मुख्य सचिवले बुटवलमा देखाएको यो व्यवहार !
बुटवल, १ असार । नेपाल सरकारका मुख्य सचिव
लिलामणि पौडेलले लुम्बिनी अञ्चल अस्पताल बुटवलको आईसीयू सेवा उद्घाटनका
लागि आयोजित औपचारिक कार्यक्रममा अतिथिहरुलाई आसन ग्रहण गराउन रोकेका छन्
।
कार्यक्रमको सञ्चालन गने जिम्मा पाएका गायक
वैकुण्ठ महतले अस्पताल विकास समितिका सदस्य टंक पराजुलीले दिएको लिस्ट
अनुसार अतिथिहरुलाई आसन ग्रहणका लागि पालैपालो बोलाउन लाग्दा मुख्य सचिव
पौडेल आफू बसेको ठाउंबाट जुरुक्क उठेर माइकछेउ गई आयोजकहरुलाई आफ्ना
मान्छेहरुलाई आफै बोलाएर मञ्चमा बसाल्नुस् यहां अनावश्यक ढिलो नगर्नुस्
भनेर झपारेपछि आयोजकहरु मुखामुख गर्दै दर्शक दिर्घामा बसेका अतिथिहरुलाई
मञ्चमा लगेर बसाए । मुख्य सचिवको निर्देशनपछि
कार्यक्रम सञ्चालकले कसैलाई पनि आसनग्रहण गराउन पाएनन् । मुख्य सचिवले ड्युटी छोडेर अस्पताल पोशाकमै कार्यक्रममा आएर मस्तले बसेका
स्वास्थ्यकर्मीलाई यसरी विरामीको उपचार छोडेर बस्न नपाइने भन्दै तुरुन्त काममा जान निर्देशन दिएका थिए । सो कार्यक्रममा बुटवल नगर विकास समितिका सभापति एवं नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले आयोजकहरुले कार्यक्रमलाई बढी एमालेकरण गरेको र आफ्नो पार्टीको मानमर्दन गरेको भन्दै मन्चमै आपत्ति जनाएपछि केहीबेर मञ्चमा खैलाबैला भएको थियो ।

0 comments