात पार्यो । त्यस्तै द्धितिय बनेको नेपाल आर्मीले नगद ५१ ह्जार १ सय सहित कप, मेडल र प्रमाण पत्र हात पार्यो । तृतिय भने पश्चिमाञ्चल टिम भयो । विभागिय टिम एपिएफलाई हराउँदै पश्चिमाञ्चल टिम तृतिय भएको हो । तृतिय भएको पश्चिमाञ्चलले नगद ३१ हजार १ सय सहित कप मेडल र प्रमाण पत्र हात पारेयो । विजयी टिम तथा खेलाडिलाई पुर्व मन्त्री एवं एमाले सचिव प्रदीप ज्ञवाली, एमाले केन्द्रीय सदस्य लिला गिरी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल लगाएतले पुरस्कार वितरण गरे ।

नेपाल आर्मीलाई पराजित गर्दै राष्ट्रिय भलिवलको उपाधि सँगै सामुहिक तस्वीर खिच्दै नेपाल पुलिस क्लवका खेलाडिहरु
तस्वीरः विकाश पराजुली

े  

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.