मालपोत कार्यालय बुटवलमा बिचौलियालाई भ्याईनभ्याई
– विकाश पराजुली
बुटवल, १८ चैत । दिउँसोको ४ बजेको छ, एक व्यक्ति हतार– हतार एउटा घर– अर्को घर दौडिरहेका छन् । भुईमै झर्ने गरी ५, ७ वटा फाईलहरु हातमा लिइएका व्यक्ति आफ्नो काम आजै नसकिने हो भन्ने चिन्ताले दौडिएका हुन भन्न ग्राहो छैन । पछि अर्का व्यक्ति सहयोगीको भुमिका निर्वाह गर्ने वाहाना बनाइरहेका छन् ।
बुटवल, १८ चैत । दिउँसोको ४ बजेको छ, एक व्यक्ति हतार– हतार एउटा घर– अर्को घर दौडिरहेका छन् । भुईमै झर्ने गरी ५, ७ वटा फाईलहरु हातमा लिइएका व्यक्ति आफ्नो काम आजै नसकिने हो भन्ने चिन्ताले दौडिएका हुन भन्न ग्राहो छैन । पछि अर्का व्यक्ति सहयोगीको भुमिका निर्वाह गर्ने वाहाना बनाइरहेका छन् ।
कुनै चलचित्रको पटकथा लाग्ने यो घटना कुनै चलचित्रको नभई बुटवलमा रहेको नेपाल सरकार भुमि सुधार तथा व्यवस्था मन्त्रालय, भुमि सुधार तथा व्यवस्थापन विभाग अन्तर्गत मालपोत कार्यालय बुटवलको हो ।
रुपन्देहीको सालझण्डी घर भएका अमित चौधरी जग्गा पास गर्न विहानै कार्यालय आएपनि काम नसकिने भएपछि उनी हतारोले निकै दौडधुपमा थिए । यता सहयोगिले काम छिट्टै फत्ते गरिदिने भन्दै उनको अघि पछि गरिरहेका थिई । “विहानै आएको हुँ, अहिले सम्म काम सकिएको छैन्, कसैको सहयोग विना केही काम पनि नहुदो रहेछ” लालपुर्जा देखाउँदै उनले भने ।
दुईवटा भवनमा जाने र आउने १० पटक भन्दा बढि गरेको बताउने अमित चौधरीले १/२ रुपैया हातमा नथमाईदिदा सम्म सामान्य काम कसैले पनि नगर्ने बताए । “हामीहरु लाईनमा बसेपनि फाईल खोज्नेले खोजिदैनन् १/२ सय दिनेहरुको फाईल आफै भित्र गएर ल्याउने गर्छन, कार्यालयमा बेथिती छ” उनले भने ।
उनी मात्र हैन मालपोत कार्यालयमा आउने अधिकाशंहरुले विचौलियाको भ्याईनभ्याईले सेवाग्राही मर्कामा पर्ने गरेको गुनासो गरेका छन् । बुटवल १५ सेमलारका मनोज ज्ञवालीले पैसा नहुँदा सम्म केही काम नबन्ने आम मानिसको धाराणा भइसकेकाले काम छिटो गर्न पनि १÷२ रुपैया सेवाग्राहीले दिने गरेको स्वीकार गरे । उनले भने–“दिनभर काम नबन्नु भन्दा खल्तीमा यसो राख्दिए काम बन्छ, के गर्ने मानिसलाई जहिले पनि हतार फेरी, त्यसैले दिने गर्छन ।”
यता मालपोत कार्यालय बुटवलका निमित्त प्रमुख माधव घिमिरेले आफुहरु कहाँ त्यस्ता गुनासा सेवाग्राहीले नल्याएको भन्दै यदि त्यसो भेटिएमा कारबाही गरिने बताए । उनले कार्यालयको अवस्थाका कारण पनि आफुहरुलाई धेरै जटिलता उत्पन्न भएको भन्दै आफ्नै कार्यालय भएमा अहिलेका अधिकांश समस्या समधान हुने बताए ।
उनले घरयासी प्रयोजनको भवनलाई कार्यालय बनाउँदा धेरै नै समस्या भएको भन्दै यसको व्यवस्थापन हुन सके अहिले नै भएका समस्या मध्ये ५० प्रतिशत सेवाग्राहीका गुनासा कामहुने बताए । कार्यालयमा आउने सेवा ग्राहीले पानीको उचित व्यवस्थापन, कार्यालयको अव्यवस्थित, लेखानदासको मनपरी, नागरिक वडा पत्र सवैको पहुँचमा नभएको गुनासो गर्ने गरेका छन् ।
कार्तिक ८ गते बाट बुटवलमा आफ्नो सेवा गरेको मालपोत कार्यालय बुटवलले फागुन मसान्त सम्म २० करोड भन्दा बढि राजश्व संकलन गरेको निमित्त प्रमुख घिमिरेले बताए । उनले कार्यालय नै धेरै नमिलेर सेवाग्राहीको गुनासो आएकाले आफुले गरेर हुनुपर्ने सुधारका लागि सधै तत्पर हुने बताए ।
यता विहीबारै पारदर्शी सरोकार समुह बुटवलको आयोजनामा विहिवार बुटवलको मालपोत कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । टान्सपरेन्सी ईन्टरनेशनल संग आवद्ध समुहले‘नेपालमा सदाचार प्रर्वद्धन कार्यक्रम’ अन्र्तगत नागरिक सहायता कक्ष सञ्चालन गरिएको हो । विहीवार विहान १० बजे देखि संकलन भएका गुनासा तथा सुझावको कार्यालय समय पश्चात सम्बन्धीत निकाय संग छलफल गरिएको थियो ।
समुहका कोषाध्यक्ष तथा एम्स कलेजका क्याम्पस प्रमुख दिपक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा समुहकी कार्यक्रम अधिकृत देवी डुम्रेले सेवा ग्राहीहरुले राखेका गुनासा तथा सुझावको बारेमा जानकारी गराएकी थिईन् ।
गुनासा तथा सुझाव पश्चत मालपोत कार्यालय बुटवलका निमत्त प्रमुख माधव घिमिरे र मालपोत अधिकृत केशब भट्राईले गुनाहरुउपर स्पष्ट पारेका थिए । नागरिक सहायता कक्षमा अधिकांस सेवा ग्राहीहरुले कार्यालयको भौतिक संरचना अस्तव्यत्त भएको, विचौलियाको विगविगी बढि भएको लगायतका गुनासाहरु राखेका थिए ।
0 comments