रुपन्देहीमा पहिलोपटक ३० हेक्टर क्षेत्रफलमा चैते धान लगाईदै

Chite-dhan-ropai
– विकाश पराजुली
बुटवल, १५ चैत । रुपन्देही पहिलोपटक चैते धानको खेती यस बर्षदेखि सुरु गरिएको छ ।
धानखेतीमा पकट क्षेत्र मानिने रुपन्देही जिल्लामा यसअघि असार महिनामा मात्र धान रोपाई गरिने गरिन्थ्यो तर यस बर्ष देखि जिल्लाका विभिन्न स्थानमा चैते धान लगाउन सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।
यसबर्ष ४५ विगाहा खेत अर्थात ३० हेक्टर क्षेत्रफलमा धान लगाउन सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले जानकारी दिए ।
“जिल्लामा पहिलो पटक यो चैते धान रोपाई सुरु गरिएको हो”, सिक्टह्न ७ छोट्की गुम्मीमा सामुहिक बहुउद्देशिय कृषि उपज तथा वितरण समुह द्वारा आयोजित चैते धान रोपाई कार्यक्रमा उनले भने ।”
कृषि विकास कार्यालयले गत महिना मात्र चैते धान लगाउने कृषकका लागि अनुदानमा करिव १५ क्यिुन्टल विउ वितरण गरेको थियो । हर्दिनाथ–१ र चैते–२ नामक उन्नत जातको वीउ वितरण गरेको हो । सोमबार सिक्टह्नमा आयोजित धान रोपाई कार्यक्रममा उनले पानी सञ्चीत हुने जमिन खाली नराख्न सवैलाई आग्रह गरे ।
उनले भने–“सरकारले यस बर्ष देखि धानको उत्पादनमा बृद्धि गराउन तराईका १३ जिल्लाहरुमा बृहत्तर धान उत्पादनको कार्यक्रम लागु गरेको छ, त्यही कार्यक्रम अन्तर्गत रुपन्देहीमा पनि सुरु गरिएको हो ।”
रुपन्देही सँगै झापा, मोरङ, सुनसरी, सर्लाही, पर्सा, दाङ, कपिबस्तु, बारा, बर्दिया, कैलाली, बाँके, कञ्चनपुर जिल्लामा पनि चैते धान लगाईदैछ । जिल्ला कृषि विकास कार्यालयले आगामी बर्ष करिव १ सय हेक्टरमा धान खेती लगाउने योजना बनाएको छ । तर त्यसका लागि किसानहरुलाई एक हेक्टर क्षेत्रफलको लागि ५ हजार रुपैया सम्म अनुदान दिने, धान रोप्ने र गाड्ने मेसिन भित्राउने कार्यालयको योजना छ । सापकोटाका अनुसार सरकारले आगामी तीन बर्ष सम्म ३ लाख हेक्टरमा चैते धान खेती गरी बढ्दो धान आयातलाई कम गराउने योजनामा लागेको छ ।
रुपन्देहीमा चैते धान १७ गते सम्म सकिसक्नुपर्ने भएपनि अहिले सम्म जम्मा ७० प्रतिशत खेतमा धान रोपाई भएको बताए । रुपन्देहीमा यस बर्ष करिव ५ टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
सिचाई सुविधान नहुँदा धेरै क्षेत्रमा चैते धान लगाउन नसकिएको सापकोटाले बताए । बढ्दो खाद्यय संकट कम गरी उत्पादनलाई बृद्धि गर्न धान उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाई छ । अहिले सम्म १२ जिल्लाको करिव १ लाख १२ हजार हेक्टरमा चैते धान खेती गरिदै आएको छ ।
चैते धान रोपाई कार्यक्रम सम्पन्न
यसैगरी जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको आयोजनामा रुपन्देहीको सिक्टहनमा पहिलो पटक ‘सामुहिक बहुउदेश्यि कृषि उपज तथा वितरण समुह’मा चैते धान रोपाई कार्यक्रम गरिएको छ ।
butwal-ropai
सोमबार एक औपचारिक कार्यक्रमको आयोजना चैते धान रोपाई सुभारम्भ गरिएको हो । ‘सामुहिक बहुउदेश्यि कृषि उपज तथा वितरण समुह’का अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि बरिष्ठ कृषि विकास अधिकृत सापकोटाले नेपाल लाई धानमा आत्मनिर्भर बनाउनको लागि यो अभियानको सुरुवात गरिएको जानाकारी गराएका थिए ।
उनले नेपाल सरकार कृषि मन्त्रालयको केन्द्रीय कार्यक्रम अनुसार देशभरका १३ जिल्लाहरुमा चैते धान विकास कार्यक्रम अगाडी बढाइएको जानकारी दिए । कार्यक्रममा बोल्दै युवा संघ नेपाल कृषि तथा बन पैदावार विभागका प्रमुख देवराज पोखरेलले अवको बाटो भनेको कृषिको बाटो भएको भन्दै कृषिबाट नै परिर्वतन संभव भएको बताएका थिए । कार्यक्रममा समुहका उपाध्यक्ष नवराज फुल्लेले स्वागत मन्तव्य राखेका थिए भने बरिष्ठ पत्रकार तथा विविसी नेपाली सेवाका संवाददाता माधव नेपाल, जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालि विकास अधिकृत विनोद ज्ञवाली लगायतले बोलेका थिए ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.