सामान्य नियम पनि पालना नगर्ने सवारी साधनलाई कारबाही सुरु
– विकाश पराजुली
बुटवल, ११ चैत । सामान्य नियम पनि पालना नगरी जथाभावी रुपमा सवारी चलाउने चालकलाई पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले कारबाही सुरु गरेको छ ।
बुटवल, ११ चैत । सामान्य नियम पनि पालना नगरी जथाभावी रुपमा सवारी चलाउने चालकलाई पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले कारबाही सुरु गरेको छ ।
सडक तथा फुटपाथबाट हिड्ने त्यस्ता सवारी साधनलाई प्रहरीले कारबाही सुरु गरेको हो । पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी प्रकाश अधिकारीले जथावावी रुपमा बाटो काट्दा तथा सामान्य ट्राफिक नियमको पालना नगर्दा दुर्घटना हुन सक्ने भन्दै त्यस्ता सवारी साधनलाई कारबाही सुरु गरेको बताए ।
फुटपाथबाट मोटरसाईकल हुईकाउँने, जेव्राक्रश बाटै सवारी घुमाउने र गति सिमिति तथा पार्किङ निषेधमा पनि पार्किङ गर्ने २९ सवारीलाई पहिलो दिनमा नै कारबाही गरेको उनले बताए ।
यसरी कारबाही पर्नेमा सवैभन्दाबढि मोटरसाईकल र ई–रिक्सा रहेका छन् ।
“पैदल यात्रीहरुले बाटो काट्ने स्थानबाट सवारीले बाटो काट्दा पैदलयात्रीलाई झन असहज भयो, त्यसैले सडक लेन तथा ट्राफिक लेन पालना नगर्नेलाई कारबाही गर्न लागिएको हो” एसपी अधिकारीले भने । उनले पैदलयात्रीहरुले पनि जेव्रा क्रसबाट बाटो नकाटेको भन्दै पैदलयात्रीहरुलाई सचेतना जगाउने बताए ।
“नजिकै जेव्राक्रश हुँदा पनि बीच बाटोबाट पैदलयात्रीहरु बाटो काट्छन यसो हुँदा दुर्घटनाको सम्भावना बढ्छ, त्यसैले हामी सचेतनाको कार्यक्रम ल्याउँदै छौ ।” उनले भने ।
प्रहरीले विहिबार मात्र कारबाहीमा परेका २९ सवारीबाट ७ हजार ७ सय राजश्व संकलन समेत गरेको छ ।
0 comments