एभरेष्टमा बालक मृत्यु प्रकरणः यो आत्महत्या होईन् “हत्या” नै हो

amirta chaudari
– विकाश पराजुली
बुटवल, १२ चैत । बुटवल १० सुख्खानगरमा रहेको एभरेष्ट उच्च माविमा फागुन १३ गते घटेको घटना अझै साम्य भएको छैन् ।
फागुन १३ गते विद्यार्थी अनिल चौधरीले विद्यालय भित्र छात्रावासमै “आत्महत्या” गरेको भनिएपनि पीडित पक्षले भने त्यसलाई “हत्या” भएको भन्दै छानविनको माग गरेको छ ।
विहीबार पिडित पक्ष तथा विभिन्न मानवअधिकारकर्मीहरुको सँगैको आयोजित पत्रकार सम्मेलनमा मृतक अनिलका बुवा दिनानाथ चौधरीले छोराको “आत्महत्या” नभई “हत्या” भएकाले सत्यतथ्य छानविन भई कारबाहीको माग गरे । उनले छोराको घटनाका विषयमा प्रहरी प्रशासन तथा विद्यालय गम्भिर नभएको भन्दै दोषिलाई कारबाही र पिडित परिबारलाई न्याय दिलाउन आग्रह गरे ।
अनिलले फागुन १३ गते विद्यालयको छात्रावासमा सिरकको खोल च्यातेर बाथरुममा आत्महत्या गरेका थिए । अनिलका बुवा दिनानाथले स्कुलको जिम्मामा छोरालाई छाडेपनि विद्यालयले लापरबाही गरेको आरोप लगाए । उनले भने–“घटना राति ९ बज्यो घट्यो तर शवलाई ११ बजे मात्र किन अस्पताल लगियो” प्रश्न गरे । उनले प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै आफूहरुले हुलाकबाट पठाएको बताए ।
Butwal
विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले घटना हुँदाको दिन आफू विद्यालयमा नभएको र होस्टेल वार्डन पनि बिदामा रहेको बताए । उनले पछि बुझ्दा बाथरुममा झुण्डीएर आत्महत्या गरेको र अस्पताल लगेपछि आफू सिधै राति ११ बजे अस्पतालमा आएको बताए । “हामीले त्यहि बेलामै पीडितसँग घटनाको जानकारी गरायौ, शवको पोष्टमार्टम र शंका लागेमा अनुसन्धानका लागि तयारी थियौ, र छौ” उनले भने–“यदि दोषि कोही छ भने अनुसन्धान गरी कारबाही हुनुपर्छ ।”
यता ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको र पोष्टमार्टम रिपोर्टमा पनि आत्महत्या नै हो भनि प्रमाणित भएको बताए ।
उनले पहिले नै मौखिम रुपमा पोष्र्टमार्टम गर्नुपर्दैन, हामीले शव बुझ्छौ पीडितले भनेपनि हामी आफैले शवलाई पोष्टमार्टम गर्नुपर्छ भनी पोष्टमार्टमका लागि शव लगेको बताए ।
उनले केही समय पछि घटना शंकास्पद लागेको भन्दै किटानी जाहेरीका लागि आएपनि घटनाको यतिकै पनि २ बर्ष अनुसन्धान हुने र पहिले त्यस्तै शंकास्पद केही नभएको आफै पीडितले बताएपछि किटानी जाहेरी लिने कुनै आधार नभएकाले जाहेरी दर्ता नगरेको बताए । उनले भने–“पहिले पर्दैन भन्नुभयो, पछि किटानी हुलाकबाट पनि आएको थियो ।”
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय बुटवलका चन्द्रकान्त चापागाईले घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने बताए । उनले आफूहरु कहाँ पनि जाहेरी लिएर पीडित आएको बताए ।
प्याव्सन रुपन्देहीका उपाध्यक्ष लालहरी पाण्डेले दोषिलाई कारबाही हुनुपर्ने र त्यसका लागि पीडित पक्ष तथा विद्यालय दुवैलाई सहयोग गर्ने बताएका थिए 

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.