बैकिङ कसुरका ध्वजु ३ करोड ३५ लाखमा छुटे

काठमाडौं, जेठ ३२ ।
बैकिङ कसुरको अभियोगमा पक्राउ परेका तत्कालिन बुटवल फाईनान्स लिमिटेडका कार्यकारी अध्यक्ष देवेन्द्र प्रसाद ध्वजु छुटेका छन् ।
राष्ट्र बैंकको वि.स. २०७१ जेठ १४ गते बसेको नियमित बैठकले बैकिङ कसुर ऐन २०६४ अन्तर्गत कारबाहीमा परेका ध्वजु अदालतको माग बमोजिम तीन करोड ३५ लाख रुपैया धरौटी बुझाएर जेठ २६ गते छुटेको केन्द्रीय अनुसन्धान व्युरो सीआईवीले जनाएको छ ।
तत्कालिन समयमा बुटवल फाईनान्सबाट आफन्त, फाईनान्सको कर्मचारी समेत गरी झण्डै १२ जना व्यत्तिको नाउँमा पटक- पटक गरी ३० करोड रुपैयाँभन्दा बढि कर्जा निकालेर संस्थालाई हानी, नोक्सानी पुराएको अभियोगमा राष्ट्र बैक समेतको पत्रको आधारमा सीआईबीले ध्वजुलाई वि.स. २०७१ मसिर २२ गते ललितपुरबाट पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै अदालतको आदेशअनुसार जेलचलान भएका ध्वजु उपर ११ वटा मुद्धा रहेकोमा पुनरावेदन अदालतको बाणिज्य ईजालासले आठवटा मुद्धामा ३५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । कुल धरौटी मध्ये सरास्वती थापा सम्बन्धी मुद्धामा चार लाख, रोशन चिउरा सम्बन्धी मुद्धामा तीन लाख, गुण केशरी सम्बन्धी मुद्धामा तीन लाख, फुलबारी सम्बन्धी मुद्धामा तीन लाख, कुल प्रसाद पोखरेल सम्बन्धी मुद्धामा चार लाख, दिपा गिरी सम्बन्धी मुद्धामा पाँच लाख, मनोज कुमार सम्बन्धी मुद्धामा पाँच लाख सहित कुल ३५ लाख रुपैया धरौटि तोकिएको थियो ।
पुनरावेदनको निर्णयपछि पुर्पक्षको लागि थुनामा गएका ध्वजुलाई सर्वोच्च अदालतले बैकिङ कसुर सम्बन्धी थप तीन वटा मुद्धामा थप तीन करोड रुपैया धरौटि माग गरेको थियो । सोही अनुसार अदालतले माग गरे बमोजिमको तीन करोड ३५ लाख रुपैया धरौटि बुझाएर ध्वजु गत २६ गते छुटेका हुन । धरौटिमा छाड्ने प्रक्रिया सुरु भए पश्चात ध्वजु उपर रुपन्देही जिल्ला अदालतमा ठगि सम्बन्धी परेको मुद्धामा ध्वजुलाई रुपन्देही लगिएको थियो । त्यस लगत्तै अदालतको माग अनुरुपको उनले धरौटिको लागि गनहुँ लगाएका विभिन्न जिल्लामा रहेको जग्गा समेत राखेका थिए ।
बैकिङ कसुर सम्बन्धी ध्वजुको मुद्धामा न्यायाधीशहरु शिवनारायण यादव, दुर्गादत्त भटट् सहितको इजालसले फैसला गरेको थियो । ठगिको आरोपमा झण्डै एक बर्ष अघि पक्राउ परेकी ध्वजु पत्नी पार्वती पनि झण्डै ६ महिना अदालतको माग बमोजिम चार करोड रुपैया धरौटि बुझाएर रिहा भएकी थिईन ।
तत्कालिन समयमा ध्वजुले फाइनान्सलाई पारिबारिक रुपमा चलाएका थिए । संस्थाका सञ्चालकहरुमा राजेन्द्र ध्वजु (दाई), निर्मला सुवाल (दिदि), ईन्द्र्रलाल श्रेष्ठ (जेठान), चिजकुमार श्रेष्ठ (जेठान) महाप्रबन्धक राजेश किरण श्रेष्ठ (ज्वाइँ), बरिष्ट कर्जा अधिकृत राकेशमान कर्माचार्य(भाईको सालो) समेतलाई राखेर पारिबारिक अखडाको रुपमा फाईनान्सलाई चलाएका थिए ।
स्रोतका अनुसार ध्वजुको परिबार र आफन्तको नाउँमा सपना अटो मोबाईल्स, सुजुकी बाईक शोरुम, किया मोटर्सको शोरुम, जेके टायरको शोरुम, हेभी इक्विपमेन्ट, स्वर्णिम बचत तथा क्रृण सहकारी, सपना बहुउद्देश्यीय सहकारी संस्था, बोर्डिङ स्कुल, रियलस्टेट कम्पनी रहेका छन् । त्यी कम्पनीहरुमा तत्कालिन बुटवल फाइनान्सको करोडौ रुपमा कर्जा रहेको अभियोग लागेको थियो ।
आर्थिक दैनिकबाट

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.